Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् । काँग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् । प्रधानमन्त्रीको सिफारिसमा उनीहरूलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
काठमाडौँ – नेकपा एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले आफूविरुद्ध लगाइएको आरोप झुटो भएको बताएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा अनुसन्धान गर्न प्रहरीको निवेदनमा जिल्ला अदालत काठमाडौँले रायमाझी र उनका छोरा सन्दीपविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको छ । गृह जिल्ला अर्घाखाँचीमा रहेका रायमाझीले आफूमाथि लगाइएको आरोपमा सत्यता नभएको दाबी गरेका छन् ।
मन्थली । कम्प्यूटर एशोसिएसन नेपाल (क्यान) महासंघ रामेछाप शाखाले राष्ट्रिय सूचना प्रविधि दिवस –२०२३ को अवसरमा आज रक्तदान तथा नि:शुल्क रक्त समूह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ‘सुरक्षित सूचना प्रविधि सुशान र समृद्धि भन्ने मुल नाराका साथ सामाजिक उत्तरदायित्वको भावनाले मन्थलीको देवकोटा चोकमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । क्यान महासंघ रामेछापको आयोजना, नेपाल रेडक्रस सोसाईटी रामेछाप शाखाको प्राविधिक सहयोगमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रममा २४ पिन रगत संकलन हुनुका साथै १० जनाले रक्त समूह परिक्षण गराएका थिए । रक्त समूह परिक्षणको लागि प्राविधिक सहयोग मन्थली पोलिक्लिनिकले गरेको थियो । कार्यक्रममा क्यान महासंघ रामेछाप…
काठमाडाैं । नेकपा एमालेका लक्ष्मी महतो कोइरीकाे सांसद पद निलम्बनमा परेकाे छ । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीकाे सांसद पद निलम्बन गरेका हुन्। सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीकाे सांसद पद निलम्बनमा परेको जानकारी दिएको हो । काेइरीविरुद्ध फाैजदारी अभियाेगमा अदालतबाट पक्राउ पुर्जी जारी भएकाे छ र प्रहरीकाे फरार सूचीमा रहेका छन् ।
काठमाडौं । दार्चुलामा आज मङ्गलवार दिउँसो हिमपहिरो गएको छ । व्यास गाउँपालिका वडा नम्बर १ छाङ्गरुको भोलिनमा हिमपहिरो गएको र केही व्यक्ति पुरिएको शङ्काको आधारमा खोजी कार्य सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले उज्यालोलाई जानकारी दिए । भोलिनमा सातरआठ जना व्यक्ति यार्सागुम्बा टिप्न गएको र टेन्टमा बसेको खबर प्राप्त भएको तर उनीहरू हिमपहिरोमा परेरनपरेको यकिन नभएको उनले बताए । व्यास–१ मै रहेको सशस्त्र प्रहरी चौकीबाट २५ जनाको टोली घटनास्थलतर्फ गएको उनीहरू पुगेपछि बेलुका क्षतिबारे थाहा हुने पनि धामीले जानकारी दिए ।
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने घोषणा गरेका छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् । उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति पौडेल ११ दिन उपचार गराएर आइतबार राति स्वदेश फर्किएका थिए ।
काठमाडौँ । काठमाडौँमा जारी एसीसी मेन्स प्रिमियर कपमा फाइनलमा युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ । अपराजित रूपमा च्यापियन बनेको नेपालले टियु मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६र९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो । एसिया कपमा नेपालले भारत…
काठमाडौं । पुुर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो। उनलाई सुनाकोठी, ललितपुरवाट पक्राउ गरिएकाे हाे । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृत उनी माथी सोधपुछ सुरु भएको छ ।
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मुल्य लिटरमा चार रुपैयाँभन्दा बढी घटेर आएको छ । इण्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपैयाँले मूल्य घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै आइओसीले निगमलाई पठाउने मूल्य घटेर आएको हो । यसअघि आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य बढेर आएको थियो । उक्त समय पेट्रोल लिटरमा ६ रुपैयाँ र डिजल लिटरमा डेढ रुपैयाँ बढेर आएको थियो । यसरी मूल्य बढेर आउँदा समेत निगमलाई गएको १५ दिनमा ६० करोड बढी धेरै नाफा रहेको निगमले जनाएको छ…
काठमाडौँ । सरकारले सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि निरन्तर प्रयास गरिरहेको जनाएको छ । सुडानमा अझै सुरक्षा अवस्था असहज रहेकाले त्यहाँ रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रही इजिप्टको कायरोमा रहेको नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक अहिलेसम्म अरू ३० जना नेपाली कायरोको नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका छन् । दूतावासको अनुरोधमा पोर्ट सुडानमा पुगेका १९ जना नेपाली साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा सहरमा सुरक्षित रूपमा पुगेका त्यहाँ रहेको नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ । उनीहरूलाई नेपाल फर्काउने तयारी भइरहेको दूतावासले जनाएको…