Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । काठमाडौं–४ मा एमालेका उम्मेदवार रहेका राजन भट्टराईले निर्वाचनमा लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया भएको र एक पटकको जय–पराजय सधैँभरिको जय–पराजय हुन नसक्ने बताएका छन् । उनले संसदीय निर्वाचनको तत्कालको जय–पराजयले व्यक्ति र पार्टीको तत्कालको अंकगणितमा फरक परे पनि राजनीतिको अथक, लामो र निरन्तरको यात्रामा यस्ता कुराले तात्विक प्रभाव नपार्ने बताएका छन् । यही मान्यताका साथ आफू राजनीतिमा सक्रिय रहेने बताएका छन् । सामाजिक सञ्जालमार्फत जारी मन्तव्यमा उनले भनेका छन्–मेरो राजनीतिक सक्रियता आगामी दिनमा पनि यथावत् रहने छ । म पूर्ववत् मतदातासँगको साक्षात्कारमा रहिरहने छु । देश र जनताको हितमा मेरो जीवन सदा समर्पित रहने दृढता पुनः व्यक्त गर्न चाहन्छु…
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १३२ मत अन्तरले पछि पारेका हुन् । ९ हजार ७५६ मत गणना हुँदा रानाले ३ हजार ३४२ र कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र राप्रपाका विनोद कुमार घर्तीले हलो ५२२ मत पाएका छन् ।
प्यूठान । प्यूठानमा नेकपा एमालेका सूर्य थापाले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार ७२३ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३ हजार ६३८ मतका साथ पछ्याइरहेकी छन् । पौडेल सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् । यसैगरी प्यूठान प्रदेशसभा क मा पनि एमाले उम्मेदवार नै अगाडि छन् । एमालेका हरिप्रसाद रिजालले १ हजार ३७१ मत पाउँदा नेपाली कांग्रेसका सरोज थापा (रोज राणा)ले १ हजार ११५ मत ल्याएका छन् । प्रदेशसभा ख मा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाइरहेका छन् भने एमाले उम्मेदवारले पछ्याइरहेका छन् ।
दमक । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनी ६ हजार ५५५ मतले अघि छन् । ओलीले १५ हजार ५१० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीले ८ हजार ९५५ मत ल्याएर पछ्याइरहेका छन् ।
काठमाडौं । भक्तपुर १ मा एमालेका नवराज गेलालले आफ्नो अग्रता राखेका छन् । पछिल्लो मत परिणामअनुसार गेलालले ६८१७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एवं नेमकिपाबाट निवर्तमान सांसद प्रेम सुवालले ५२५९ मत प्राप्त गरेका छन् । मत गणना सुरु भएदेखि नै गेलालले अग्रता लिइरहेका छन् ।
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०९६१ मत पाए। माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरिन्। यो क्षेत्रमा एमालेकै श्रेष्ठ विजयी भएका थिए ।
काठमाडौं । चितवन क्षेत्र नम्बर २ को पछिल्लो गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार लामिछानेले ४००७ मत पाउँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । यस्तै, कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।
झापा । झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग मतान्तर बढाउँदै लगेका छन् । लगातार अग्रता कायमै राखेका लिङ्देनले अहिले मतान्तर बढाएका हुन् । लिङ्देनले सिटौलासँग एक हजार ८२५ को मतान्तर बनाएका हुन् । लिङ्देनले ७ हजार ५० मत ल्याउँदा सिटौलाले ५ हजार २२७ मत ल्याएका छन् । अहिलेसम्म १३ हजार ८८३ मतगणना भइसकेको छ।
काठमाडौं । डडेलधुरामा जारी मतगणनामा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह क्षेत्रमा १९ हजार ५९६ मतगणना भइसकेको छ । प्राप्त जानकारी अनुसार कांग्रेस सभपति देउवाले ९ हजार ७७३ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उमेदवार सागर ढकालले ५ हजार १९३ मत पाएका छन् । कांग्रेस बीपी उपाध्यक्ष कर्णबहादुर मल्लले २ हजार ६९४ मत पाएका छन् ।
काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेनले अग्रता लिएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई पछि परेका छन् । ठकुरीले चार हजार छ सय ८९ मत प्राप्त गर्दा चौधरीले चार हजार पाँच सय ६० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी तीन हजार चार सय तीन मत प्राप्त गरेका छन् ।