Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर २(ख) मा जनमत पार्टीबाट प्रदेशसभा सदस्यका उम्मेदवारले जीत हात पारेका छन् । जनमतपार्टीका महेश प्रसाद यादव सो क्षेत्रबाट विजयी भएका छन् । योसँगै जनमत पार्टीले जितको खाता खुलेको छ । यादवले १३ हजार ३२५ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव ७ हजार २३ मतमा रोकिए ।
काठमाडौं । प्रतिनिधिसभामा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रै सिट हासिल गर्ने देखिएको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रमध्ये चारवटामा राप्रपाले अग्रता हासिल गरेको छ । २०७४ को निर्वाचनमा राप्रपाले एक सिट जितेको थियो । वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट चुनाव जितेका थिए । तर, समानुपातिकमा राप्रपाले थ्रेस होल्ड कटाउन नसक्दा राप्रपा राष्ट्रिय पार्टी बन्न असफल रह्यो । तर, यसपटक राप्रपाले प्रत्यक्षमै धेरै सिट जित्ने प्रारम्भिक अनुमान गरिएको छ । राप्रपा अध्यक्ष लिङ्देन झापा ३, महामन्त्री धवलशमशेर जबरा बाँके १, नेता ध्रुवबहादुर प्रधान नवपरासी १ र ज्ञानेन्द्र शाहीले जुम्लामा अग्रता हासिल गरेका छन् । जसमध्ये लिङ्देनले कांग्रेस उम्मेदवार कृष्णप्रसाद…
मेलम्ची – सिन्धुपाल्चोक–२ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता कायम राखेका छन् । जारी मतगणनामा बस्नेतले पाँच हजार एक सय ४९ मत प्राप्त गर्नुभएको छ भने उनीका प्रतिस्पर्धी नेकपा ९एमाले०का शेरबहादुर तामाङले तीन हजार चार सय ३४ मत प्राप्त गरेका छन् । प्रदेशसमा (१)मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का युवराज दुलालको अग्रता रहेको छ । माओवादी केन्द्रले चार हजार पाँच सय २९ मत प्राप्त गरेका छन् भने भने एमालेका अमानसिं तामाङले दुई हजार आठ सय ४४ मत पाप्त गरेका छन्…
सुर्खेत – शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका अर्थमन्त्री जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन् । मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा माओवादी केन्द्रका उम्मेदवार शर्माले पहिलो चरणमा गणना भएका ७३७ मतमध्ये ३५९ मत ल्याएका छन् । उनका उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार नन्दराम देवकोटाले २४९ मत ल्याएका छन्। शर्मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । २०६४ सालदेखि निरन्तर विजयी हासिल हुँदै आएका शर्मा यसपटक चौथो विजयको दौडमा छन् । राप्रपाका उम्मेदवार दिपककुमार मल्लले ७० मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार तारक केसीले २७ र हरिबहादुर पुनले दुई मत ल्याएका छन्।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण पहिलोपल्ट मतगणनामा पछाडि परेका छन् । सोमबारदेखि सुरु भएको मतगणनामा उनले रुपन्देही ३ मा एमालेको सहयोगमा उम्मेदवार बनेका राप्रपाका दीपक बोहोरालाई झिनो मतले पछि पार्दै आएका थिए । तर मंगलबार बिहानदेखि बोहोराले खाँणलाई पछाडि धकेलेका छन् । बोहोराले ४१ सय ७० र खाँणले ३९ सय १९ मत पाएका छन् । उनी साढे दुई सय मतले पछाडि परेका छन् । खाँण अघिल्लोपटक समानुपातिकबाट सांसद चुनिएका थिए । राप्रपाका उम्मेदवार अहिलेसम्म देशका पाँचवटा निर्वाचन क्षेत्रमा अगाडि छन् । जसमा झापा ३ मा राजेन्द्र लिङ्देन, नवलपरासी १ मा ध्रुवबहादुर प्रधान, जुम्लामा ज्ञानेन्द्र शाही, बाँके १ मा धवलशमशेर राणा…
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौँ-४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । तर औपचारिक घोषणा हुन भने बाँकी छ । ०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यस पटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् । ०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुइँकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए । ३१…
काठमाडौं । अछाम क्षेत्र न १ मा नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवरले मतान्तर बढाएका छन् । मत परिणामको पछिल्लो नतिजा अनुसार उनले चार हजार ५०३ मत पाएका छन् । उनलाई पछ्याइरहेका एमालेका झपड बोहोराले तीन हजार ४७ मत पाएका छन् । कुँवर एकहजार ४५६ मतले अगाडि छन् ।
काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अर्जुनरसिंह केसी अगाडि देखिएका छन् । पछिल्लो विवरणअनुसार २८७६ मत गणना हुँदा केसीले १३९८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका नारायणप्रसाद खतिवडाले ७१५ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन विक्रम पाण्डेले ५०५ मत ल्याएका छन् ।
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंह ७१४० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी रवीन्द्र मिश्रले ७०११ मत ल्याए । मिश्र १२९ मतले पराजित भएका हुन् ।
काठमाडौं । काठमाडौं–४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले १० हजार मत कटाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले ७८१६ र राप्रपाका ठाकुरमोहन श्रेष्ठले एक हजार ३८१ मत पाएका छन् । यो क्षेत्रमा सुरुवातदेखि नै अग्रता लिएका थापाले पछिल्लो समय अग्रता बढाउँदै लगेका छन् । यो क्षेत्रमा हालसम्म २२ हजार ५७५ मत गणना भइसकेको छ ।