Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिने अघिल्लो दिन प्रचण्ड ठूलो दल कांग्रेसका सभापतिलाई भेट्न पुगेका हुन् । स्रोतका अनुसार प्रचण्डले देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । देउवाले सोमबार साँझ नै पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । यद्यपि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गरिसकेको छैन । त्यसका लागि मंगलबार विहान संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री प्रचण्डले भने सोमबार संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँगको कुराकानीमा आफूलाई सिंगै संसदले विश्वासको मत दिने आशा गरेको प्रतिक्रिया दिएका थिए ।
काठमाडौँ । सत्तारुढ दलहरूले ६० वर्षभन्दा माथिका नागरिकको उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने घोषणा गरेका छन् । सोमबार सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रममा ‘निरोगी नेपाल, स्वस्थ नागरिक’ बनाउने उल्लेख छ । ‘६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने । प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सहज बनाउने । स्वास्थ्य बिमा सुविधा प्राप्त गर्न सेवाग्राहीहरूले भोग्नु परेका झन्झट तत्काल हटाउने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । निरोगी नेपालको अवधारणा र स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको कार्यान्वयन सुनिश्चित गर्ने, यसका लागि सबै नागरिकमा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने…
सिन्धुपाल्चोक । कुनै बेला स्याउका लागि प्रसिद्धि कमाएको सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बु यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पछिल्ला वर्षमा कोरोना महामारीसँगै आन्तरिक तथा बाह्य पर्यटक क्रमशः घट्दै जाँदा सुन्दर रमणीय हेलम्बु पर्यटकको पर्खाइमा रहेको हो । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै साँखु नाङ्लेभारे ६८ किलोमिटर वा वैकल्पिक बाटो कोटेश्वर–बनेपा–जिरोकिलो–सिपाघाट हुँदै एक सय नौ किलोमिटर बाटोमा यातायातको साधनको प्रयोग गरी किउलतिम्बुसम्म पुग्न सकिन्छ । खासगरी स्थानीय स्रोत र साधनबाट बनाइएका आकर्षक होटल, पाहुनाघर, लाङटाङ राष्ट्रिय निकुञ्ज, मेलम्ची खोलाको छहरा, भौगोलिक विविधता, स्थानीय उत्पादनबाट बनेका परिकार, ह्योल्मो जातिको रीतिरिवाज, गुम्बा, घ्याङ, ग्रेटटेल, पाल्चोक मन्दिर नै आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने प्रमुख…
काभ्रे – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन्। पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसङ्गठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोह उनले आउँदो मङ्गलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेताकार्यकर्तालाई ढुक्क रहन आग्रह गरे। “वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईंहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो”, पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने। अध्यक्ष ओलीले साङ्केतिकरूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताए। “बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झण्डै दुई तिहाइको स्थितिमा पुर्याउने एमाले हो,…
विराटनगर – प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीको लागि दाबी पेश गरेका थिए । एमाले नेता कार्कीले ९३ सदस्यीय प्रदेशसभाका बहुमत सदस्य ६० जनाको समर्थनसहित आज दिउँसो ४:२० मा दावी पेश गरेका थिए । बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेशसभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी…
काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा (सुबोध)ले आफ्नो सम्पत्ति विवरण संघीय संसद सचिवालयमा बुझाएका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था अनुसार संसद सचिवालयमा सांसद सापकोटाले सम्पत्ति विवरण बुझाएका हुन् । संसद सचिवालयका अनुसार गत ४ मंसिरमा सम्पन्न आम निर्वाचनबाट चुनिएर आएका २७५ प्रतिनिधिसभा सदस्यहरूमध्ये सिन्धुपाल्चोकबाट निर्वाचित सापकोटाले सबैभन्दा पहिले सम्पत्ति विवरण बुझाएका हुन् । सापकोटाले संसद सचिवालयमा बुझाएको विवरण अनुसार उनका बुबा हरिप्रसाद सापकोटाको नाममा सिन्धुपाल्चोकको बलेफीमा १ रोपनी र बुबाकै नाममा सिन्धुपाल्चोककै कुविण्डे र फुल्पिङकट्टीमा ५० रोपनी खेतबारी पैतृक सम्पत्ति छ । श्रीमतीको नाममा…
अछाम – अवैध क्रसर बन्द गर्न जिल्ला प्रशासन कार्यालय अछामले निर्देशन दिएको छ।आईतवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय अछामले प्रचलित कानून र मापदण्ड विपरीत दर्ता नगरी तथा नवीकरण नगरी सञ्चालन गरेका अबैध क्रसर बन्द गर्न निर्देशन दिएको छ। प्रशासनले अनुमति नलिई सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु र विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर हाल उक्त प्रयोजन र आयोजना समाप्ति पश्चात पनि सञ्चालनमै रहेका क्रसर उद्योगहरु तत्काल बन्द गर्न समेत निर्देशन दिएको छ। यस्तै कानून र मापदण्ड बमोजिम सञ्चालनमा रहेका क्रसर उद्योगहरुलाई सम्बन्धित कागजातहरु जिल्ला प्रशासन कार्यालयमा…
धनगढी – राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपाल सुदुरपश्चिम प्रर्देशकाे अध्यक्षमा पूर्ण प्रशाद भाट निर्वाचित हुनुभएको छ । धनगढीमा सम्पन्न अधिवेशनले अछामका भाटकाे नेतृत्वमा नया प्रदेश समिति चयन गरेकाे हाे ।प्रतिष्ठानकाे बरिस्ठ उपाध्यक्षमा जीवन थापा मगर, प्रथम उपाध्यक्षमा भिम बिष्ट, दृतिय उपाध्यक्ष धन बहादुर बिसी, महिला उपाध्यक्षमा कल्पना ढुंगाना, सचिवमा सुर्य बिरही साउद, महिला सचिव पश्चिमा बम, काेषाध्यक्ष हमंन्ता भट्टराई, सह सचिव लाेक प्रशाद खनाल र सरीता कुमारी कठायत तथा सह काेषाध्यक्ष लिलाधर भट्ट लगायत अन्य सदस्य चयन गरिएको जनाईएकाे छ ।
अछाम – अछाममा ३४ वर्षीय एक जना मृत फेला परेका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ चिल्ताडास्थित कर्णाली नदीमा ३४ वर्षीय संजयबहादुर विष्ट मृत फेला परेका हुन् । कालिकोट नरहरीनाथ गाउँपालिका–१ कोटवाडाका बिष्ट शनिबार मृत अवस्थामा फेला परेका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । सर्वाेच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको छ । सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको लामिछानेका प्रमुख स्वकीय सचिव दीपक बोहराले जानकारी दिए । अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिई प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकाले लामिछानेको सांसद पद खारेजका लागि अन्तरिम आदेशको माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको थियो । बिहीबार अन्तरिम आदेश दिने या नदिने विषयमा दुवै पक्षका कानुन व्यवसायीको बहसपछि इजलासले लामिछानेको पद यथावत रहने आदेश दिएको हो ।