Author: सूचनापाना

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित नभएको बताएका छन् । सोमबार अपरान्ह विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् । संसदको तेश्रो शक्ति भएर पनि सांसदहरूको अत्याधिक बहुमत जुटाई प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई बधाई दिंदै डा।कोइरालाले अब कांग्रेस नयाँ अभियानका साथ अघि बढ्ने पनि बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्,‘कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्दैछ । कांग्रेस केन्द्रदेखि प्रदेश सवैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको छ । यसबाट हामी निराश हुने छैनौँ । यहाँवाट हामी सबैको परीक्षा शुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनता बीच जानेछौँ ।…

Read More

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए । उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीको समर्थन रहेको छ । आजै शपथको तयारी भए पनि समय अपुग भएकाले भोलिमात्रै शपथ गर्ने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ । नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दाबी पेस गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका हुन् ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार बेलुका ५ बजे सकिँदै छ । संविधानको धारा ७६(२)अनुसार राष्ट्रपति भण्डारीले ३ पुसमा एक सातााको समय दिएर प्रतिनिधिसभाका सदस्यलाई बहुमत प्राप्त गरेर प्रधानमन्त्री पदमा दाबी गर्न आह्वान गरेकी थिइन् ।  तर, हालसम्म कुनै पनि प्रतिनिधिसभा सदस्यले बहुमतसहित प्रधानमन्त्रीमा दाबी गरेका छैनन् । सरकार गठनका लागि सत्तारुढ गठबन्धन निरन्तर छलफलमा रहे पनि सहमति जुटाउन सकेका छैनन् ।  दलहरुले बहुमत जुटाएर आइतबार बेलुका ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी नगरे राष्ट्रपति भण्डारीले अल्पमतको सरकार गठन गर्नुपर्ने हुन्छ । संविधानको धारा ७६(२)अनुसार सरकार गठनका लागि दिएको समय दलहरुले गुजारेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६…

Read More

जेसिज वर्ष २०२३ को लागि राष्ट्रिय अध्यक्षमा विकास मानन्धर निर्वाचित भएका छन् । राष्ट्रिय उपाध्यक्षमा राधिका भुसाल, राजाराम गौतम, अनुप सुनुवार, भीम कुनुवार, स्वस्तिका आचार्य (सिटौला), तेजप्रसाद उप्रेती, चिरञ्जीवी शर्मा, सोनी श्रेष्ठ, सरोज अधिकारी, गौरव पौडेल, चन्द्र मुनी भुसाल र वीर बहादुर मेगा निर्वाचित भएको पौडेलले बताए । युवाहरूको क्षमता विकास, सामाजिक सेवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरू गर्ने जेसिज पछिल्लो समय युवाहरू रोजाइमा पर्दै आएको छ । नेपाल जेसीजको विरगंजमा सम्पन्न ४९ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२३ का लागि नव निर्वाचित सम्पूर्ण राष्ट्रिय पदाधिकारीहरुको नामावली ःअध्यक्ष:- जेसीआई सिनेटर विकास मान्नधरकार्यकारिणी उपाध्यक्ष:- जेसी रजनी थापाकार्यकारिणी उपाध्यक्ष:- जेसी जीवन कार्कीकार्यकारिणी उपाध्यक्ष:- जेसी…

Read More

काठमाडौं । सरकार गठनका विषयमा सत्तारुढ दलबीच घनिभूत छलफल चलिरहेको छ । सत्तारुढ गठबन्धन आवद्ध दलहरुले आन्तरिक तथा द्वियपक्षीय र त्रिपक्षीय छलफल गरिरहेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल चलिरहँदा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पनि प्रवेश गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी गर्न दिएको एक साताको समय आइतबार बेलुका सकिनै लाग्दा दलहरु निर्णायक भन्दै छलफलमा जुटेका हुन् । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दाबी गर्दै पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडान लिँदै आएको छ । यता माओवादीले प्रधानमन्त्रीको पहिलो कार्यकाल आफूले पाउनुपर्ने बताउँदै…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय सांसदहरूबाट मासिक जनही १२ हजार रुपैयाँ लेवी उठाउने भएको छ । पार्टी केन्द्रीय पदाधिकारीको पुस ७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाका माननीय सांसदहरूले पार्टीमा बुझाउने मासिक लेवी रु १२००० प्रति सांसदका दरले निर्धारण गर्ने निर्णय गरियो,’ माओवादीको सर्कुलरमा भनिएको छ । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाबाट गरी माओवादी केन्द्रले मासिक ५ लाख ६४ हजार रूपैयाँ उठाउनेछ । यसैगरी प्रदेश सभाका सांसदहरुले पाउने तलब, भत्ता र अन्य सेवा सुविधा प्रदेशहरुमा फरक फरक भएकाले प्रदेश सभाका मन्त्री र सांसदहरुको लेवी निर्धारण सम्बन्धित प्रदेशको पार्टी समितिले गर्ने निर्णय भएको…

Read More

काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएको हो । बैठकअघि देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएकी थिइन् । तर, सत्ता गठबन्धनमा भावी प्रधानमन्त्रीका विषयमा टुंगो लागेको छैन । भावि प्रधानमन्त्रीका लागि गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी छ ।…

Read More

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बलेफी गाँउपालिका ५ माथिल्लो बजारमा भर्‍याङको सिढीबाट लडी एक पुरुषको ज्यान गएको छ । झुण्डीएको अवस्थामा श्रीमतीलाई देखि हल्लाखल्ला गर्दै के भयो भनि हेर्न जाँदा माथिल्लो तल्लाबाट एक्कासी तल झर्दा ४५ वर्षीय शेरबहादुर श्रेष्ठको ज्यान गएको हो । सिढीबाट लडेर गम्भीर घाइते भएका श्रृष्ठको उपचारको क्रममा मृत्यु भएको हो । शुक्रबार पौने ९ बजेको समयमा २ तले पक्की घरको भुई तल्लामा रहेको सिलिङ पंखाको फलामको डण्डीमा तन्नाको पासो लगाई झुण्डीएको अवस्थामा श्रीमती देखेपछि एक्कासी तल झर्दा उनी लडेर घाइते भएका थिए । मृतकले अत्याधिक मात्रामा मदिरा सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । आत्महत्या प्रयास गर्ने…

Read More

काठमाडौं । कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको  बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केहि व्यक्तिले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गरेको आरोप लगाए ।  सो क्रममा आफूसहितका केही उम्मेदवारविरुद्ध निरन्तर नकारात्मक सन्देश प्रवाह गरेर हराउने अभियान चलाइएको उनको आरोप छ । ‘भ्रष्टाचारमा प्रकाशमानको केही छैन । चुनावको समयमा पार्टीभित्रको कुरा ल्याएर नकारात्मक प्रचार गरियो । अरु उम्मेदवारको विषयमा पनि यस्तै गरियो । यसको असर निर्वाचन परिणाममा देखियो । जित्ने ठाउँमा पनि कांग्रेसले पराजय भोग्नुपर्यो ।’ नेता सिंहले कांग्रेसमा प्रतिशोध राख्नेहरुका कारण पार्टीको संगठनलाई समेत अविश्वास गर्नुपर्ने…

Read More