Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकमा सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको बैठकपछि उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । आजको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारेसमेत छलफल भएको उनले बताए । उनले मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।
गुम्बाको सहर भनेर चिनिने सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित निङ्वादावामा बञ्जी जम्प खेल सञ्चालनका लागि ३७६ मिटर लम्बाइमा निर्माण गरेको झोलुङ्गे पुल। पुल आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न निर्माण गरिएको हो। तस्बिर देवराज सुवेदी / रासस
काठमाडौँ । गृह मन्त्रालयले देशभर अवैध रूपमा सञ्चालनमा रहेका खानी तथा क्रसर उद्योगहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई एकैपटक परिपत्र जारी गर्दै अवैध क्रसरलाई बन्द गराउन भनेको हो। गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार नवीकरण नभएका, मापदण्ड पूरा नगर्न सञ्चालनमा रहेका, खास प्रयोजनका लागि स्थापन भएको तर त्यसको काम सकिएको उद्योगहरु बन्द गर्न भनेको जानकारी दिए। यसअघि सर्वोच्च अदालतले पनि अवैध रूपमा चलेका क्रसर खानीलाई बन्द गराउन आदेश दिएको थियो। त्यस्ता क्रसर उद्योगहरु दुई हजारभन्दा बढी रहेको अनौपचारिक अनुमान छ। प्रवक्ता पोखरेलले भने अवैध क्रसरको संख्या आफूहरूसँग नभएको बताए।
१९ पुष काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा आज मंगलबार रमेश लेखक नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले लेखकलाई कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । लेखक कञ्चनपुर क्षेत्र नम्बर–३ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
काठमाडौं ।इरानमा सरकार विरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा थप दुई जना किशोरीलाई मृत्यु दण्डको सजाय दिइएको छ । मुस्लिम ड्रसकोड पालना नगरेको आरोपमा एक युवतीको हिरासतमा मृत्यु भएपछि गत सेप्टेम्बरदेखि जारी प्रदर्शनमा सहभागीहरुलाई कारबाही गर्ने क्रममा थप दुई जना किशोरीलाई मृत्यु दण्डको सजाय दिइएको हो । यसअघि दुई जना युवालाई मृत्युदण्ड दिइएको छ । मृत्युदण्ड दिइएका किशोरीहरुको परिचय खुलाइएको छैन । नर्वेस्थित इरान मानवअधिकार संस्थाले इरानमा करिब १ सय जनालाई मृत्यु दण्डको सजाय दिने सम्भावना रहेको जनाएको छ ।
पुस १९, काठमाण्डौ । नेपाल प्रिमियर लिग टी–२० क्रिकेटअन्तर्गत आज मङ्गलवार भएको पहिलो खेलमा काठमाण्डौ नाइट्सले विराटनगर सुपर किङ्ग्सलाई ३४ रनले हराएको छ । काठमाण्डौले दिएको ९३ रनको लक्ष्य पछ्याएको विराटनगर ८ ओभर ५ बलमा ५८ रनमै अलआउट भयो । विराटनगरका लागि गौरन्शु शर्माले सर्वाधिक २२ रन बनाए । काठमाण्डौका कमलसिंह ऐरीले तीन तथा अनिल खरेल र सुनम गौतमले दुई÷दुई विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाण्डौले ९ ओभरमा पाँच विकेट गुमाएर ९२ रन बनाएको थियो । काठमाण्डौका लागि सन्दीप रजालीले नटआउट ३२ रन बनाए । विराटनगरका नन्दन यादवले तीन विकेट लिए । योसँगै जितसँगै…
१९ पुष काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट नेपाल फर्किँदा नागरिकले व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने क्रममा विमानस्थलमा भएको समस्याको बारेमा तत्काल आवश्यक कारबाही अघि बढाउन अर्थमन्त्रालयलाई निर्देशन दिएका छन् । उनले आज आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो निर्देशन दिएका हुन् । विदेशबाट मोबइल बोकेर आएका नेपालीलाई मोबाइलको भन्सार तिर्ने बारेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किँदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुलाई प्रचण्डले आग्रह गरेका हुन् । ‘रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबिच छलफल गर्छौँ र एउटा निष्कर्षमा पुगौंला’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । सो अवसरमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदैश सभा सदस्य निर्वाचन र…
चौतारा । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बुमा एक सय ७३ मिटर उचाइबाट साहसिक खेल बञ्जीजम्प गर्न पाइने भएको छ । हेलम्बु गाउँपालिका–१ स्थित ङिवादावामा बनेको पुलमा बञ्जीजम्प खेल सञ्चालन गर्न लागिएको हो । कूल तीन सय ७० मिटर लम्बाइमा बनेको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । गाउँपालिका अनुसार उमा÷थानी हिमशिखर जेभीसँग रु दुई करोड ३५ लाखमा ठेक्का सम्झौता भई पुल निर्माण सम्पन्न भएको हो । गुम्बाको सहर भनेर चिनिने हेलम्बुमा आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न बञ्जीजम्प खेलाउने उद्देश्यका साथ पुल निर्माण गरिएकोे गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । बञ्जीका लागि गाउँपालिकाले गत वर्ष डाएनएल जोशी…
पुस १८, काठमाण्डौ । नेपाल टी–२० क्रिकेट लिगमा काठमाण्डौ नाइट्सले पोखरा एभेन्जर्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनायो । काठमाण्डौका लागि एलेक्स ब्लेकले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, सुनाम गौतमले ४५, भिरनदीप सिंहले ३२ र रायन ब्रुलले १० रन बनाए । पोखराका लागि तुलबहादुर थापाले २ विकेट लिए भने प्रतिस जिसी र कुशल मल्लले समान १÷१ विकेट लिए । काठमाण्डौले अहिलेसम्म ५ खेलमा तीनमा जित निकालेको छ भने दुईमा हार बेहोरेको छ । काठमाण्डौ तालिकाको तेस्रो स्थानमा छ…