Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौ ।आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपाली कांग्रेस ३० स्थानमा विजयी भएको छ । मुस्ताङबाट योगेश गौचन थकालीको विजयसँगै खाता खोलेको कांग्रेसले हालसम्म ३० स्थानमा विजय हासिल गरेको हो । कांग्रेसका विजयी उम्मेदवारमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । त्यस्तै, नेताहरु प्रकाशमान सिंह, डा शशाङ्क कोइराला, दीलेन्द्रप्रसाद बडू, रमेश लेखक, वीरबहादुर बलायर, प्रदीप पौडेल, सन्तोष…
काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाल मजदुर किसान पार्टीका उमेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् । अन्तिम मतपरिणामानुसार उनले ४२ हजार ७६१ मत पाएका छन् । दोस्रो स्थानमा रहेका उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार नवराज गेलालले ११ हजार ९६८ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।
रौतहट । रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे । नेपालले ३३ हजार ५ सय २२ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौं २ मा विजयी भएका नेपाल नयाँ दल खोलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई रौतहट १ मा विजयी भएका हुन् ।
चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे । २०७४ सालको निर्वाचनमा चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।
चाैतारा । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा (सुबोध) विजयी भएका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुबोध एमालेका सरेश नेपाललाई ३३५४ मतले पछि पार्दै विजयी भएका हुन। सापकोटाले ३०,३७४ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी नेपालले २७,०२० मत प्राप्त गरेका छन् ।
काठमाडौं – निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको मत गणना चार दिनभित्र सक्ने जनाएको छ । विवादले पुनस् निर्वाचन हुने र मत गणना हुन बाँकी रहेको क्षेत्र बाहेकको मतगणना सोमबार बेलुकासम्म सकिने आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताए । उनका अनुसार दोलखा, स्याङजामा निर्वाचन भएपनि विवादको कारण मत गणना हुन सकेको छैन । बाजुरामा पनि विवाद छ । ‘यी तीन जिल्ला बाहेकको मत गणना ढिलामा सोमबारसम्म सक्छौं,’ उनले भने । एक पटकमा प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक, प्रदेशको प्रत्यक्ष र समानुपातिकको मत एकै पटक गणना भइरहेकोले नतिजा केही ढिलाइ भएको हुन सक्ने उनले बताए । काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको गणना सकिएको छ…
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन बहादुर बस्नेतले आफ्नो अग्रता कायम राखेका छन् । मतगणनाको सुरुवाती चरणदेखी नै अग्रता लिएका बस्नेतले १७ हजार ८८२ मत प्राप्त गर्दै आफनो मतान्तर बढाएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले १० हजार ३२० मतसहित बस्नेतलाई पछ्याइरहेका छन् । पछिल्लो मतपरिनाम अनुसार बस्नेतले ७ हजार ५६२ मतले तामाङलाई पछि पारेका छन् । एमालेले जितेको पालिका इन्द्रावतीबाट मतगणना थालिएको हो। यहाँ एमालेले जितेको वडाबाटै कांग्रेसका बस्नेतलाई मत राम्रो आएको देखिन्छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार माया गुरुङले एक हजार ६ मत पाएकी छन् । सिन्धुपाल्चोकको क्षेत्र…
एजेन्सी । भर्जिनियाको चेसापेकमा रहेको एउटा डिपार्टमेन्ट स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ‘चेसापेक पुलिसले वालमार्टको एक डिपार्टमेन्टमा गोलाबारी भएको पुष्टि गरेको छ । गोलाबारीमा आक्रमणकारीको पनि मृत्यु भएको छ’ चेसापेक शहरले एक ट्वीटमा भन्यो । गोली हानाहानको खबर प्राप्त भएपछि घटनास्थलमा ४० भन्दा बढी आकस्मिक सेवाका गाडी पुगेका थिए । भर्जिनिया राज्यका सिनेटर लुइस लुकासले ट्वीटरमा भने, ‘आज राती भर्जिनियाको चेसापीकमा रहेको मेरो जिल्लाको वालमार्टमा अमेरिकाको भर्खरको सामूहिक गोलीबारी भएकोमा म अत्यन्तै दुखी छु । जबसम्म हामीले यस बन्दुक हिंसाको महामारी अन्त्यको समाधान खोज्दैनौँ तबसम्म…
उदयपुर । उदयपुर २ (क) मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका नारायणबहादुर बुर्जा मगर विजयी भएका छन् । ८१०५ मत प्राप्त गरी उनी प्रदेश सभा सदस्यमा दोस्राे कार्यकालका लागि निर्बाचत भएका हुन् । मगरले एमालेका देवराज राईलाई ३५ मतले पराजित गरेका हुन । राईले ८०७० मत प्राप्त गरेको । १९ हजार १५ मत खसेको थियो । निर्बाचन क्षेत्र २ (ख) मा लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका पर्दछ ।
काठमाडौं । माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ सिन्धुली क्षेत्र नम्बर २ बाट जितको खाता खोलेको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल विजयी भएका छन्। दाहालले २७ हजार ५ सय १७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरे।