Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले कक्षा ६ सम्म दिँदै आएको दिवाखाजालाई बढाएर आठ कक्षासम्म उपलब्ध गराउने भएको छ । साथै १२ कक्षासम्म कुनै पनि प्रकारको शुल्क नलिने घोषणा गरेको छ । नगरपालिका प्रमुख बालकृष्ण बस्नेतका अनुसार नगरभित्र रहेका ५४ विद्यालयलमा दिवाखाजा र निःशुल्क शिक्षाको सुरूआत गरिएको बताए । “नगरभित्र यो शैक्षिक सत्रमा भर्ना भएका छ हजार सात सय विद्यार्थीले कुनै किसिमको शुल्क तिर्नुपर्दैन”, नगरप्रमुख बस्नेतले भने, “कुनै पनि विद्यालयले नगरको परिपत्रविपरीत शुल्क लिए कारबाही गरिनेछ ।” माध्यमिक विद्यालयलाई आवश्यक सबै शैक्षिक सामग्री नगरले उपलब्ध गराएपछि विद्यार्थीसँग शुल्क लिन नपाउने उनले बताए । दिवाखाजा, परीक्षा शुल्क र विज्ञान सङ्कायको प्रयोगशालालाई लाग्ने…
जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाले नेहा चौधरी र निहारिका सिंह राजपुत विरुद्ध रु पाँच लाखको क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाएको छ । नेहा चौधरीलाई पति डा पंकज चौधरीको घरमा प्रवेश गर्न नदिन आफूमाथि भूमिका खेलेको आरोप लगाउँदै नेहा र निहारिकाले आन्दोलन गराएको नगरप्रमुख रामदुलार साहले बताएका छन् । नेहा र निहारिकाले नगरपालिकामाथि ढुङ्गामुढा, तोडफोड र आगजनी गराएर रु पाँच लाखको क्षति पु¥याएको भन्दै नगरप्रमुख साहले दाबी क्षतिपूर्ति भराउन निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेलाई विज्ञप्ति बुझाएका हुन् । ताल्चा लागेको घर अगाडि नै नेहाले धर्ना बसेपछि स्थानीयवासीले नेहालाई घरभित्र प्रवेश गराउनुपर्ने माग राख्दै आन्दोलन गर्न थालेका…
काठमाडौं । काठमाडौँको बालाजुमा एक वृद्धाको हत्या भएको छ । तार्केश्वर नगरपालिका–६ बस्ने डिल्ली पतुवार वडा नम्बर–३ मा पर्ने जंगलमा मंसिर २२ गते बालाजुस्थित एक टहरोमा बस्दै आएकी ९० वर्षीया वृद्धा शव फेला परेको हो । प्रहरीले उनको टाउकोमा गम्भीर चोट देखिएको जनाएको छ । पोस्टमार्टम रिपोर्टमा उनको टाउकोमा हिर्काएकोजस्तो देखिएको प्रहरीको भनाइ छ । उनका श्रीमान्को मृत्यु भइसकेको छ । मृतकका चार छोरी र एक छोरा भए पनि उनी एक्लै आफ्नै जमिनमा भएको टहरोमा बस्दै आएकी थिइन् । सधैँ नजिकै रहेको छोरीको घरमा खाना खान जाने गरेकी वृद्धा २० गते भने खाना खान नगएको र बालाजु प्रहरीमा खोजीका लागि…
दाङ । कर्मचारीलाई स्थायी राजधानीमा टिकाउन लुम्बिनी प्रदेश सरकारले घरभाडा तिरिदिने योजना बनाएको छ । कर्मचारीले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा जान अनिच्छा देखाइरहेका बेला प्रदेश सरकारले घरभाडा तिरिदिने लोभ देखाएको हो । प्रदेश सरकारले प्रोत्साहन भत्ताको नाममा घरभाडा तिरिने योजना ल्याएको हो । प्रदेशको अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी दाङमा सामान सार्दा कर्मचारीले अवरोध पुर्याएपछि प्रदेश सरकारले अवरोध मत्थर पार्न यस्तो रणनीति अपनाएको हो । शैक्षिक सत्रको बीचको समय भएकाले बालबच्चाको पठनपाठनमा समस्या हुने, स्थायी राजधानीमा पनि स्थायी संरचना नभएकाले तत्काल सबै व्यवस्थापन गर्न नसकिने र आसपासका क्षेत्रमा प्रयाप्त बसोबासका क्षेत्र नभएका बस्नलाई समस्या हुने कारण देखाउँदै मुकाममा रहेका…
काठमाडौं – काभ्रेको बेथानचोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा भएको उक्त दुर्घटनामा १७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार ३ जनाको घटनास्थलमै र अरु १४ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । बा ३ ख ४३८५ नम्बरको उक्त बसमा सवार अरु १० जना घाइते भएको र उनीहरुको धुलिखेलका साथै शिर मेमोरियलमा उपचार भइरहेको छ । बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिकाको वडा नं ५…
काठमाडौं । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याएपछि अहिले सरकारको चौतर्फी विरोध भएको छ । सरकारले मंगलबार जारी गर्न उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको छ । रेशम चौधरीसहित जघन्य अपराधमा जेल सजाय भोगिरहेका राजनीतिक कार्यकर्तालाई छुटाउन उक्त अध्यादेश ल्याइएको भन्दै सरकारको चौतर्फी विरोध भइरहेको छ । एमालेका दोस्रो तहका नेता तथा कार्यकर्ताले समेत विरोध गरेका छन् । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले अध्यादेशविरुद्ध मंगलबार काठमाडौंमा प्रदर्शन नै गरेको छ । सरकार नेतृत्वकर्ता दल कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पनि विरोध गरेका छन् । उनीहरुसहित कांग्रेसका नेता कार्यकर्ताले पनि विरोध जनाएका छन् । तर, रेशम चौधरीसहित टीकापुर घटनाका…
काठमाडौँ । उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको लैनचौरस्थित नयाँ वितरण सञ्जालमा समस्या आएपछि पुरानै सञ्जालबाट पानी पठाइएको छ । नयाँ सञ्जालमा समस्या आएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानो सञ्जालबाटै राजधानीको मुख्य सहरमा पानी पठाएको निर्देशनालयका प्रवक्ता एवं सूचना अधिकारी चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए । नयाँ वितरण सञ्जालबाट पानी पठाउँदा लैनचौरस्थित नेपाल स्काउटअघि पाइप फुटेर जलमग्न भएको थियो । जसका कारण पैदलमार्ग हिँड्न पनि समस्या भएको यात्रुको गुनासो छ । पाइप फुटेको ठाउँमा के भएको हो भन्ने हेर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताए । केही दिनमा फुटेको पाइप बनाएर नयाँ सञ्जालबाट पानी पठाइने…
अर्घाखाँची । श्रीमान्को घाँटी थिचेर हत्या गरेको आरोपमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बलबहादुर र लक्ष्मीबीच मंसिर २४ गते साँझ घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए । रिसको झोकमा लक्ष्मीले कम्मरमा बाँधेको पटुका निकालेर श्रीमान्को घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए । लक्ष्मीले पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुन्डाएर श्रीमान्लाई मारेको प्रहरीमा बयान दिएकी छन् ।
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि सरकारले जारी गर्न लागेको अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् । टिकापुर घटनालाई लिएर जेल जीवन बिताइरहेका रेशम चौधरीलगायतलाई रिहा गर्न सरकारले मुलुकी अपराध संहिता पहिलो संशोधन विधेयक जारी गर्ने तयारी गरेरहेको बेला कांग्रेस उपसभापति गुरुङले असन्तुष्टि जनाएका हुन् । सामाजिक सञ्जालमा अध्यादेशतर्फ लक्षित गर्दै उपसभापति गुरुङले लेखेका छन्, ‘अध्यादेशमार्फत गम्भीर प्रकृतिका विषयहरूको सन्दर्भमा निर्णय लिनु अनुपयुक्त हुन्छ । प्रजातन्त्र भनेकै विधिको शासन हो । विधिको शासनको पक्षमा कांग्रेस सधैं उभिनु पर्छ ।’ यस्तै कांग्रेसकै नेताहरू डा. शेखर कोइराला, महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मालगायतले पनि अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह गरिसकेका छन् ।
सुर्खेत । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए । तीन जना घाइते भएका छन् । मध्यपहाडी सडक खण्डमा भएको दुर्घटनाबारे थप विवरण आउँन बाँकी छ ।