Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले अदालतले दोषी ठह¥याएकालाई माफी दिने प्रयास लोकतन्त्रको उपहास हुने बताएका छन् । व्यक्ति हत्या आरोपमा आजीवन कारवासको सजाय भोगिरहेका रमेश चौधरीसहितलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउन तयारी गरेपछि उनले सरकारको उक्त कदमले कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु रहेको बताएका हुन् । ‘अध्यादेश मार्फत कानुन संशोधन गरि अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो,’ उनले भने, ‘आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट कसैलाई छैन। भोलि यसले गलत नजिर बस्न जान्छ।’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फौजदारी अपराध संहिता कार्यविधि संशोधन गर्ने अध्यादेश तत्काल रोक्न माग गरेका छन् । उनले नयाँ संसदको बैठक बस्ने पूर्वसन्ध्यामा गम्भीर आपराधिक घटनाका अभियुक्तहरुलाई उन्मुक्ति दिने गरी सरकारले ल्याउन खोजेको अध्यादेशप्रति आपत्तिजनक जनाउँदै तत्काल रोक्न माग गरेका हुन् । ‘सत्ता स्वार्थका निम्ति नयाँ संसदको बैठक बस्ने पूर्वसन्ध्यामा गम्भीर आपराधिक घटनाका अभियुक्तहरुलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक छ । लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न राप्रपा नेपाल माग गर्दछ,’ थापाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जेलमा रहेका रेशम चौधरी, सिके राउतको जनमत पार्टी र नेत्रविक्रम चन्द विप्लवका…
काठमाडौं । काठमाडौं उपत्यकामा सवारी आवागमनमा चाप देखिएको छ । सोमबार उपत्यकाका विभिन्न स्थानमा सडक मर्मत लगायतका कार्य भइरहेकाले सवारीमा आवागमनमा चाप देखिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार लैनचौर ब्यांक्वेट अगाडी सडकमा खानेपानीको पाइपबाट पानी लिकेज हुँदा त्रिपुरेश्वर, नागस्थान, पुरानो बसपार्क, जमल, केशरमहल, खानी विभाग, टुकुचा, संग्राहलय, दक्षिणगेट, लैनचौर चोकमा सवारी क्युमा चलिरहेका छन् । यस्तै, सवारी साधनको संख्या बढेका कारण थापाथली, भद्रकाली, सिंहदरबार, टेकु, ग्वार्को, सातदोबाटो, कोटेश्वर चोकमा पनि सवारी साधन क्युमै चलिरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । ग्वार्कोमा ‘फ्लाइ ओभर’ निर्माण भइरहेकाले पनि बालकुमारी पुलबाट बल्खु जाने आउने यात्रुबाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई सर्भिस…
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । नयाँ सरकार गठनको तयारी भइरहेका बेला उनले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । आइतबार राति भक्तपुरको बालकोट पुगेर ओलीलाई भेटेका उनले सोमबार ललितपुरस्थित खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् । दुवै राजनीतिक भेटवार्तामा सरकार गठनसहित राजनीतिक, समसामयिक विषयमा कुराकानी भएको छ । सोमबार प्रचण्डको जन्मदिनसमेत परेकाले नेता केसीले शुभकामना पनि दिएका छन् । कांग्रेसमा सरकारको नेतृत्व लिन आधा दर्जनजति आकांक्षीमध्ये केसीका ज्वाइँसमेत रहेका महामन्त्री गगन थापा पनि छन् । कांग्रेस संसदीय दलको नेतासहित…
काठमाडौं । राजधानीको धुम्बाराहीस्थित एक घरमा एक युवतीले पेट्रोल खन्याई आत्मदाह गरेकी छिन् । नुवाकोट घर भई हाल राजधानीस्थित बुद्धनगरमा बस्ने २७ वर्षीया पुष्पा न्यौपानेले इन्गेजमेन्ट गरेको तीन महिनापछि एकाएक केटा पक्षले बिहे नगर्ने जनाएपछि केटाकै घरको गेटमा आत्मदाह गरेकी हुन् । गत माघदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने उद्देश्यसहित पारिवारकै रोहबरमा गत भदौ १८ गते पुष्पा र धुम्बाराही निवासी मधु संग्रौलाबीच इन्गेजमेन्ट भएको थियो । एक वर्षभित्र विवाह गर्ने निर्णय गरिए पनि केटापक्षले एकाएक यही शनिबार पुष्पाको घरमा नै गएर विवाह नगर्ने जनाउ दिएपछि मानसिकरूपमा विक्षिप्त भएको केटा पक्षले घरमै बोलाएर पुष्पालाई थप पीडा दिएपछि (मधु) को घरको गेटमै आत्महत्याको…
काठमाडौं । सत्ता गठबन्धनले चुनावपछि पहिलो बैठक बोलाएको छ । गठबन्धनले सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको हो । बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल हुने गठबन्धनका एक नेताले बताए । भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा आबद्ध दल कांग्रेसले ५७ सिट, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।
धनगढी । दार्चुलास्थित नेपाल र भारतको सीमानाका क्षेत्रमा विवाद भएको छ । आइतबार नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा लफडा भएको हो । भारतले दार्चुलाको महाकाली नदी किनारमा धार परिवर्तन हुने गरी तटबन्धको निर्माण कार्य गरिरहेकोमा सोही विषयलाई लिएर नेपाली नागरिकले विरोध गर्दा विवाद भएको हो । आज भएको विवादमा भारतीयले नेपाली नागरिकमाथि दार्चुला पारी भारतको धार्चुलाबाट ढुंगा प्रहारसमेत गरेका छन् । घटनाको विस्तृत विवरण नआएको तर भारतीय नागरिकले ढुंगा प्रहार गर्दा चार नेपाली घाइते भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
नेपाली कांग्रेस रुपन्देहीले प्रदेशको स्थायी संरचना नबन्दै राजधानी दाङमा सार्न लागेको भन्दै मुख्यमन्त्री कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएको छ । काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती मन्त्रालय लैजाँदा प्रतिकूल असर पर्ने भन्दै राजधानी हतारमा नसार्न माग गरेको हो । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री कार्यालयका कार्यवाहक सचिवलाई ज्ञापनपत्र बुझाउँदै राजधानी सार्न हतार नगर्न भनिएको हो । पूर्वाधार बिना राजधानी सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेशसभाबाट बन्ने सरकारलाई कार्यभार सुम्पिन कांग्रेसको आग्रह छ ।
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । खड्कालाई भेट्न राउत उनकै निवास गल्फुटार पुगेका हुन् । भेटमा उनीहरूले बधाई तथा शुभकामना साटासाट गरेका थिए । हालैको प्रतिनिधि सभा निर्वाचनमा खड्का सुर्खेत–१ र राउत सप्तरी–२ बाट निर्वाचित भएका थिए । भेटमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ ।
काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। आइओसीले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ घटाएर पठाएको छ। भारतबाट मूल्य घटेर आए पनि नेपाली बजारमा भाउ घटाउनेबारे कुनै छलफल नभएको निगम स्रोतले बताएको छ। बिहीबारको नयाँ मूल्यअनुसार निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा छ। त्यस्तै निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ। तर निगमले आइओसी र नेपाल सरकारको गरेर अझै १५ अर्ब रूपैयाँ ऋण तिर्न बाँकी भएकाले तत्काल…