Author: सूचनापाना

मुम्बई । टेलिभिजन शो ‘कौन बनेगा करोडपति’को मञ्चमा अभिनेता अमिताभ बच्चन आफ्नो जीवनसँग जोडिएका अनेक किस्सा दर्शकलाई सुनाउन पछि पर्दैनन् । कैयौं पटक उनका किस्साले फ्यान भावुक पनि भएका छन् । हालैमात्र उनले आफ्नो उचाईका बारेमा अनेक किस्सा सुनाए । उनले शोको पछिल्लो भागमा आफ्नो स्कुलको दिनको सम्झना गरेका छन् । यो कुराको सुरुवात प्रतिष्पर्धी काशवी शर्माबाट भयो । फास्टेस्ट फिंगर फस्ट राउण्ड जितेर काशवीले हट सिटमा बस्ने मौका पाइन् । काशवीको कुरा गर्दै अमिताभले स्क्रिनमा उनको रिपोर्ट कार्ड देखाए । कार्ड हेर्नासाथ काशवीले आफूलाई आफ्नो कम उचाई मन नपरेको बताइन् । उचाईको कुरा गर्नासाथ अमिताभले आफ्नो स्कुलको दिन सम्झिाए ।…

Read More

बुटवल । रोल्पाका १० मध्ये ९ स्थानीय तहले जग्गाको वर्गीकरण गरेका छन् । जग्गा वर्गीकरणका लागि संघीय सरकारले तोकेको समय सीमाभित्र सुनछहरी गाउँपालिकाबाहेक बाँकी सबै स्थानीय तहले जग्गा वर्गीकरण गरेका हुन् । ‘हाल स्थानीय तहहरूले जग्गालाई कृषि र गैरकृषि गरी दुई क्षेत्रमा वर्गीकरण गरेका छन्,’ नापी कार्यालय रोल्पाका नापी अधिकृत पुरण चौधरीले भने, ‘गैरकृषि क्षेत्रको जग्गा भने केही समयपछि वर्गीकरण हुन्छ ।’ तोकिएको समयभित्र जग्गाको वर्गीकरण नगर्ने स्थानीय तहले भने अब एकैपटक १० प्रकारको वर्गीकरण गरेर जानकारी दिनु पर्ने नापी अधिकृत चौधरीको भनाइ छ । भूउपयोग नियमावली ०७९ अनुसार गैरकृषि क्षेत्रलाई आवासीय, व्यासायिक, औद्योगिक, खनिज तथा खानी, वन, नदी, खोला, ताल तथा सिमसार, सार्वजनिक उपयोगको…

Read More

काठमाडौँ । काठमाडौँका नेवार समुदायले अनधिकृत बस्ती हटाउने काठमाडौँ महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ । सुकुम्बासी बासिन्दालाई उनीहरुको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने मागसमेत नेवार समुदायको छ । आज यहाँ नेवार समुदायका विभिन्न १५ सङ्घ, समाज र समिति तथा गुठीले संयुक्तरुपमा पत्रकार सम्मलेन गर्दै बागमती नदी किनारास्थित अनधिकृत बस्तीले काठमाडौँको सांस्कृतिक पहिचानमाथि चुनौती थपेको बताएका हुन् । अनधिकृत बस्ती हटाउन महानगरलाई आफूहरुको समर्थन भए पनि बस्तीका बासिन्दालाई पर्ने असुविधालाई नजर अन्दाज गर्न नहुने उनीहरुको भनाइ छ । ‘काठमाडौँ महानगरको अभियानलाई हाम्रो समर्थन छ, तर अनधिकृत बस्तीमाथि पर्न जाने असुविधालाई पनि नजर अन्दाज गर्न सकिँदैन, उहाँहरुलाई राज्यले थातथलो रहेको जिल्लामा…

Read More

रसिया । साइबेरियाको केमेरोभो सहरमा रहेको वृद्धवृद्धाका लागि बनाइएको घरमा आगलागी हुँदा २० जनाको मृत्यु भएको आपतकालीन सेवालाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ । एजेन्सीले अग्नि सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै भवनको दोस्रो तलाको सम्पूर्ण भाग जलेको जनाएको छ । आगलागीको केही समयपछि मात्र आगो नियन्त्रणमा आएको थियो । ‘आगो लागेको ठाउँमा, उद्धारकर्ताहरूले कम हावाको तापक्रममा भग्नावशेषमा काम जारी राखेका छन्। पछिल्लो तथ्यअनुसार २० जनाको मृत्यु भएको छ’, रिपोर्टमा भनिएको छ । आगलागीबारे अनुसन्धान भइरहेको छ । उक्त वृद्धाश्रम दर्ता नगरिकन बनाइएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

Read More

रौतहट । रौतहट स्थित प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले झन्डै १० लाख मूल्य बराबरको अवैध भारतीय रेडिमेड कपडा बरामद गर्नुका साथै लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले चन्द्रपुर तल्लो बजार स्थित झन्डै १० लाख मूल्य बराबरको रेडिमेड कपडा बरामद गरेको हो। भन्सार छली अवैध कपडा भित्र्याएको सूचनाको आधारमा गएको टोलीले लेडिज उलन, कुर्ता सुरवाल, लेहेँगा चुनरीलगायत ९ लाख ९७ हजार ८५० बराबरको विभिन्न कपडा बरामद गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिल्ला प्रहरीका निमित्त प्रवक्ता डिएसपी उमाशंकर यादवले बताएका छन् । त्यसैगरी पसलमा लागुऔषध गाँजा बिक्री…

Read More

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका करिब चार सय कर्मचारीको सरुवा गरेको छ । कार्यालयले बिहीवार सरुवाको निर्णय गरेको हो ।  कार्यालयका अनुसार ४७ उपसचिव र ११७ शाखा अधिकृत, २२५ लेखापालको सरुवा भएको छ ।  निर्वाचन आचारसंहिता अन्त्य भएसँगै ठूलो संख्यामा सरुवा गरिएको हो ।

Read More

काठमाडौं । सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने भएको छ । दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हन् । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश बुधबार दिएको थियो । योसँगै केन्द्रीय कारागारले शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभाग बुझाउने तयारी गरेको हो । केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेका अनुसार जिल्ला अदालत भक्तपुरबाट पत्र आएपछि आज शुक्रबार…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँगको व्यापारिक नाका तातोपानी पूर्णरुपमा खुलाउन पहल भइरहेको बताएका छन्। सिन्धुपाल्चोक क्षेत्र नं १ का निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा नेतृत्व टोलीको ज्ञापनपत्र बुझेपछि प्रचण्डले भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिपरेको बताए। टोलीले आज तातोपानी नाका खुलाउन पहल गरिदिन अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्रसहित अनुरोध गरेको थियो। दोस्रो पटक प्रधानमन्त्री भएपछि आफूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नाका खुलाउने विषयमा छलफल गरेको स्मरण गर्दै प्रचण्डले तातोपानीका नेपाली व्यवसायी एवं नेपालको व्यापारिक दृष्टिबाट सो नाका महत्वपूर्ण रहेको बताए। चिनियाँ पक्षसँगको हरेक भेटमा तातोपानी नाका छलफलको विषय बनेको स्मरण गर्दै उनले यसको ऐतिहासिक पक्षबारे…

Read More

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।  बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म भएको निर्वाचनमा दलको नेतामा प्रधानमन्त्रीसमेत रहेका देउवा निर्वाचित भएका उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । ८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति देउवा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी गगनकुमार थापाले २५ मत पाए ।

Read More

काठमाडौं – नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ ।  प्रहरी प्रधान कार्यालयले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय गरेको हो ।

Read More