Author: सूचनापाना

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि अन्तिम तयारी गर्न मंगलबार राति राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको हो । आईसीसी विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा गरेको थियो । राष्ट्रिय टोलीमा प्रभावशाली स्पिनर सन्दीप लामिछालाई भने समावेश गरिएको छैन । आफूमाथि लगाइएको बलात्कार मुद्दाको फैसला नभएका कारण सन्दीप दक्षिण अफ्रीका जान नपाएका हुन् । आफू राष्ट्रिय टोलीसँग दक्षिण अफ्रिका नजाने भएपछि सन्दीपले टोलीका अन्य सदस्यलाई सामाजिक सञ्जाल फेसबुकमार्फत सफलताको शुभकामना दिएका छन् । दक्षिण अफ्रिका भ्रमणका क्रममा नेपालले नेदरल्यान्ड्स र…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्र रहेका अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा ल्याउन स्वास्थ्यमन्त्रीलाई एक साताको अल्टिमेटम दिएका छन् । महानगरले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराएको भन्दै ६८ स्वास्थ्य संस्थाहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर मेयर शाहले ध्यानाकर्षण गराएका छन् । मेयर शाहले भने, ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार यदि मन्त्रीज्युले ७ दिनभित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौं ।’ काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले बताए । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् । संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर भण्डारीले विधेयकमा असहमति जनाउँदै ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् । दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपति भण्डारी समक्ष पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले थन्क्याइदिएकी थिइन् । फागुन २५ मा राष्ट्रपति बनेका…

Read More

काठमाडौं । काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र एक जना विद्यार्थी मृत फेला परेका छन् । धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी मृत फेला परेका हुन् । उनी आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा गएराति मृत फेला परेको लैनचौर प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । मृत्युको कारण खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । सरकारद्वारा प्रस्तुत आर्थिक बर्ष २०८०/ ८१ को बजेट अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहले ४ अर्ब ६४ करोड ७५ लाख रकम प्राप्त गरेका छन् । जिल्लामा सबैभन्दा बढी बजेट चौतारा साँगाचोकगढी नगरपालिकालाई विनियोजन गरिएको छ भने सबै भन्दा कम बजेट भोटेकोसी गाउँपालिकालाई विनियोजन गरिएको छ । चौताराले ६७ करोड ६ लाख बजेट विनियोजन हुँदा भोटेकोसीलाई जम्मा २७करोड ६४ लाख मात्र विनियोजन गरिएको छ । कुन स्थानीय तहले कति बजेट पाए ? १.चौतारा साँगाचोकगढी नगरपालिका – ६७.०६ करोड२.मेलम्ची नगरपालिका – ६१.६४ करोड३.बाह्रबिसे नगरपालिका – ३८.१३ करोड४.बलेफी गाउँपालिका – ३१.०२ करोड५.जुगल गाउँपालिका – ३३.८६ करोड६.इन्द्रावती गाउँपालिका – ४२.८ करोड७.त्रिपुरासुन्दरी गाउँपालिका…

Read More

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा सवार रहेका ३२ जना घाइते भएका हुन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ। तीव्र गतिमा रहेको बस अर्को सवारीलाई उछिन्ने क्रममा भित्तामा ठोक्किएर पल्टिएको प्रहरी निरीक्षक तामाङले बताए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले राजमार्ग एकतर्फी मात्र सञ्चालन भएको…

Read More

नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मिना खड्का पाण्डेको आज मंगलबार निधन भएको छ । रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं। ४ को बेथानमा जनमिएकी पाण्डे हाल काठमाडौको गौशलामा बस्दै आएकी थिईन् । उनको गौशला स्थित आफ्नै निवासमा मृत्यू भएको पारिवारिक स्रोतले जनाएको छ । २००८ सालमा जन्मिनु भएको पाण्डेको ६७ वर्षको उमेरमा निधन भएको हो । सर्लाहीबाट प्रतिनिधित्व गर्दै संसदमा प्रवेश गरेकी पाण्डे पद्मकन्या क्याम्पस काठमाण्डौको संस्थापक सभापती हुन् ।पाण्डे महिला संघको पूर्व केन्द्रीय अध्यक्ष समेत भैसकेकी थिईन । जनमत संग्रहका बेला २०३५ सालमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघबाट उनले राजनीति सुरू गरेकी हुन् ।…

Read More

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय बीरगञ्जका पूर्व वरिष्ठ निरीक्षक शशी भूषण कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । झन्डै साढे चार करोड गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मङ्गलवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । सार्वजनिक सेवामा कार्यरत रहँदा अनुचित लाभ लिएर गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारको दाबी छ। अख्तियारले उनी सार्वजनिक सेवा प्रवेश गरेको ८ जेठ ०४६ देखि ०७९ असार मसान्तसम्मको आम्दानी र खर्च तथा लगानीको विश्लेषण गरेको थियो। उक्त अवधिमा उनको समग्र आयव्ययको विश्लेषण गर्दा खर्च तथा लगानीतर्फ आफू र एकासंगोलका परिवारको नाममा जग्गा खरिद, घर निर्माण, सवारीसाधन…

Read More

बझाङ । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन् । छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन्। सगरमाथा क्षेत्रमा झण्डै एक महिना दिनको बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गरिन् । बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहेकी उनी गत महिना नै सगरमाथा क्षेत्र पुगेकी थिइन् । उनी यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गरेकी थिइन् । वर्षौँदेखि साँचेको सपना आँखै अगाडि देखेपछि…

Read More

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हटाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आइतबार एक पत्र पठाउँदै कोभिड-१९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रालयका अनुसार ३१ वैशाखमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय लिएको हो ।

Read More