Author: सूचनापाना

काठमाडौं – प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय २४ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । हालसम्मको मतपरिणामअनुसार कुनै पनि दल बहुमत प्राप्त गर्नबाट वञ्चित भएका छन् । सत्ता र विपक्षी दुवै गठबन्धनले उस्तै उस्तै संख्यामा जित हासिल गरेका छन् । त्यसैले अब त्रिशंकु संसद् बन्ने निश्चित छ । अहिलेसम्म नेपाली कांग्रेसले ४३ मा जित र १० मा अग्रता हासिल गरेको छ । एमालेले ३३ जित र १३ मा अग्रता हासिल गरेको छ । माओवादीले १२ मा जित, ६ मा अग्रता हासिल गरेको छ । एकीकृत समाजवादीले १० सिट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात जित र…

Read More

काठमाडौं । यसपटकको निर्वाचनमा जबर्जस्त रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टी उदाए । पार्टी खोलेर चुनावमा गएको भए प्रभु साहको पार्टी पनि चर्चित हुन्थ्यो होला । तर, स्वतन्त्र उम्मेदवारी दिएर प्रभु साहले आफूलाई मधेस प्रदेशमा जबर्जस्त स्थापित गरेका छन् । रविको पार्टीले ६ महिनामै प्रत्यक्षतर्फ सातवटा सिट मात्र जितेको छैन, समानुपातिकमा १५ सिट ल्याउने देखिएको छ । त्यस्तै, रञ्जिता श्रेष्ठ (रेशम चौधरीकी पत्नी) अध्यक्ष भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा तीनवटा र बर्दियामा एक स्वतन्त्र गरी चारवटा सिट जितेको छ । सीके राउतको जनमतले संघमा सप्तरी २ मा मात्रै…

Read More

महोत्तरी । महोत्तरी -२ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्‍मेदवार शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्‍याए । यस्तै नेकपा एमालेका राम परीक्षण यादवले १० २५८ मत, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत मात्र पाए ।

Read More

काठमाडौं । दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ । किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले ११ लाख २१ हजार २२१ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १० लाख ६३ हजार ९५७ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत संख्या पाँच लाख ३१ हजार ५२० रहेको छ । नेकपा (माओवादी केन्द्र)को चार लाख ८६ हजार ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई लाख ८० हजार १०५, जनता समाजवादी पार्टी नेपालको एक लाख ३१ हजार ८१०, नेकपा…

Read More

विराटनगर । नेपाली कांग्रेसका नेता तथा मोरङ निर्वाचन क्षेत्र ६ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले जनताले दिएको अभिमतले दलहरुप्रतिको निरासा उजागर भएको बताएका छन् । दलहरुले अब भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रत्याभूति दिने गरी काम गर्नुपर्नेमा उनको जोड छ । अब संसदीय दलको नेतामा लड्नु हुन्छ ? भन्ने पत्रकारहरुको जिज्ञासमा कोइरालाले भने, “सबैतिरबाट निर्वाचनको मत परिणाम आइरहेको छ । कतिपय ठाउँको आउनै बाँकी छ । मैले अहिले नै निर्णय गरिसकेको छैन । काठमाडौ जान्छु, सभापति जीलाई भेट्छु । साथीहरुसँग पनि भेट्नुछ ।” उनले संसदीय दलको नेता को हुने भन्ने अहिल्यै निर्णय हुन नसक्ने कोइरालाले स्पष्ट गरे । उनले…

Read More

काठमाडौं – आफूमाथि लाग्दै आएको ७० करोड घुस मागेको आरोप जनअदालतले खारेज गरिदिएको एमाले स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले बताएका छन् । काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुक्रबार बनेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूमाथि मिथ्या आरोप लागेको भन्दै काभ्रेली जनताले त्यसलाई खारेज गरिदिएको बताएका हुन् । ‘ममाथि अनावश्यक रूपमा त्यस्तो आरोप लगाइयो । चुनावका बेला अरु कुनै मुद्दा नपाएपछि विपक्षीले त्यस्तो प्रचार गर्ने नै भए । हामी देशको कानुन र संविधानअनुसार काम गर्छौं । त्यो आरोप अब इतिहासको गर्तमा विलिन भइसक्यो । अहिलेको निर्वाचनमा ममाथि लागेको आरोप काभ्रेली जनताले खारेज गरिदिएको छ,’ बास्कोटाले भने । नेता बास्कोटाले नयाँ…

Read More

बारा । बारा १ (क) को प्रदेशसभा सदस्यमा त्रिलोकी चौधरी पुनः निर्वाचित भएका छन् । उनी दुई हजार पाँच सय २८ मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन् । चौधरीले १६ हजार सात सय ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार रमेश दंगालले १४ हजार दुई सय ७० मत प्राप्त गरेका छन् । चौधरी २०७४ को निर्वाचनमा पनि निर्वाचित भएका थिए । चौधरीको जितसँगै एमालेले बारामा उम्मेदवारी दिएको चार प्रदेशसभामध्ये तीनमा जित हात पारेको छ । यसअघि बारा ४(क) मा देवनारायण चौधरी, ३ ( क) मा रवीन्द्रदास श्रेष्ठ निर्वाचित भइसकेका छन् । बारा २ (क) मा भने एमाले उम्मेदवार बलवीर चौधरी…

Read More

काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतपरिणाम सार्वजनिक भइरहँदा नेपालका प्रमुख दुई राजनीतिक दल एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले ४१ सिटमा जित हासिल गरेको छ भने १२ सिटमा अग्रता लिइहरको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट जित हासिल गरेका छन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई पछि पार्दै देउवा निर्वाचित भएका हुन् । एमालेका अध्यक्ष केपी ओलीले समेत जित हासिल गरेका छन् । उनी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८५७६ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौंपटक निर्वाचित भएका हुन् । एमाले यसपटक दोस्रो…

Read More

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर–१ ‘क’बाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार गोविन्द न्यौपाने पुनः निर्वाचित भएका छन् । उनी ११ हजार ४२९ मत ल्याएर मधेस प्रदेशसभा सदस्य पदमा दोहोरिएका हुन् । शुक्रबार सार्वजनिक अन्तिम मतपरिणामानुसार उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उमेदवार नमेनदर पासवानले पाँच हजार ५५८ मत प्राप्त गरे ।

Read More