Author: सूचनापाना

काठमाडौँ । नेपाली काँग्रेसले मुस्ताङका सबै निर्वाचन क्षेत्र जितेको छ। एक प्रतिनिधि सभा र दुइटा प्रदेश सभा काँग्रेसका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधि सभामा २९ वर्षका योगेश गौचन थकाली विजयी भए। उनले नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन्। थकालीले ३९९३ मत ल्याए भने तुलाचनले ३०७८ मत ल्याएका थिए। प्रदेश सभा क्षेत्र (क) मा काँग्रेसका ३३ वर्षका उम्मेदवार नम्डु गुरुङ विजयी भएका छन्। नम्डुले १०४८ मत ल्याए भने एमालेका उम्मेदवार इन्द्रधारा विष्टले ७९३ मत ल्याएका छन्। प्रदेश सभा क्षेत्र (ख) मा काँग्रेसका ३९ वर्षे उम्मेदवार विकल शेरचन विजयी भएका छन्। उनले २ हजार ७ सय २३ मत ल्याए भने एमालेका…

Read More

बारा । बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन् । निजगढ नगरपालिकाको वडा नुम्बर १३, १२, १० कोहल्बी नगरपालिकाको सफाइ र आदर्श कोतवाल गाँउपालिकाको जमुनियमा रहेको मतदान केन्द्रको मतगणना सम्पन्न हुँदा मैनालीले ६६ मतले अग्रता लिएका हुन् । २ हजार ७ सय ८६ मत गणना हुँदा मैनालीले १ हजार २ सय ५२ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले १ हजार १ सय ८५ मत पाएका छन् ।

Read More

काठमाडौ । कञ्चनपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले सुरुवाती अग्रता लिएका छन् । कृष्णपुर नगरपालिकाको १ नम्बर वडाको मत गणना सम्पन्न हुँदा साउदले ११८ मतले अग्रता लिएका हुन् । उक्त वडामा खसेका ३ हजार २ सय मध्ये साउदले १ हजार ३२७ मत पाएका छन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले १ हजार २०९ मत ल्याएका छन् । २०७४ को निर्वाचनमा पनि साउद र धामीबीच प्रतिष्पर्धा भएको थियो । उक्त निर्वाचनमा धामीसँग साउद पराजित भएका थिए ।

Read More

सुर्खेत । दैलेख १ मा समाजवादीका अम्मर बहादुर थापालाई पछि पार्दै एमालेका रविन्द्रराज शर्माले १ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् । एमालेभन्दा १ सय ५३ मतले पछि रहेका समाजवादीका थापाले १ हजार २ सय १५ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी राप्रपाका कुन्ती कुमारी शाहीले ८२ प्राप्त गरेकी छन् भने जनमोर्चाका प्रकाश गुरुङले ५० मत प्राप्त गरेका छन् ।

Read More

बुटवल । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रारम्भीक अग्रता लिएका छन् । विष्ट ६७२ मतसहित अगाडि छन् । सत्तारुढ गठबन्धनबाट नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीले ६०० मत ल्याएकी छन् ।

Read More

बारा । बारा क्षेत्र नम्बर ४ मा नेकपा गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले अग्रता लिएका छन् । प्रसौनी गाँउपालिका वडा नम्बर ७ बन्जरियाको मतगणना सम्पन्न हुँदा श्रेष्ठले दुई सय ७९ मतले अग्रता लिएका हुन् । उक्त वडाको एक हजार पाँच सय ८१ मत गणना हुँदा श्रेष्ठले सात सय ७७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार एकवाल मियाँले चार सय ९८ मत पाएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जलिल देवानले ८३, स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेले ३७ मत प्राप्त गरेका छन् । प्रदेशसभा सदस्य ४ (१) तर्फ नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरीले अग्रता लिएका छन् । प्रसौनी ७ को…

Read More

सुर्खेत । हिमाली जिल्ला डोल्पाका ६८ मध्ये ३१ वटा मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाम ल्याइएको छैन । अहिलेसम्म ३७ वटा मतदान केन्द्रकोमात्रै मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ । उपल्लो डोल्पामा पर्ने २२ मध्ये १९ वटा मतदान केन्द्रका मतपेटिका अझै उठ्न नसकेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । नेपाली सेनाको हेलिकप्टर ढिला गरिमात्र आएकाले पनि आज डोल्पाबुद्ध गाउँपालिकाका तीनवटा मतदान केन्द्रको मतपेटिकामात्र सदरमुकाम दुनै झारिएको उनले बताए । मंगलबारमात्रै बाँकी १९ वटा मतदान केन्द्रका मतपेटिका लिन सेनाको हेलिकप्टर उपल्लो डोल्पा जाने उनको भनाइ छ । तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकाका नौ वटै मतदान…

Read More

सप्तरी । सप्तरी क्षेत्र नम्बर ३ र ४ मा नेपाली कांग्रेसले अग्रता लिएका छन् । क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेश कुमार यादवले १ हजार २ सय ८७ मत प्राप्त अग्रता कायम गरेका छन् । नेपका एमालेका ताराकान्त चौधरी ६ सय ४५ मत प्राप्त गरी दोस्रो स्थानमा र जनमत पार्टीका अनिस अंसारी २ सय २३ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् । सप्तरी क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका तेजुलाल चौधरी १ सय २३ मतका साथ अग्रस्थानमा रहेका छन् । जनमत पार्टीकासुकदेव साहले १ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै जनता समाज पार्टीका बाल किशोर…

Read More

काठमाडौ। पर्साका ४ वटै क्षेत्रमा मतगणना जारी छ । पर्सा क्षेत्र नम्बर १, २ र ४ को प्रारम्भिक मतपरिणाम आइरहेको छ भने क्षेत्र नम्बर ३ को मतपरिणाम अहिलेसम्म बाहिर आएको छैन । मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नम्बर २ र ४ मा नेपाली कांग्रेस र क्षेत्र नम्बर १ मा जनता समाज पार्टी (जसपा) का उम्मेदवार अगाडि छन् । पर्साको क्षेत्र नम्बर २ मा कांग्रेसका अजयकुमार चौरसिया र क्षेत्र नम्बर ४ मा कांग्रेसकै रमेश रिजालले सुरुवाती अग्रता लिएका छन् । ६७६ मत ल्याएर चौरसियाले अग्रता लिंदा जसपाका सुरेन्द्रप्रसाद कुर्मीले ४९६ मत ल्याएका छन् रिजालले ९४९ मत ल्याएर अग्रता गरिरहेका छन् भने…

Read More

काठमाडौं । नेकपा एमालेले स्याङ्जा, दोलखा र गोरखाका १० भन्दा बढी केन्द्रमा पुनः मतदान गर्न माग गरेको छ । सोमबार कार्यालय सचिव डा. भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै ती केन्द्रमा पुनः मतदान गर्न माग गरेका हुन् । स्याङ्जा-२ को चापाकोट नगरपालिकाका चारवटा मतदान केन्द्रमा सत्ता गठबन्धनले कब्जा गरी फर्जी मत खसालेको एमालेको आरोप छ । यस्तै दोलखाको तामाकोशी गाउँपालिका-२ जफेको कालापानी, जामुने, मालु लगायतका केन्द्रमा पनि सत्ता गठबन्धन दलका कार्यकर्ताले बुथ कब्जा गरेको एमालेको दाबी छ । गोरखाका दुवै निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा मृतक र अनुपस्थित मतदाताहरूको नामबाट मतदान गरी व्यापक धाँधली भएको पनि एमालेको आरोप छ । ‘त्यहाँ…

Read More