Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो । सबस्टेसनमा ३० एमभिए क्षमताका २ वटा र ३३/११ केभी, ६/८ एभिए क्षमताको १ वटा पावर ट्रान्सफर्मरहरु राखिएका छन् । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ३३ केभीका ५ वटा र ११ केभीका तीन वटा फिडर लाइनहरु निकालिएका छन् । ३३ केभीका फिडरलाई बिहीबार चार्ज गरी रामेछापको मन्थली, दोरम्बा र दोलखाको केही भागमा विद्युत् आपूर्ति दिन सुरु गरिएको छ…
निर्मला देवि तिम्सिना, झस्किएको सपना र चस्किएको मुटु बोकेर रमाउँदै रहरले सायदै कोही विदेसिदैन होला !! ओछ्यान पर्दै गरेका बा – आमा को सेवा गर्नु जीउँदा भगवानको सेवा गर्नु थियो ! काख भरिका बच्चालाई ममता दिनु आफैं भगवान हुनु जस्तै थियो !! पति सेवा पनि कुनै मन्दिर धाए भन्दा कम थिएन तर जहाँ अकिञ्चन हुन्छ त्यहाँ सबै कुरा भएर पनि शान्ति हुँदो रहेनछ !! पैसा नै सबैथोक हैन त पैसा हुनेले भन्ने रहेछन् !! पैसा नहुनेलाई सबैथोक पैसा नै हुनेरहेछ !! पन्ध्र वर्षको लामो समयको अथक परिश्रम र ठूलो रकम तिरेर बटुलेका प्रमाणपत्रहरु सयौँ कार्यलयकाप्रमुखहरुले पल्टाउँदा पल्टाउँदै धर्सि सकेका थिए!…
काठमाडौँ । अवैध अनलाइन बेटिङकाे प्रचार गरेकाे आरोपमा पक्राउ परेका ८ जनादाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीका अनुसार उनीहरुलाई अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनीहरूलाई हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनलाइन बेटिङ एप्लिकेसनमार्फत अवैध बेटिङको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
काठमाडौ । आईएमई लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शुक्रबार १ असारदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । यसमध्य १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला हुनेछ । त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारी र अर्को ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम…
काठमाडौ । कुमारी बैंकको १ लाख ४६ हजार २८३ कित्ता संस्थापक सेयर लिलामी भर्ने बिहीबार अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
काठमाडौ । घोराही सिमेन्टको बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ खुला भएको छ । कम्पनीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आईपीओ खुला गरेको हो । जसअनुसार कुल ६९ लाख ११ हजार ६७० कित्ता सर्वासाधारणका लागि खुला गरिएको छ । यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ । त्यसबेला नबिकेका बाँकी सेयरसमेत थपेर सर्वसाधारणलाई जारी गर्न लागिएको हो । यसमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै बिक्री नभएमा असार १४…
काठमाडौ । बिहीबार सुनको मूल्य प्रतितोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार घएको छापावाल सुनको भाउ बिहीबार घटेर १ लाख ११ हजार रुपैयाँमा झरेको हो । त्यस्तै, तेजावी सुन यसअघि प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएकोमा बिहीबार १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार हुनेछ । यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ घटेको महासङ्घले जनाएको छ । बुधबार प्रतितोला १ हजार ४२५ रुपैयाँ पर्ने चाँदीलाई बिहीबार १ हजार ४०५ रुपैयाँ मात्रै पर्ने भएको छ ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको बताएर पर्यटनमन्त्री सुदन किरातीप्रति व्यंग्य गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्किम समयमा बोल्दै सांसद आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबनि गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्री किराँतीले लुकाएको आरोप लगाउँदै अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिमा छिरेको बताएका हुन् । ‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ । २०७९ माघ १४ मा तार काटियो । छानबिन समिति बन्यो । छानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो । चोरलाई संरक्षण गरियो । प्रतिवेदन लुकाइयो । बहुमल्य मूर्ति चोरियो,’ बैठकमा उनले भने ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार भित्रका कर्मचारीहरुको छड्के अनुगमन गरेको छ । कर्मचारीहरुले ‘हाजिर गरेर टाप कस्ने’ (हाटा) गरेको गुनासो बढेपछि सतर्कता केन्द्रले सिंहदरबार दक्षिण गेटमै बसेर अनुगमन गरेको हो । राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले कार्यालय समयमा कर्मचारीहरु नहुने गरेको गुनासो आएपछि अनुगमन गरेको बताए । अनुगमनमा खटाइएको टोलीले रिपोर्ट दिएपछि आवश्यक निर्णय लिने बताए । ‘कर्मचारीहरुले गलत नै गरेको पाइए सम्बन्धित मन्त्रालयमा हामीले लेखेर पठाउँछौं,’ शर्माले भने, ‘अनुगमनमा खटिएका साथीहरुले कस्तो रिपोर्ट ल्याउनुहुन्छ हेरौं न ।’ उनले कर्मचारीहरुमाथि बेला–बेला अनुगमन गर्ने गरेको भन्दै आजको पनि नियमित प्रक्रिया अनुसारकै भएको बताए । सतर्कता केन्द्रले सिंहदरबारबाट बाहिरिने…
काठमाडौँ । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको हो । वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा नेपालका चर्चित कलाकार समेत रहेका छन्। पक्राउ पर्नेमध्ये एक जना ‘बल्छी ध्रुवे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ समेत रहेको प्रहरी स्रोतले जनाएको छ। पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो। प्रहरीले उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ।