Author: सूचनापाना

काठमाडौँ । प्रतिनिधिसभा समानुपातिकतर्फ अहिलेसम्मको परिणामअनुसार ६ पार्टी राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ। राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा एउटा सिट जितेर समानुपातिकमा कूल सदर मतको ३ प्रतिशत मत (थ्रेसहोल्ड) कटाउनुपर्ने प्रावधान छ। निर्वाचन आयोगका अनुसार कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० रहेकामा यसको ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजार आसपास मत खसेको छ, भने अहिलेसम्मको गणनाअनुसार ३ लाख मत बदर भएको आकलन छ। अहिलेसम्मको हिसाबले कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। यसको ३ प्रतिशत ३ लाख २० हजार हुन्छ। यस आधारमा नेकपा एमाले, नेपाली काँग्रेस,…

Read More

काठमाडौं । निर्वाचन आयोगले दोलखाका १० केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय गरेको छ। आयोगको आइतबार साँझ बसेको बैठकले मंसिर १५ गतेभित्र मतदान गराउन निर्देशन दिएको हो। जाँचबुझ टोलीले दोलखामा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो। ४ मंसिरमा भएको चुनावमा बैतेश्वर, तामाकोसी, शैलुङ र मेलुङका ८ वटा मतदान केन्द्रमा मतदान निष्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा रिपोर्ट पठाएको थियो। दोलखाका ७ केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान नभएको प्रतिवेदन टोलीले आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई प्रतिवेदन बुझाएको थियो।

Read More

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझ ७ बजेसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५३, नेकपा (एमाले) ४२, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १० क्षेत्रमा विजयी भएका छन् । साथै, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात, जनता समाजवादी पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेमकिपा एक, राष्ट्रिय जनमोर्चा एक र जनमत पार्टीले एक सिट जितेको छ । त्यसैगरी पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका…

Read More

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको छ । अहिलेसम्म अहिलेसम्म एक सय ५६ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । अब नौ क्षेत्रको आउन बाँकी छ ।  हालसम्म सार्वजनिक भएको नतिजाअनुसार बहालवाला ६ मन्त्रीले चुनाव हारेका छन् । जसमा शक्तिशाली गृहमन्त्री पनि पर्छन् । निर्वाचन हार्नेमा गृहमन्त्री बालकृष्ण खाण, खानेपानीमन्त्री उमाकान्त चौधरी, ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राज्यमन्त्री उमेश श्रेष्ठ छन् । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तीन उम्मेदवारले सरकारका तीन मन्त्रीलाई पराजित गरेका छन् । रुपन्देही ३ मा गृहमन्त्री खाणलाई हराउँदै राप्रपाका दीपक बोहरा निर्वाचित भएका छन्। बोहराले ३६ हजार…

Read More

काठमाडौ । एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम २ बाट निर्वाचित भएका छन् । उनले कांग्रेसका डम्बरबहादुर खड्कालाई एक सय १४ मतले पराजित गरेका हुन् । संविधानसभा अध्यक्ष नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार नौ सय ६ मत पाएका छन् । उनी ०७४ मा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । एमालेका स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्य सुनसरी २ बाट निर्वाचित भएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार काँग्रेसका सीताराम मेहतालाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजय भएका हुन् ।  नेता आचार्यले ३२ हजार आठ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी मेहताले २६ हजार ५८ मत ल्याएका…

Read More

काठमाडौं । हालै सम्पन्न आमनिर्वाचनमा राप्रपाले फड्को मारेको छ । २०७४ सालमा भएको आमनिर्वाचनमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार सिटमा सीमित रहेको राप्रपा राष्ट्रिय दलसमेत बन्न सकेको थिएन ।  तर, यसपटक भएको आमनिर्वाचनमा राप्रपाले संसदमा आफ्नो उपस्थिति राम्रो देखाएको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनको सबै मतरिणाम आउन बाँकी रहँदा नै राप्रपाका ७ जना संघीय संसदमा र प्रदेशसभामा ११ जना निर्वाचित भइसकेका छन् । केही स्थानका पहिलो हुने निर्वाचित हुने प्रणाालीतर्फको अन्तिम परिणाम आउन बाँकी रहेको र समानुपातिकको मतपरिणाम सार्वजनिक भइसकेको छै्रन भने सिट बाँँडफाँट पनि गरिएको छैन । तर, हालसम्म सार्वजनिक मतपरिणाामअनुसार यसपटक राप्रपा राष्ट्रिय दल बनेको छ भने प्रत्यक्षतर्फको…

Read More

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ । कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् । उनी ४७ हजार ९८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिपस्पर्धी एमालेका कैलाश ढुंगेलले ३० हजार ७२९ मत ल्याए। ढुंगेलले १६ हजार ३६९ मतान्तरले पराजित भए ।

Read More

चीनमा कोभिड प्रतिबन्धविरुद्ध नयाँ विरोध प्रदर्शनहरु भएका छन् । विरोध प्रदर्शनबारे सार्वजनिक गरिएको एउटा भिडियोमा उरुम्चीका मानिसहरू प्रहरी अवरोध हटाउँदै तालबन्दी अन्त्य गर्न माग गरेका देखिन्छन् । उरुम्चीका अधिकारीहरूले अब प्रतिबन्धहरू हटाउने वाचा गरेका छन् । कोभिड प्रतिबन्धले मानिसहरूलाई बिहीबार अपार्टमेन्टमा लागेको आगोबाट भाग्न रोकेको प्रदर्शनकारीहरुले बताएका छन् । तर, अधिकारीहरुले भने यसलाई अस्वीकार गरेका छन् । आगो निभाउने प्रयास कोभिड प्रतिबन्धहरूले अवरोध गरेको अनलाइन पोष्टहरूले सुझाव दिएका छन् ।  सार्वजनिक भिडियोमा मास्क लगाएका सर्वसाधारण मानिसहरु अध्यारोमा सरकाविरुद्ध नाराबाजी गरेका देखिन्छन् । पश्चिमी सिन्जियाङ क्षेत्रको राजधानी सहरमा अगस्टको शुरुदेखि नै प्रतिबन्धहरू लगाइएको छ । आगलागीबाट प्रभावित कम्पाउण्डमा बसोबास गर्ने मानिसहरूलाई…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । नेपाली बजारमा एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ४० पैसा र बिक्रीदर १३१ रुपैयाँ तोकिएको छ ।  युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३६ रुपैयाँ १९ पैसा रहेको छ भने अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६८ पैसा कायम छ । क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९९ पैसा छ । सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९५ रुपैयाँ २७ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ। यसैगरी…

Read More