Author: सूचनापाना

पुस १८, काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहान भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले नागरिकको गुनासो नआउने गरी सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । उनले चिसोबाट नागरिकलाई जोगाउनको लागि योजनाबद्ध ढङ्गले काम गर्न पनि निर्देशन दिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । गृहमन्त्री लामिछानेले शान्ति सुरक्षाको अवस्था चुस्तदुरुस्त राख्न तथा राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् । गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन उनले गृहप्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग…

Read More

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका –९ मा रहेको पर्यटकीय क्षेत्र गुफाडाँडामा निर्माण गरिएको लभ पार्क । तस्बिर : रूपक पुरी (रासस)

Read More

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको भर्चुअल उपस्थितिमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठक सुरु भएको छ । गृह मन्त्रालयबाट भर्चुअलरुपमा गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायमा प्रतिनिधिसमेत सहभागी भएका गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए । उनका अनुसार जारी बैठकमा गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा तथा सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन दिएको जनाइएको छ । गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन उनले गृह प्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाएका थिए । उनले निर्मला पन्त हत्या प्रकरणलाई तथ्यका आधारमा अनुसन्धान अघि…

Read More

१७ पुष काठमाडौं । प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आइतवार बस्ने भएको छ ।नवनिर्वाचित सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद नेपाली कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले गर्नुहुनेछ ।बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै, प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुनेछ ।

Read More

पुस १७, काठमाण्डौ । आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले…

Read More

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजाने प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा शुक्रबार निरीक्षणका लागि पुगेका गृहमन्त्री लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजान निर्देशन दिएका हुन् । उनले कानुन र विधिसम्मत् प्रहरीको बढुवा र सरुवा हुने भन्दै सोहीअनुसार आचारण देखाउन निर्देशन दिएका हुन् । ‘उपप्रधान तथा गृहमन्त्रीज्यू आज प्रहरी प्रधान कार्यालयमा निरीक्षणका लागि आउनु भएको थियो,’ प्रहरी प्रवक्ता टेकप्रसाद राईले भने, ‘प्रहरीको सरुवा बढुका कानुन र विधिसम्मत् हुने गृहमन्त्रीज्यूले बताउनुभयो ।’ कानुन र विधिसम्मत् प्रहरीले गर्ने कार्यमा मन्त्रालयको सहयोग रहने र कुनै पनि हस्तक्षेप नहुने गृहमन्त्री लामिछानेले बताएका प्रवक्ता…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।  १५ पुस २०७९ बाट विदेशबाट नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन लागेको थियो । तर, यस निर्णयको सर्वत्र विरोध भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् । विदेशबाट फर्किंदा एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आहात र केही व्यापारी घरानालाई फाइदा दिएको भन्दै सरकारको चर्काे आलोचना भइरहेको थियो । तर, शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई तत्काल…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दुई सत्तासाझेदार दलका शीर्षनेताबीच भइरहेको वान टु वान छलफलमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा कुराकानी भइरहेको छ । सरकारको साझा न्युनतम कार्यक्रम बनाउने जिम्मेवारी पाएका अध्यक्ष ओली शुक्रबार बिहान ९ बजेतिर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । दुई घण्टादेखि चलिरहेको छलफलमा मन्त्रिपरिषद् विस्तार, प्रादेशिक सरकार निर्माणलगायत शक्ति बाँडफाँटका विषयमा कुराकानी भइरहेको छ ।

Read More

काठमाडौ‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन् । नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (.वर्ष)को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने एक विशिष्ट पर्वका रुपमा ल्होसार स्थापित रहेको बताएका छन् । उनले यस पर्वले समस्त नेपालीबीच आसपी सम्बन्ध सदुढ हुने विश्वास लिएका छन् । ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ…

Read More

काठमाडौं – विश्व फुटबलकै महान खेलाडी ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । क्यान्सर पीडित पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै साओ पाउलोको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ । विश्व फुटबलकै महान मानिएका पेलेले ब्राजिललाई सन् १९५, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका थिए । विश्वकप फुटबलको उपाधि तीन पटक जित्ने एकमात्र खेलाडी पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।

Read More