Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
न्युयोर्क । घातक हिमआँधीसँगै उडान रद्द र डिले हुँदा अमेरिकाभरका विमानस्थलमा हजारौँ यात्रुहरू अलपत्र परेका छन् । झन्डै २८ सय उडान रद्द भएका छन भने १३ सय उडान डिले भएका छन् । उडान ट्र्याकिङ गर्ने फ्लाइट अवेरका अनुसरा अलपत्र परेका हजारौं यात्रुहरू टर्मिनलमै सुतिरहेका छन् । बिहीबार उड्ने तालिकामा रहेका २३ सयभन्दा बढी उडान रद्द भएका छन् । चरम मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरु बरफ र हिउँले घेरिएका घरहरुमा फँसेका छन् । रद्दका कारण जानु पर्ने स्थानमा जान नसकेका हरेक व्यक्तिसँग वास्तवमै दुःखित भएको भन्दै साउदवेस्टका सीइओ बब जोर्डनले भिडियोमार्फत क्षमा याचना गरेका छन् । कीर्तिमान कडा चिसोले…
काठमाडौँ । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ । “पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,”एल स्पानोलले उनको पछिल्लो स्वास्थ्य स्थिति अद्यावधिक गर्दै लेखेको छ । चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो । त्यसपछि उनको स्वास्थ्यस्थितिबारे अस्पतालले केही बताएको छैन ।
महोत्तरी । सरकारले दुई अभियुक्तलाई फरक फरक व्यवहार गरेको आरोप लागेको छ । एकै प्रकृतिको मुद्दा खेपिरहेका दुई सांसदलाई फरक फरक व्यवहार गरेको आरोप लागेको हो । भ्रष्टाचार आरोपीको सांसद पद निलम्बन गर्दा हत्या आरोपलाई संरक्षण गरेको आरोप लागेको हो । रवि लामिछाने गृहमन्त्री बनेसँगै सत्तापक्षका आरोपितहरुलाई काखा र प्रतिपक्षलाई पाखा लगाएको आरोप सुरु भएको आरोप लाग्न थालेको छ । संघीय संसद सचिवालयबाट १२ पुसमा जारी भएको सूचनालाई आधार मान्ने हो भने एकै प्रकृतिको मुद्दा खेपिरहेका अभियुक्तद्वय टेकबहादुर गुरुङलाई निलम्बन र लक्ष्मी महतोलाई सुरक्षित गरेको आरोप लागेको हो । भ्रष्टाचार मुद्दा खेपिरहेका टेकबहादुर गुरुङ कांग्रेसबाट निर्वाचित भएका हुन् भने हत्या…
रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ रसुवागढी नाका आजबाट दुईतर्फी सुचारु भएको छ । कोभिड–१९ संक्रमण अघिदेखि नै नेपालबाट चीनतर्फ नेपाली वस्तुको निर्यात ठप्प रहेकोमा आजबाट पुनः निर्यात सुरु भएको हो । आज नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्। तीन वर्षदेखि रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा अब निर्यात पनि निरन्तर हुने अपेक्षा गरिएको छ । सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले नेपालबाट हुने निर्यातअन्तर्गत खाद्य सामग्रीमा रोक लगाएको थियो । नेपाली भाषा र केही सामग्रीहरूमा अंग्रेजी भाषामा मात्र लेबलिङ गरिएको भन्दै चिनियाँ पक्षले सामग्री लैजान रोक लगाएको थियो । नेपालबाट चीनतर्फ खाद्य वस्तुमा…
काठमाडौं । कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । बालकोटबाट ओली प्रचण्ड निवास खुमलटार पुगेको ओलीका प्रेस संयोजक रामशरण बजगाईले बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड सरिनसकेकाले ओली खुमलटार पुगेका हुन् । नेकपा विभाजन भएपछि पहिलो पटक ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । ओली प्रचण्डबीच मन्त्रिपरिषद विस्तार, माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुने स्रोतले जनाएको छ । तत्कालीन नेकपा खेमालाई समेत जोड्ने गरी प्रचण्डले प्रयास थालेका छन् । त्यसैअनुरुप बुधबार बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रचण्डले भेटेका थिए । नेपाललाई सरकारमा सहभागी गराउने…
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छोडेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएपछि देउवाले बुधबार बालुवाटार छोडेका हुन् । बुढानिलकण्ठस्थित देउवा निवासमा ममर्त भइरहेकाले उनको परिवार केहि दिन धुम्बराहिस्थित होटलमा बस्ने जनाइएको छ ।
काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन कार्यतालिका पुस महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले राष्ट्रपति निर्वाचित भएपछि मात्रै उपराष्ट्रपतिको चयनका लागि प्रकृया सुरु हुने समेत जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपतिको पदावधि पूरा हुनुभन्दा एक महिनाअघि नै चुनावको मिति तोक्नुपर्ने कानुनी व्यवस्था अनुसार मिति तोकेर पुस महिनाभित्र निर्वाचन कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन भएकी थिइन् । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ । त्यसअनुसार फागुन २९ गते भित्रै राष्ट्रपति निर्वाचित भइसक्नुपर्ने हुन्छ । सङ्घीय संसद्को सदस्य…
नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई भित्र्याउने तयारी, ओली-नेपाललाई मिल्न ‘प्रचण्ड’काे आग्रह
काठमाडौं । नयाँ सत्ता समीकरण बनेपछि सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई भित्र्याउने तयारी भएको छ। बुधबार बिहान ललितपुरस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नातेदारको सिटी स्केप अपार्टमेन्टमा सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताबीच छलफल भएको हो। छलफलका लागि प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुगेका थिए। प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल लगायतका नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रमको विषयमा कुराकानी भएको छ। प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई मिल्न आग्रह गरिरहेका छन्। प्रचण्डले नै उनीहरुबीच भेटवार्ता गराउन मध्यस्थतामा लागेका छन्। पार्टी विभाजनपछि पहिलोपटक प्रधानमन्त्रीको शपथग्रहण समारोहमा शीतल निवास पुगेका ओली(नेपालबीच संवाद भएको थियो। प्रधानमन्त्री…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘’ले संसदको पहिलो बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । आइतबार संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २५ गते सोमबार विश्वासको मत लिने तयारी गरेको स्रोतले जानकारी दियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ दिनको समय राखेर २५ गते सोमबार दिउँसो १ बजे संसदको पहिलो बैठक आह्वान गरेकी छन् । संविधानको धारा ७७ अनुसार आम निर्वाचनपछिको सरकारले पहिलोपटक विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वास प्रस्ताव राख्न पाइने छैन । प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनसँगको सहकार्य तोडेपछि एमालेले उनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । नेकपा…
काठमाडौँ । बागमती प्रदेशका नवनिर्वाचित जेष्ठ सदस्यको शपथ ग्रहण आज हुँदैछ । दिउँसो २ बजे हेटौँडा-१० स्थित प्रदेश प्रमुखको कार्यालयमा जेष्ठ सदस्यको शपथ हुने प्रदेश सचिवालयले जनाएको छ । प्रदेशसभाका ११० सांसदमध्ये जेष्ठ सदस्यको रुपमा नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले शपथ गर्दैछन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउने छन् । त्यसपछि उनले प्रदेशसभाका अरु सांसदलाई शपथ गराउनेछन् ।