Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् । सोमबार बिहान ९ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ३२६, राप्रपाका रवीन्द्र मिश्रले २८९ र एमालेका किरण पौडेलले १८६ मत पाएका छन् । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल पनि प्रतिस्पर्धामा छन् ।
काठमाडौं । हालसम्म मत गणना भएको निर्वाचन मध्ये नेकपा एमालेले चार स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले एमालेलाई पछयाईरहेको छ । ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित धनुषा –३ मा एमालेले अग्रता लिईरहेको बेला नेपाली कांग्रेसले भक्तपुर–२ र मुस्ताङमा कांग्रेसले अग्रता लिएको छ । यसैगरी, कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिईरहेको छ ।
काठमाडौँ । निर्वाचनअघि सरकारी संयन्त्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको रिर्पोटमा प्रत्यक्षतर्फ काँग्रेस ठुलो पार्टी हुने रिर्पोट बुझाएको छ । निर्वाचन आयोगले मत प्रक्षेपण र सर्वेक्षण गर्नका लागि बन्देज लगाइएका कारण धेरै सर्वेक्षण गोप्य राखिएको छ । मतदानको केही दिनअघि राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको चुनावी प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको प्रतिवेदनमा प्रत्यक्ष चुनावतर्फ नेपाली काँग्रेसले ५७ सीट र एमालेले ५१ सीट, माओवादी केन्द्रले २४, एकीकृत समाजवादीले १०, जनता समाजवादी पार्टीले ७ र लोसपाले ४ सीट हात पार्ने अनुमान गरिएको छ । राप्रपाले ४, अन्यले ६ र स्वतन्त्र ३ सीटमा विजयी हुने अनुमान गरिएको प्रतिवेदन सरकारी उच्च अधिकारीहरूले पढेको बताइन्छ ।…
काठमाडौं । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै हुने भएको छ। देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमवारवाट मत गणनाको कार्य हुदैँछ । साथै, आइतवार बिहानैवाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना सुरू गर्ने तयारी भइरहेको छ। काठमाडौं उपत्यका भित्र काठमाडौं– ७, भक्तपुर–२, ललितपुर २ र ३ को मतगणना सुरू भइसकेको छ भने काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि सुरू हुँदै छ। कास्की–२मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने ललितपुर–२ मा एमालेलाई पछयाउँदै आएको छ । प्रारम्भिक मतगणनामा स्वतन्त्र पार्टीको…
बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुदाँ ३ जनाको मृत्युु भएको छ । मृतकको परिचय खुल्न भने बाँकी छ । जीपमा १२ जना प्रहरी सवार रहेको बुुझिएको छ । से १ ज ८५४ नम्बरको जीप पाटन नगरपालिका वडा न.४को निङलाडी खोलामा दुर्घटना भएको वडा अध्यक्ष दिपक बिष्टले बताए । दुर्घटनामा परी ९ जना घाइते भएकोमा ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुमध्ये छ जनाकाे पहिचान खुलेको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । जिप सडकबाट करिब ३ सय मिटर तल…
काठमाडौं । गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । जसअनुसार भक्तपुर–२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । भक्तपुर–२ अन्तगर्तको कटुन्जे–५, कौशलटार– ३, सिरुटार सोम्लिङेश्वरको मतगणना हुँदा कांग्रेसले २२३०, एमालेले १६३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२४, नेककिपाले २५० राप्रपाले २३२ मत प्राप्त गरेका छन । भक्तपुर–२ मा यसअघि एमालेका महेश बस्नेत बिजयी भएका थिए ।
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा तीन जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन घाइते भएको प्रहरीले जनाएको छ । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार एक जनाको अवस्था गम्भीर छ । घाइतेहरूको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।
काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सकिएको छ । आइतबार सम्पन्न मतदानमा जनताको उत्साहजनक उपस्थिति हुन सकेन । मतदानका क्रममा देशभरका केही मतदानस्थलमा झडप भएको छ । केहीमा मतदान नै स्थगित भएको छ । निर्वाचन चलिरहँदा देशका कतिपय स्थानमा गोली समेत चलेको छ । सुरक्षा निकाय स्रोतका अनुसार नेपालमा आज २५ ठाउँमा गोली चलेको छ । जसमा प्रदेश १ को ताप्लेजुङमा १ स्थानमा गोली चलेको छ । मधेश प्रदेशको सिरहास्थित मिर्चैया बडहरामालमा, राैतहटकाे गुजरा-४ समेत गोली चलेको छ । बागमती प्रदेशको चितवन, दोलखाको तामाकोशी गुम्बेश्वरी मावि, जिरी-९ स्थित कालिाका मावि चिपचिपे, तामाकोशी २ अमर मावि भत्तेर चौर, जनज्योति मावि बैतेश्वर, कालापानी मावि…
हुम्ला । हुम्लाको एक मतदान केन्द्रमा झडप हुदाँ तीनजना घाइते भएका छन । हुम्लाको सर्केगाडमा गाउँपालिका–३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका हुन् । सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी घाइते भएका सो मतदान केन्द्रमा स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेको थियो ।
काठमाडौँ । सिराहामा दुई पक्षका कार्यकर्ताबिच विवाद बढ्दा मत पेटिका खोसाखोसको भएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिकाका वडा नम्बर ६ मिर्चैयास्थित जनता मावि बडहर माल बुथमा गोली चलेको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबिच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो । मतपेटिका खोसाखोस भएपछि केही बेर तनाव भए पनि केही बेर मतदान स्थगितपछि पुन मतदान सुरु भएको छ । यता चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ । राप्ती नगरपालिका…