Author: सूचनापाना

सुर्खेत । कर्णाली प्रदेशमा लागूऔषध प्रयोगकर्तादेखि व्यापार गर्नेको संख्य बढेको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशभर लागूऔषधसम्बन्धीका ७० वटा मुद्दा दर्ता भएका थिए । उक्त आर्थिक वर्षमा सो अभियोगमा एक सय ३६ जना पक्राउ परेका थिए । पछिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ९५ वटा मुद्दा दर्ता भए । उक्त वर्ष एक सय ७२ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षको हालसम्म ७२ जना पक्राउ परेकोमा ४१ वटा मुद्दा दर्ता भइसकेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए । कर्णाली प्रदेशमा पनि लागूऔषध नियन्त्रणमा चुनौती रहेको प्रहरीले जनाएको छ । कर्णालीमा चालु आर्थिक वर्षका झन्डै साढे पाँच महिनामा एक…

Read More

काठमाडौं । गण्डकी प्रदेशका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन्। बिहीबार प्रदेश सभा भवनमा उनीहरूले शपथ लिएका हुन्। ज्येष्ठ सदस्य नेकपा एमालेका सांसद मित्रलाल बस्यालले सांसदहरूलाई शपथ खुवाएका हुन्। गण्डकी प्रदेश सभामा ६० जना सांसद छन्। जेष्ठ सदस्य मित्रलाललाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथ खुवाएका थिए। ३ जना सांसदले भने मातृ भाषामा शपथ लिएका थिए भने अरू सांसदले नेपाली भाषामा शपथ लिएका छन्।

Read More

बुटवल – इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् । सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो ।  केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले उनीमाथि अनुसन्धान गरेको थियो । उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएको थियो ।

Read More

सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिका बागमति प्रदेशकै फ्रि वाईफाई जोन बनेको छ । बागमति सरकारको प्रदेश भरीका सबै पालिकालाई फ्रि वाईफाई बनाउने योजना अनुसार लिशंखुपाखर गाउँपालिकाले प्रदेशमै सबैभन्दा पहिले ईन्टरनेट जोड्दै प्रदेशकै पहिलो फ्रि वाईफाई जोनयुक्त गाउँपालिका बन्न सफल भएको हो । ‘फ्रि वाईफाई जोन’ निर्माण गर्न प्रदेशभरीका अन्य गाउँपालिका मध्य लिसंखुपाखर पहिलो भएको गाउँपालिका अध्यक्ष राजु लामाले बताए । आफूले स्थानीय तहको चुनाव ताका पालिकालाई फ्रि वाईफाई बनाउँछु भनेर बाँचा गरे अनुसार काम पुरा भएको पनि उनले बताए । २० एमविपिएस क्षमताको सुबिसु ईन्टरनेट सेवा जडान गरी बुधबारबाट सुरुवात गरिएको फ्रि वाईफाईले सूचना सम्प्रेषण गर्न र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनको…

Read More

काठमाडौँ । सत्ता साझेदार राजनीतिक दलहरूको बिहीबारको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको र त्यसको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन् । प्रत्येक दलबाट उक्त समितिमा १/१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिने गृहमन्त्री लामिछानेले जानकारी दिए । उनले मन्त्रिपरिषद् विस्तारका विषयमा पनि सामान्य छलफल भएको बताए । उनले मन्त्रिपरिषद्मा क्षमताका आधारमा सांसदहरूलाई जिम्मेवारी दिने बताए । मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको उनको भनाइ थियो । मन्त्रिपरिषद् विस्तार हुन समय…

Read More

काठमाडौं । सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन् । प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिन विभिन्न रानजीतिक दलसँगको छलफललाई तीव्र पारेका छन् । उनले बुधबार एमाले अध्यक्ष ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजावादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।

Read More

उज्वेकिस्तान – उज्बेकिस्तानले भारतमा निर्मित खोकीको झोल औषधि खाँदा कम्तीमा १८ बालबालिकाको मृत्यु भएको दाबी गरेको छ ।उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मृत्यु भएका बालबालिकाले नोएडा स्थित मेरियन बायोटेकले बनाएको झोल औषधि डक–१ म्याक्स सेवन गरेको जनाएको छ ।  सिरपको ब्याचको प्रयोगशाला परीक्षणमा औषधिमा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको मन्त्रालयले जनाएको छ । बच्चाहरूलाई घरमा डाक्टरको प्रिस्क्रिप्शन बिना उनीहरूका आमाबाबु वा ओषधि विक्रेताको फार्मासिस्टको सल्लाहमा दिइएको पाइएको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै, बच्चाहरूको लागि मानक डोजभन्दा बढी औषधि दिइएको थियो । कम्पनिको वेबसाइट अनुसार उक्त औषधि चिसो र फ्लुको लक्षण भएका विरामीको उपचार गर्न दिइन्छ ।

Read More

पोखरा । गण्डकी प्रदेशका प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहण दिउँसो १ बजे हुनेछ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने छन् । नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ ग्रहण गराएका थिए । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरेका छन् । प्रदेश सभा सचिवालयले शपथ ग्रहण समारोहमा राष्ट्रिय…

Read More

काठमाडौं । नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र बनाएको छ । प्रचण्ड र नेपालसँग तिक्ततापूर्ण सम्बन्ध राख्दै आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा एमालेका दोस्रो तहका नेताहरू नेपाललाई राष्ट्रपति दिएर भए पनि नेकपा एससँग तत्काल पार्टी एकताको छलफलमा जुटेका छन् । यो छलफललाई सहज हुनेगरी प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालसँग सरकारमा सहभागी हुन औपचारिक वार्ता थालेका छन् । प्रचण्ड र एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमको जोडबल र पार्टी केन्द्रीय कमिटीदेखि जिल्ला नेतृत्वसम्मको सुझावका आधारमा नेपाल सरकारलाई…

Read More

काठमाडौं । पछिल्लो १ वर्षमा अर्थतन्त्रमा देखिएको परिदृश्य नेपालका लागि नौलो होइन। अर्थ मन्त्रालयले नयाँ नेतृत्व पाउँदै गर्दा देखिएको यो बिसंगति हल गर्ने पहिलो चुनौती उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको काँधमा छ। झन्डै १९ महिनापछि फेरि अर्थतन्त्रको बागडोर पौडेलले सम्हाल्दै गर्दा आर्थिक सूचकांक निकै कमजोर छन्। सरकारी आम्दानी ह्वात्तै घटेको छ, राजस्व संकलन हुन नसक्दा आम्दानीभन्दा खर्च बढी भएर सरकारको विभिन्न कोषमा भएको रकम रित्तिने क्रममा छ। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको राजस्व दोब्बर बनाउने नीतिले वर्षौं लगाएर बलियो बनाएको विदेशी मुद्राको सञ्चिति कमजोर बन्दै गएको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा। चिरञ्जीवी नेपाल बताउँछन्। ‘राजस्व वृद्धि गर्ने भन्नुको अर्थ बढी आयात…

Read More