Author: सूचनापाना

रामेछाप । तामाकोशी नदिको किनारमा एक पुरूषको शव फेला परेको छ । जिल्लाकाे मन्थली नगरपालिका वडा नं.७ ढिकुरी मन्दिर स्थित तामाकोशी नदिको किनारमा बिहीवार बिहान करिब ६ बजे पानीको सतहमा तैरिरहेको अवस्था एक पुरूषको शव फेला परेको हाे । करिव ४०र४५ वर्षको देखिने उक्त मृतक पुरूषको पहिचान खुल्न सकेको छैन । शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Read More

काठमाडौँ । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । गएराति निङ्जियाको यिनचुआन सहरमा रहेको बारबेक्यू रेस्टुरेन्टमा ग्यास विस्फोट भएको थियो । सोही विष्फोटमा परी ७ जना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विस्फोटको घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइते भएकालाई उपचारमा सबै सहयोग उपलब्ध गराउन तथा उद्योग तथा महत्त्वपूर्ण क्षेत्रहरूमा सुरक्षा सावधानी बलियो बनाउन निर्देशन दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

Read More

कटारी । उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विगतमा जस्तो वडागत रूपमा बजेट नपठाउने भएको छ । वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो । गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार पालिकाले यही असार १० गते कूल रु ३६ करोडको बजेट ल्याउने तयारी गरेको छ । ‘समग्रमा पालिकाभरिका योजना एकीकृतरुपमा छनोट गरी ठूला र प्रभावकारी योजना निर्माणसहित बजेट विनियोजन गरिनेछ’, उनले भने । पालिकाको भौगोलिक विकटतालाई ध्यान दिँदै दिगो विकासका लागि ठूला र महत्त्वपूर्ण योजना पालिकास्तरबाटै सञ्चालन गर्न यस्तो निर्णय गरेको हो । बजेट गत वर्षभन्दा घटेर आएको र वडास्तरबाट साना योजना मात्रै…

Read More

काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले आइपीओ आजदेखि बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आज (बिहीबार)देखि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजीको ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १०५ अर्थात् ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरूका लागि जारी गरेको छ। जसअनुसार यस कम्पनीले १ सय अङ्कित मूल्यमा ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको छ। जसमध्ये २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेख जिल्लाको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा…

Read More

बासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर लागु औषध प्रयोगकर्ता भएको खुलेको छ । राष्ट्रपति वाइडेनका छोराले लागु औषध प्रयोगकर्ता तथा अबैध बन्दुकसमेत राखेको स्विकार गरे पछि यो खुलासा भएको हो । संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको आरोप लागे पछि उनले एक सरकारी कार्यालयसक्ष पुगेर सो स्वीकार गरेका हुन । आफ्नो गृह राज्य डेलावेयरस्थित महान्यायाधिवक्ताको कार्यालय समक्ष दिएको निबेदनमा राष्ट्रपति पुत्र हन्टर बाइडेनले आफू लागूऔषध प्रयोगकर्ता भएको स्विकार गर्दै आयकर नतिरेको तथा गैरकानुनी रुपमा बन्दुक राखेको जानकारी दिएका हुन । उनको सो निवेदनलाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने हुन्छ । यदी, त्यो अनुमोदन नभएमा राष्ट्रपति पुत्रमाथी कानुनी…

Read More

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा दिईएको छ । सुदुरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक बिदा दिएको हो । हिजो मंगलबार सवारी दुर्घटनामा निधन भएका मन्त्री सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक तथा कानुन मन्त्रालयका सुचना अधिकारीले जानकारी दिए । उनका अनुसार मृतक सिंहको निधनमा आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने निर्णयसमेत भएको छ । गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना हुदाँ मन्त्री सिंहसहित उनको धर्मपत्नी, भाउजुलगायतको निधन भएको थियो । सो दुर्घटनामा परी…

Read More

काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आज स्वदेश फर्किएका छन् । नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानु भएका अध्यक्ष तिमिल्सिना दश दिने भ्रमण पुरा गरि स्वदेश फर्किएका हुन । अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको सिचुवान प्रान्तको छेन्दुबाट चार्टड विमान मार्फत आज बिहान ९.२५ बजे पोखरा बिमानस्थलमा आईपुगेका हुन । पोखरा विमानस्थलमा पहिलो अन्तराष्ट्रिय उडानका यात्रुका रुपमा आईपुग्नु हुने अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधी मण्डल र उडानमा सवार यात्रुुहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरा बिमानस्थलमा स्वागत गरेका छन् । साथै, चार्टड गरिएको सो विमानमा…

Read More

बझाङ । बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहको ज्यान गएको हो । मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित जीप चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लैजान लागिएको प्रहरीले जनाएको छ।

Read More

कुरिनटार । अब कृषिमा जसले उत्पादन गर्छ उसैलाई मात्र प्रात्साहन गर्ने निति लिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले आज गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक निति तथा कार्यक्रम सार्वजनिक गर्दै उत्पादन गर्ने किसानलाई उत्पादनको आधारमा अनुदान दिने गरी ‘जसको उत्पादन उसैलाई प्रोत्साहन’ गर्ने निति लिने बताए । गाउँपालिकाले सार्वजनिक गरेको निति तथा कार्यक्रममा ‘उत्पादनमा आधारित प्रोत्साहन उपलब्ध गराउन प्रोत्साहन प्रदान गरिने उत्पादनको सूची प्रकाशन गरी तथ्याङ्क संकलनको व्यवस्था मिलाइनेछ। “जसको उत्पादन उसैलाई प्रोत्साहन“ कार्यक्रम कार्यविधि वनाई कार्यान्वयनमा ल्याइने छ ।’ भन्ने बुदाँ समेटिएको छ ।

Read More

धनगढी । सवारी दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जयपृथ्वी बहादुर सिंहसहित ४ जनाको अवस्था गम्भीर रहेको छ । मन्त्री सिंह, उनीकी पत्नी अमृता सिंह (६४), बुहारी नाता पर्ने जयादेवी सिंह (६०), अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् । सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो । चालक धर्मराज जोशीको अवस्था मध्यम रहेको छ । पाँचै जनालाई हेलिकप्टर मार्फत नेपालगन्ज रेफरको तयारी भइरहेको जोशीले बताइन् । घटनाबारे थप विवरण आउन…

Read More