Author: सूचनापाना

रौतहट । सशस्त्र प्रहरीले रौतहटबाट सालको काठसहित ट्याक्टर बरामद गरेको छ । चन्द्रपुर नगरपालिका ३ को गैडाटारबाट लोड गरेर वडा १० बालचनपुर लाँदै गरेको अवस्थामा ना ४त ८३६६ नम्बरको ट्र्याक्टर सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो । बालचनपुरका चिरानमिल सञ्चालक मुकेश साहले ५ थान सालको गोलिया ढुङ्गा मुनी लुकाएर ट्रेक्टर लोड लाँदै गरेको सूचनाको आधारमा सन्तपुरबाट उक्त काठ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद काठ सहितको ट्याक्टर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । ट्याक्टर चालक चन्द्रपुर १० का २३ वर्षका फिरोज मन्सुरी पक्राउ परेको तथा ट्याक्टर धनी चिरान मिल सञ्चालक मुकेश साह सशस्त्र प्रहरीलाई…

Read More

कास्की । पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ । गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो । नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा ‘रत्नमन्दिर’ बनाएका थिए । राजसंस्थाको अन्त्यपछि विसं २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएसँगै उक्त दरबार हालसम्म बन्द थियो । शाहवंशीय राजाको इतिहाससँग गाँसिएको उक्त मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीयले माग गर्दै आएका थिए । नेपाल ट्रस्टका सञ्चालक सदस्य योङजोम शेर्पाले पहिलोपटक यही जेठ १५ गतेदेखि सर्वसाधारण र पर्यटकका लागि दरबार खुला गर्न लागिएको जानकारी दिए । “देशविदेशका पर्यटकलाई लक्ष्य गरी…

Read More

काठमाडौं । बागमती प्रदेश सरकार विस्तारका लागि गाँठो फुकेको छ । सत्तारुढ गठबन्धनबीच मन्त्रालय फुटाएर भागबण्डा टुङ्ग्याउने सहमति भएको हो । बागमती प्रदेशमा ११ मन्त्रालय रहेकोमा एउटा मन्त्रालय फुटाएर कुल १२ मन्त्रालय बनाउने सहमति भएको हो । जसअनुसार नेपाली कांग्रेसले ६ वटा मन्त्रालय पाउने भएको छ । हाल सरकारमा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित चार मन्त्री सरकारमा छन् । यस्तै कांग्रेसबाट दुई जना सहभागी भइसकेका छन् । मन्त्रिपरिषद विस्तारका क्रममा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ र नेकपा एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने भएको हो । भागबण्डा मिलेसँगै आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।

Read More

काठमाडौं । नेपाली नागरिकलाइ नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा गरिएको ठगीमा चार जना मुख्य योजनाकार रहेको प्रहरीले अनुसन्धानबाट निष्कर्ष निकालेकाे छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ४ जना मिलेर योजना बनाएको भेटिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री ‘बादल’का सल्लाहकार डा. इन्द्रजित राई, मोरङ घर भएका केशव दुलाल र ललितपुर घर भएका सानु भण्डारी मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । टोपबहादुर रायमाझीले नै केशव दुलाल र सानु भण्डारीलाई डा. इन्द्रजित राईसँग चिनजान गराएर काम अघि बढाउन भनेको अनुसन्धानबाट थाहा भएको छ । हाल सम्म यस प्रकरणमा संलग्न आरोपमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण,…

Read More

धनगढी । सरकार गठन भएको १०१ दिनपछि सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएको छ। नेकपा माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नेपाली कांग्रेसको तर्फबाट एक जना मन्त्री थपिएका हुन्। तर दुई मन्त्रालय दाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टी भने सरकारमा गएको छैन। मुख्यमन्त्री कमलबहादुर शाहले आन्तरिक मामिला मन्त्रीमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहलाई नियुक्त गरेका छन्। उनी बझाङबाट प्रदेशसभा सदस्य हुन्। नेपाली काग्रेसबाट मुख्यमन्त्री कमलबहादुर शाह र भौतिक पूर्वाधार मन्त्रीमा प्रकाश बहादुर देउवा यसअघि नै मन्त्री छन्। नेकपा माओवादी केन्द्रबाट सामाजिक विकास मन्त्रीमा झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश सिंह धामी र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा…

Read More

बैतडी – बैतडीमा दुई अध्यक्षबीच कुटाकुट भएको छ। जिल्लाको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी र सडक उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रसिहं धामीबिच कुटाकुट भएको हो। उनीहरुबिच देउलेक–कान्धार सडक उपभोक्ता समितिलाई २० लाख ४४ हजारको चेक काटिएको विषयलाई लिएर कुटाकुट भएको हो। कुटपिटबाट घाइते भएका समितिका अध्यक्ष वीरेन्द्रसिहं धामीलाई बैतडी अस्पताल भर्ना गरिएको छ। समितिका अध्यक्ष धामीका अनुसार गाउँपालिकाले दिएको चेक साट्न बैंक जाँदा गाउँपालिका अध्यक्षले बैंकमा फोन गरेर चेक रोक्न आदेश दिएका थिए। गाउँपालिकाका अध्यक्षले लाठी, ढुङ्गामुडा, र लात्ताले कुटपिट गरेको समितिका अध्यक्षको गुनासो छ। गाउँपालिकाका अध्यक्षले भने आफूले कसैमाथि कुटपिट नगरेको र उल्टै गाउँपालिकाका कर्मचारी र आफूमाथि दुव्र्यवहार भएको दाबी…

Read More

काठमाडौँ । स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), काठमाडौँ र खबर एजुकेशन डटकमद्वारा आयोजित नीतिगत संवादमा वक्ताले त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा वार्षिक क्यालेण्डर कार्यान्वयन नहुनु, नवप्रवर्तन, अध्ययन अनुसन्धानमुखी र रोजगारमुखी शिक्षा नहुनु, विद्यार्थीको शुल्कको मापनमा एकरुपता नहुनुलगायतका समस्या देखिएको जनाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्सालले नीतिगतरुपमा सरकारले गर्नुपर्ने जति सम्बोधनको प्रयास गरे पनि सोचबमोजिम परिणाम आउन नसकेको स्वीकारे । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले विश्वविद्यालयका राजनीतिक हस्तक्षेपले संस्कृतिकै रुप लिएकामा चिन्ता…

Read More

कान्तिपुर हाफ म्याराथन दौडको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर- प्रदीपराज वन्त/रासस

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयमा सञ्चालन गरिएको शिक्षण विधि, सिकाइ पद्धति र शिक्षामा सीप कार्यक्रमको निरीक्षण गरेका छन् । सामुदायिक विद्यालयमा शिक्षण विधि र सिकाइ पद्धतिको जानकारी लिन प्रमुख साहले सामुदायिक विद्यालयको निरीक्षण गरेका हुन् । सोही अवसरमा उनी शुक्रबार शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्ज र पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार पुगे। उनले गत हप्ता दरबार हाइ स्कुलको अवलोकन गरेका थिए । साहले प्रमुखमा निर्वाचित भएदेखि नै शिक्षा क्षेत्रको विकास र सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । साहले पछिल्लो समय हरेक शुक्रबार विद्यालयमा विद्यार्थीसँगै बस्ने र सँगै बसेर सिक्ने गरेका छन् । अवलोकनका विषयमा प्रमुख साह भन्छन्,’हिजो शुक्रबार…

Read More

इटहरी । सुनसरीको इटहरीस्थित एभरेस्ट बैंक शाखाबाट ग्राहकको डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारी पक्राउ परेका छन् । ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेस्ट बैंक इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यलाईसहित ७ जना कर्मचारी र अन्य २ जना गरी ९ जना पक्राउ परेका हुन् । एभरेस्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले बताए । पक्राउ पर्नेमा बैंकको गाईघाट शाखाका अपरेसन…

Read More