Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
नेपिट । म्यान्मामा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् । राखिनको राजधानी सित्तवेको उत्तरमा अवस्थित राथेदाउङ गाउँको मठ भत्किँदा १३ जनाले ज्यान गुमाएका तथा सोही गाउँको छिमेकमा भवन भत्किँदा एक महिलाको मृत्यु भएको सरकारी टेलिभिजन एमआरटिभीले जनाएको छ । आँधीका कारण एक सयभन्दा बढी हराइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने बुमा गाउँका प्रमुख कार्लोले बताएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिमा अस्ट्रेलिया सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए। प्रधानमन्त्री दाहालले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याका बारेमा चासो व्यक्त गरे। उनले अस्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगका बारेमा छलफल भएको छ । मन्त्री वाट्सले अस्ट्रेलियामा नेपालीले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरे।
काठमाडौँ । लामो दुरीका सार्वजनिक यातायातको भाडा घटेको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटे लगत्तै यातायात व्यवस्था विभागले यात्रुवाहक र मालवाहक गाडीको भाडादर घटाएको हो । यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ । यस्तो छ नयाँ गाडी भाडादर : BL.final_.2080.02.03अन्तर-प्रदेश-भाडादर-1Download
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारमा बस्नुको औचित्य नभएको बताएको छ। सर्वोच्च अदालतले पार्टीका संरक्षक रेशम चौधरीलाई जन्म कैदको फैसला सुनाएपछि पार्टीका प्रवक्ता दामेदर पण्डितले प्रदेश तथा संघीय सरकारमा बसिरहनुको औचित्य नभएको बताएका हुन्। स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नाउपाले रेशमसहितका राजबन्दी रिहा गराउने प्रमुख चुनावी एजेण्डा बनाएको थियो। हाल रेशम पत्नी समेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम सरकारमा पनि नाउपाको सहभागिता तथा समर्थन रहेको छ।
काठमाडाैं । सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा राेक लगाएकाे छ । सरकारकाे साे निर्णय तत्काल लागु गर्न राेक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अदालतले दुवै पक्षलाइ छलफलका लागि बाेलाएकाे छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश दिएको हो । सरकारलाई न्यायाधीश रेग्मीको इजलासले कारण देखाऊ आदेश पनि जारी गरेको छ भने जेठ ८ गते अन्तरिम आदेशका सम्बन्धमा सुनुवाइ गर्नका लागि रिट निवेदक र सरकारी पक्षलाई सुनुवाइमा बोलाएको छ । सरकारको साे निर्णयविरुद्ध अधिबक्ता ज्ञानेन्द्रराज आरणनले रिट दायर गरेका थिए ।
काठमाडौँ – सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाएको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले हुने उच्च अदालत दिपायलको फैसला नै सदर गर्दै चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो । ०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारु वान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । टिकापुर घटनामा दोषी ठहर भएका चौधरीलाई आज…
काठमाडौँ । नेपाल प्रहरीले गएको वैशाखदेखि आउँदो असारसम्म नपाउने भनिएको तलबको समस्या समाधान भएको छ । सरकारले ‘अर्थ बजेट’बाट रकम निकासा गरेपछि समस्या समाधान भएको हो बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि उनीहरूलाई एकै पटक आउँदो साउनमा तलब दिइने बताइएको थियो । चालु आर्थिक वर्षमा प्रहरी कर्मचारीको तलब १५ प्रतिशत बढाइएको थियो । तर, बढेको रकम बराबरको बजेट नआएकाले समस्या भएको थियो । रकम अभावमा चैत महिनाकै पनि सबै प्रहरीले तलब सुविधा पाएका थिएनन् । प्रहरीमा हाल ७९ हजार ५०० बढी दरबन्दी छ । ७७ हजार जना कार्यरत छन् । पछिल्लो समय सरकारका सबै सरकारी निकायमा २०…
बीबीसी, काडमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भन्दै बनाइएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान बन्द भएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय उडान गर्दै आएको एक मात्र कुवेतको जजीरा एअरवेजले उडान बन्द गरेपछि उक्त विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन बनेको हो। “व्यावसायिक कारणले अहिले उडान रोकेको भन्दै उहाँहरूले हामीलाई पत्राचार गर्नुभएको छ,” विमानस्थलका प्रवक्ता दीपककुमार बज्राचार्यले बीबीसी न्यूज नेपालीसँग भने। विमानस्थल अधिकारीका अनुसार गत ज्यानुअरी र फेब्रुअरीमा हुस्सुका कारण उडान नगरेको जजीरा एअरवेजले त्यसपछि केही उडान गरेर फेरि बन्द गरेको थियो। “गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एप्रिल १९ तारिखमा उहाँहरूले अन्तिम उडान गर्नुभएको रेकर्ड छ,” बज्राचार्यले भने। जजीरा एअरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय…
काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि मात्रै २२ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको छ । २०७५ सालमा विभिन्न ७ वटा शीर्षकको कर्जामा ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिने गरी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ जारी गरेको थियो । पछि त्यसलाई संशोधन गरी विभिन्न १० क्षेत्रका कर्जामा ब्याज अनुदान दिने व्यवस्था भएको थियो । कार्यविधि जारी भएयता २०७९ चैत मसान्तसम्म प्रवाह भएको कर्जाका लागि ब्याज अनुदानमा मात्रै २२ अर्ब ३९ करोड ८ लाख १६ हजार रुपैयाँ खर्च भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । चैत मसान्तसम्म सहुलियतपूर्ण कर्जाका विभिन्न १० वटा शीर्षकमा २…
काठमाडौँ । सरकारले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम पर्सी जेठ ५ गते ल्याउने तयारी गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीचको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न लागेको जानकारी गराएका हुन् । ‘सरकारकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ’, सभामुखलाई जानकारी गराउँदै प्रधानमन्त्रीले भनेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच संसद्, बजेट र नीति तथा कार्यक्रमबारे छलफल भएको थियो । यसअघि जेठ ३ मा नीति तथा कार्यक्रम ल्याउने तयारी भए पनि प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर जेठ ४ गतेलाई…