Author: सूचनापाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ । नेपाल सकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार १७ वैशाखदेखि बचतपत्र बिक्री खुला गर्ने भएको हो । निक्षेपको ब्याजदर घटेसँगै सरकारी ऋण उठाउन औजार वैदेशिक रोजगार बचतपत्रको पनि ब्याजदर घट्न लागेको छ । ९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रमा १७ वैशाखदेखि १७ जेठ २०८० सम्म आवेदन दिन सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेपको ब्याजदर घटेसँगै वैदेशिक रोजगार बचतपत्रको ब्याजदर पनि घटाएर ल्याएको छ । गत १४ फागुनदेखि ३ चैतसम्म निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्रमा १२.५ प्रतिशत ब्याजदर…

Read More

रामेछाप । रामेछापको मन्थलीमा संचालनमा रहेका सबै डेरी लाई जरिवाना गरीएको छ । डेरीले मनोमानी गरेको व्यापक गुनासोका आधारमा स्थानीय प्रशासनले शुक्रबार अनुगमन गर्दा डेरीले बजारमा पठाउने दुधमा न्यूनतम हुनु पर्ने फ्याट र सिएन एफ नभेटिएपछि मन्थलीमा संचालित तीन वटै डेरी कारवाहि परेको हो । जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीमा रहेका अमृत डेरी, रामेछाप डेरी र चरञ्जिवी डेरीबाट उपभोक्तालाई विक्रीका लागि तयार पारिएको दुध शुक्रबार आकस्मिक रुपमा परिक्षण गराएको हो । परिक्षणमा हाल सम्म मन्थलीका डेरी जरिवानामा परेका थिएनन् । निमित्त प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार उपभोक्ताको गुनासोको आधारमा पहिलो पटक मन्थलीका डेरी बाट विक्रीका लागि तयार भएको दुध…

Read More

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले सत्य तथ्य र खोजमुलक समाचारका लागि पत्रकारले सक्रिय भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ रामेछाप जिल्ला शाखाले शुक्रबार देखि मन्थलीमा आयोजना गरेको अनलाइन प्रविधिमा आधारित तालिमको उद्घाटन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । संचार माध्यम र त्यसमा सम्लग्न पत्रकाहरु निमुखाको साहारा वन्नु पर्ने बताउँदै उनले भने सत्य तथ्य र खोजमुलक समाचारका लागि पत्रकारले सधैंब सक्रिय भूमिका निर्वाह गर्नुपर्छ।‘मन्थली नगरपालिकाले निर्वाचनमा जुनसुकै पार्टीबाट जितेर आएपनि साझा भावनाका साथ काम गर्दै आएको वताउदै उनले नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई मुख्य ध्यान दिएर काम गर्दै आएको वताए । अझैपनि आधारभुत विद्यालयको…

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले लडाकुको नाममा लिएको ९५ करोड रुपैयाँबारे माओवादी नेतृत्वसँग जिज्ञासा राखेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले अहिले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयको विरोध गर्दै सेना समायोजनताका लडाकुको नाममा माओवादी नेतृत्वले लिएका ९५ करोड रुपैयाँ कहाँ गएको भन्दै प्रश्न गरेका हुन् । अन्मिनले अयोग्य प्रमाणीकरण गरेका लडाकुहरुलाई अहिले दुई दुई २÷२ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्नुपर्ने माग गर्दै उनले अनमिनले पुनः प्रमाणीकरण गर्दा एकीन नभएका २ हजार ४५१ जना लडाकुको नामा ९५ करोड रुपैयाँ माओवादी नेतृत्वले लगेको बताए । उनले सो रकम कहाँ गएको…

Read More

रौतहट । कलैया सडकखण्डमा रड बोकेको ट्रयाक्टरको पछाडि ठोक्किदा एकजना सैनिक जवानको मृत्यु भएको छ। वीरगन्जबाट रड बोकेर रौतहटको देवाहि गोनाही आउँदै गरेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा गएराती मोटसाइकल ठोक्किदा सवारी चालक सैनिक जवानको मृत्यु भएको हो । चितवनबाट आफ्नो घर फर्किने क्रममा कलैया उपमहानगरपालिका– १६ का राजनकुमार रामले चलाएको मोटरसाइकल बाराको सिसहनीया चौक नजिकै करिब ९ बजे ठोक्किएको थियो । प्रहरीका अनुसार टयाक्टरमा ठोक्किएका सैनिक जवान रामको शरिर भरी रड छिरेको छ । उनी चितवनस्थित नेपाली सेनाको ब्यारेकमा कार्यरत रहेको खुल्न आएको छ । सो घटना पछि मृतकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल, कलैया पठाईएको तथा ट्याक्टर…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदद्वय रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका थिए ।

Read More

बझाङ । बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ अटाउने गोठ । झुपडीसँगै टाँसिएको तबेला । आँगनमा यत्रतत्र छरिएका लुगाकपडा, भाडाँकुडादेखि काठ दाउरा सबै । यो अव्यवस्थित दृश्य हो, खप्तडछान्ना गाउँपालिका–७ गोरखाली खानडाँडाको । खानडाँडामा भिट्टु खड्काको परिवार बसेको एक दशक भयो । चिरापाणि (परिवारलाई चिनिने टोल) मा बुबाको साँघुरो घर चार भाइलाई भाग लागेपछि नअटाएको भन्दै भिट्टुको परिवार खुला ठाउँ खानडाँडामा गोठ बनाएर बसेको रहेछ । बस्तीभन्दा टाढा भए पनि खन्दै स–सानो बारी (जमिन) जोडेका रहेछ । बालबालिका नाबालक हुँदादेखि नै खानडाँडा…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयको विरोध गरेका छन् । आज सामाजिक सञ्जालमार्फत गगनले सरकारको सो निर्णयको विरोध गरेका हुन् ।  राज्यकोषमा स्रोतको व्यापक दबाब परेका बेला लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत भएको भन्दै निर्णय रोक्नुपर्ने उनले माग गरेका छन् । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधयेक विचाराधिन रहेकाले रकम बाँड्ने भन्दा पनि कानुन बनाएर टुंग्याउनुपर्ने धारणा राखेका छन् । ‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर् छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधिन रहेकोले सरकार रकम बाँड्न होइन । पीडितमैत्री कानुन बनाई संक्रमणकालीन…

Read More

रामेछाप । रामेछाप नगरपालिकाका नगरप्रमुख लबश्री न्यौपानेले राजनीतिक आस्था र विचारको आधारमा कसैलाई विभेद नगरेको बताएका छन् । नगरपालिकाले आयोजना गरेको चालू आर्थिक वर्ष २०७९/०८० को दोस्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यस्तो बताएका हुन् । न्यौपानेले आफु नगरप्रमुखमा निर्वाचित भएर आएको दिन देखि कुनै राजनितिक दलको प्रतिनिधि नभई जनप्रतिनिधि भएर समग्र नगरको नागरिकको पक्षमा काम गरेको बताउँदै उनले भने- आज सम्म राजनीतिक आस्था र विचारको आधारमा कसैलाई विभेद गरेको छैन। निर्वाचनको समयमा कुनै राजनीतिक दलको चिन्ह लिएर नागरिकको मत लिएको भएपनी नगरको सेवा प्रबाहको क्रममा कुनै नागरिकलाई राजनीति पुर्बाग्रह राखेर काम नगरेको बताए । आफू हिजोको दिनमा पनि आज पनि…

Read More

काठमाडौं । नेपालमा जडान वा उत्पादन भएका सवारीासाधन दर्ता गर्न बाटो खुलेको छ । यातायात व्यवस्था विभागले बिहीबार सूचना निकालेर नेपालमा जडान वा उत्पादन हुने सवारीसाधन दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको जनाएको  छ। यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै नेपालमा जडान वा उत्पादन भएका सवारी दर्ता सम्बन्धी व्यवस्तथा गरेको विभागले जनाएको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरेको हो। यो व्यवस्थासँँगै अब विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका…

Read More