Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले विश्व बैंकबाट १५ अर्ब ८० करोड रुपैयाँ ऋण लिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट १२ करोड अमेरिकी डलर (१५ अर्ब ८० करोड रुपैयाँ) अमेरिकी डलर ऋण सहयता स्वीकार गर्ने निर्णय गरेको हो । सरकारले उक्त ऋण विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि लिन लागेको हो । यस्तै मन्त्रिपरिषद्ले अमेरिकाले शिक्षा आयोजनाका लागि एक करोड ७० लाख (२ अर्ब ५९ करोड रुपैयाँ) अमेरिकी डलर सहायता स्वीकृत गरेको छ । जापानले मानव संशाधन विकास छात्रवृत्तिका लागि दिने ४१…
काठमाडौं – देशका विभिन्न स्थानमा छ जना मृत अवस्थामा फेला परेका छन् । काभ्रेको सल्ले भुम्लु गाउँपालिका-१० बरकोटस्थित सुनकोशी नदीको किनारमा सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका ६ बस्ने ७५ वर्षीया इन्द्र कुमारी थापा मगर मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी, बर्दियाकाे राजापुर नगरपालिका-१ टिउनीस्थित भदाली नालामा हाल नाम, थर, वतन नखुलेका ४० वर्षीय पुरुष र सोही नगरपालिका-१ मुर्गहवा घाटस्थित कर्णाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, बागलुङकाे बागलुङ नगरपालिका-१३ कालाखोलास्थित कालीगण्डकी नदीको किनारमा पर्वत जलजला गाउँपालिका घर भएकी ३६ वर्षीया पार्वती परियार मंगलबार मृत अवस्थामा…
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन् । मङ्गलवार सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटेर प्रधानमन्त्री प्रचण्डले कीर्तिमानी सगरमाथा आरोही बुढालाई बधाई दिएका हुन् । यसअघि आजै लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समुदायले त्रिभुवन विमानस्थलमा झाँकीसहित स्वागत गरेका थिए ।
काठमाडौं । मध्यपुर ठिमीको मनोहरा पुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिका अन्तर्गतको मनोहरा जग्गा एकीकरण आयोजनाले डोजर चलाएको छ । आयोजनाले एक वर्षदेखि टहरा हटाउन खोजे पनि आज मात्रै हटाउन सकेको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले जानकारी दिए । आयोजनाले ५ भदौ २०७९ र १७ फागुनमा गोरखापत्रमा सूचना निकालेर टहरा हटाउन निर्देशन दिएको थियो । उक्त सूचनापछि टहरामा बसोबास गरिरहेका स्थानीयहरुले उच्च अदालतमा रिट निवेदन दिएका थिए तर उच्च अदालतले ४ जेठ २०८० मा अन्तरिम आदेश दिएन । अदालतले रिट खारेज गरिदिएपछि आयोजनाले माइकिङ गर्दै घर टहरा हटाउन निर्देशन दिँदा पनि अटेर गरेकाले आज डोजर चलाएको उपनिर्देशक बरालले जानकारी…
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले अध्यक्ष केपी ओलीलाई हेडमास्टर भनेपछि एमाले सांसद गोकुल बाँस्कोटाले त्यसको जवाफ फर्काएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति कार्यक्रममाथिको छलफलमा बोल्दै उनले माओवादी केन्द्रका सांसद सापकोटालाई जवाफ दिएका हुन्। एमाले सांसद बाँस्कोटाले केपी ओलीलाई हेडमास्टरको उपाधिले नपुग्ने बताए। उनले ओलीलाई देखाएर आफू उम्किन खोजेको धारणा राखे। ३१ महिना माओवादीले सरकारको नेतृत्व गरेपनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन कसले रोक्यो भन्दै बास्कोटाले प्रश्न गरे। सांसद बाँस्कोटाले भने, ‘हेडमास्टर भन्नुभो, हामी आक्रोशित छैनौं। नेकपा एमाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय सहितको परिवर्तनको, पुनर्जीवनको र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो, तपाईंहरूले दिएको उपाधिले पुग्दैन, उहाँ…
मकवानपुर । मकवानपुरको भिमफेदीमा रहेको कारागारका ३० जना बन्दीहरू अज्ञात रोगबाट बिरामी परेका छन् । आज (सोमबार) ३० जना कैदीबन्दी एकैपटक बिरामी परेको कारागार स्रोतले जनाएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–३ मा रहेको कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीमा ज्वरो आउने, काँप्ने, पेट दुख्ने र शरीर कमजोर भएको महसुस हुने समस्या देखिएको कारागार प्रशासक तीर्थ पौडेलले जानकारी दिए । कारागार प्रशासक पौडेलका अनुसार बिहान १० जना बिरामी भएपछि नजिकैको स्वास्थ्य केन्द्रमा उनीहरूको उपचार गरिएको थियो । दिनभर बिरामीको संख्या बढेपछि अहिले गाउँपालिका र स्वास्थ्य केन्द्रको सहयोगमा कारागारमै उपचार गरिरहेको पौडेलले बताए । प्रशासक पौडेलका अनुसार दुई जना डाक्टरसहित आठजना स्वास्थ्यकर्मी अहिले…
विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा आज बिहान पुुनः सगरमाथाको चुचुरोमा पुगेका छन् । उनी यसअघिको २७ औं पटकको आफ्नो कीर्तिमान तोडेर २८ औं पटक सफल सगरमाथा आरोही बनेका हुन् । शेर्पा आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको बताइएको छ । यो सिजनमा उनी दोस्रो पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । यसअघि जेठ ३ गते पनि सगरमाथाको सफल आरोहण गरेर २७ औं पटकको कीर्तिमान राखेका थिए । सोलुखुम्बुको थामे निवासी कामीरिता २०२६ पुस १८ मा जन्मिएका हुन । उनले २०५१ सालमा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए ।
झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वनको हाताभित्र सोमबार बिहान मृत अवस्थामा फेला परेको पोथी हात्ती (ढोइ)। तस्बिरः सन्तोष शर्मा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो । टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा रहेका छन् । नेपालले गत चैतमा सम्पन्न लिग २ श्रृंखनाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको…
काठमाडौँ । सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग अधिकारबारे आवाज उठाउने तयारी गरेका छन्। यही जेठ १० गते हुने अन्तर प्रदेश बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीको उपस्थितिमा सङ्घीयता कार्यान्वयन र अधिकारका सवालमा छलफल गर्न लागेका हुन्। प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा गरेर अधिकारका सवालमा गण्डकी प्रदेशले छलफल गर्न लागेको छ। मुख्यमन्त्रीहरुले अधिकार विकेन्द्रीकरण गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने तयारी गरेका हुन्। सङ्घ, प्रदेश र स्थानीय तहबीच अहिले पनि साझा सूचीका अधिकार प्रयोगमा अन्योल हुनुपर्ने अवस्था विद्यमान रहेकोमा प्रधानमन्त्रीसँग छलफलले केही हदसम्म गाँठो फुकाउने मुख्यमन्त्रीहरुले विश्वास लिएका छन्। गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले प्रधानमन्त्री दाहाल र अरु प्रदेशका मुख्यमन्त्रीहरूलाई निम्ता…