Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) आफ्नो अग्रता राखेकी छिन्। उपाध्यायले ३०७३ मत ल्याएका छन् भने नेकपा एमालेका कमल थापाले २१२९ मत ल्याएका छन्। त्यस्तै राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले ६०३ मत ल्याएर तेस्रो स्थानमा छन्।
काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसका उम्मेदवार शिव प्रसाद हुमागाईँले ५१४ मत ल्याएर अग्रता कायम गरेका हुन् । यस्तै नेकपा एमालेका गोकुल प्रसाद बास्कोटाले ३२३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले ३० मत प्राप्त गरेका छन् ।
५ मंसिर, विराटनगर । मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले फराकिलो अग्रता लिएका छन् । उनले एक हजार ११६ मत पाउँदा नेकपा एमालेका भानुभक्त ढकालले ५३२ मत पाएका छन् । त्यस्तै राप्रपाकी उम्मेदवार रेखा थापाले २४२ मत पाएकी छन् । यो क्षेत्रमा २०७४ सालमा पनि कांग्रेसका सुनि शर्मा र एमालेका ढकालबीच नै प्रतिस्पर्धा भएको थियो र ढकाल निर्वाचित भएका थिए ।
पछिल्लो अपडेट अनुसार चितवन क्षेत्र नम्बर–२ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । दोश्रो स्थानमा कांग्रेस रहेको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । कूल ४ हजार २४१ मत गणना हुँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिँदै १ हजार ६५० मत पाएका छन् । दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले १३८३ मत पाएका छन् । यस्तै रबि लामिछानेले ९६३ मत पाएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता बढाउँदै लगेका छन् । ७ हजार २३२ मत गणना हुँदा पौडेलले २ हजार २ सय १७ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका ईश्वर पोखरेलले १ हजार ३५३ मत पाएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ३ प्रदेश ‘क’ बाट कांग्रेसका उमेदवार छिरिङ लामा विजयी भएका छन् । उनले ४ हजार ५५८ मत पाएर विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी चन्द्रमान लामाले ३ हजार ४१५ मत पाएका छन् ।
रामेछाप । रामेछापमा उमाकुण्ड गाउँपालिका वडा १ गुम्देल बाट मतगणना शुरु भएको छ । जिल्लाको एक मात्र निर्वाचन क्षेत्र रहेको प्रदेश सभा क अन्र्तगत उमाकुण्ड गाउँपालिकाको गुम्देल बाट मतगणना शुरु भएको हो । प्रत्यक्ष र समानुपातिक तर्फ संघ र प्रदेशको एकै पटक मतगणना शुरु भएको छ । गुम्देलको उमातीर्थ आ.वि क्यामा १ सय ६० , माहालङ्गुर मावि गुम्देल ६ सय ४० गरी ८ सय मत गणना गर्न शुरु भएको छ ।
काठमाडौँ । डोटी-१ मा एक हजार ३ सय मत गणना हुँदा गठबन्धन तर्फका एकीकृत समाजवादीका प्रेम आलेले अग्रता लिएका छन्। उनले ७ सय ५० मत ल्याई अग्रता लिएका हुन्। यस्तै एमालेकी गौरी ओलीले ४ सय ५० मत ल्याएकी छिन्। यस्तै स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायरले ६ मत ल्याएका छन्।
काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् । निवर्तमान सांसद समेत रहेका उनले ९ हजार ५३९ मत पाएका छन् ।
मनाङमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । उनी २५७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छेवाङ गुरुङले दुई हजार २ सय ४७ मत प्राप्त गरेका छन् । मनाङमा कुल चार हजार आठ सय ४५ मत खसेको थियो ।