Author: सूचनापाना

झापा। झापा-१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले करिब १५ सय मतले अग्रता लिएका छन् । सात हजार ६९७ मत गणना हुँदा शर्माले ३ हजार ९०० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २ हजार ३९० मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ७३५ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा विश्वप्रकाशलाई हराउँदै नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए ।

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुमै फराकिलो अग्रता कायम गरेका छन् । अहिलेसम्म १३ सय मतको गणना सकिँदा शाहीले ८४७ मत ल्याएका छन् । दोस्रो स्थानमा सत्ता गठवन्धनको समर्थन प्राप्त माओवादी उम्मेदवार गोमा गौतम कुँवर छिन् । उनको २८४ भोट आएको छ । एमाले उम्मेदवार रतननाथ योगी तेस्रो स्थानमा छन् ।उनले ६६ मत ल्याएका छन् । जुम्लामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ । अघिल्लोपटकको चुनावमा यहाँ एमाले समर्थित माओवादी उम्मेदवार विजयी भएका थिए । अहिले कांग्रेस–माओवादी गठवन्धनलाई राप्रपाका शाहीले पछि पार्ने संकेत देखिएको छ ।

Read More

काठमाडौं । प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेले १७ स्थानमा अग्रता लिईरहेको छ यसअघि संसदमा रहेका तीन पार्टीले अझै अग्रता लिन सकेको देखिएको छैन । नयाँ तीन पार्टीले भने प्रारम्भिक मतगणनामा अग्रता लिईरहेका छन । सत्तारुढ गठबन्धनका नेपाली कांग्रेसले ११, नेकपा एसले २, नेकपा माओवादी केन्द्रले १ र तमलोपाले १ स्थानमा अग्रता लिइरहेको छ । प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक उम्मेदवारी दिएको रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा अग्रता लिदाँ नयाँ पार्टीहरु जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ स्थानमा अग्रता लिईरहेका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानमा अग्रता लिदाँ यस अघिका प्रतिनिधिसभामा रहेका मधेस केन्द्रित दल जनता समाजवादी…

Read More

काठमाडौँ । नेपाली काँग्रेसका नम्डु गुरुङ मुस्ताङ ‘क’ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। उनी एक हजार ४८ मत प्राप्त गर्दै प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार इन्द्रधारा विष्टले ७९३ मत पाइन्। मुस्ताङ ‘क’मा एक हजार ८५५ मत खसेको थियो । जसमा १४ मत बदर भए। यो क्षेत्रमा तीन हजार ५४१ मतदाता थिए। आजै मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा पनि काँग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका थिए।

Read More

काठमाडौँ। निर्वाचनमा धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरिएको छ । नेकपा एमाले लगायतका अन्य केही साना दलले १२ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेका हुन् । सोमबार चाइनिजधारा स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरूले गोरखा–२ को सात मतदान केन्द्रमा धाँधली भएको बताए । यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् । उनीसँग नेकपा एमालेका अब्दुस मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी उम्मेदवार छन् । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ रन्चोकको दुर्गा मावि र हिमालय मावि, सोही पालिकाको सूर्यज्योति मावि, पालुङटार नगरपालिका वडा नम्बर ७ को जीवनज्योति…

Read More

काठमाडौं । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् । यस क्षेत्रमा तोसिमा ८७५ मत ल्याएर दोस्रो स्थानमा छिन् भने पम्फा भुसाल ७७५ मतसहित तेस्रेा स्थानमा छिन् । उनीहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले अग्रता लिएका छन् । उनी ९३६ मतसहित अग्रस्थानमा छन् ।

Read More

लमजुङ । हिमाली जिल्ला मनाङमा सेनाको हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम चामे ल्याइएको छ ।   जिल्ला निर्वाचन कार्यालय मनाङका अनुसार सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिका १ देखि ३ वडासम्म नार गाउँको तीनवटा मतदान केन्द्र साथै ४ र ५ वडा फूको दुईवटा मतदान केन्द्रको मतपेटिका सदरमुकाम चामे ल्याइएको हो । सशस्त्र प्रहरी बल मनाङका प्रमुख डीएसपी दुर्गा थापाका अनुसार हेलिकप्टरले ढुवानी गरेको मतपेटिकालाई कडा सुरक्षाकाबीच जिल्ला अदालतको मतगणनास्थलमा राखिएकाे छ । मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले नार र फूबाट मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको र सर्वदलीय बैठकपछि आज नै गणना गरिनेछ। जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार कूल चार सय ६८ मतदाता रहेको नार्पाभूमि गाउँपालिकामा तीन सय…

Read More

एजेन्सी । जी ७ राष्ट्रहरूले आइतवार उत्तर कोरियाको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपणको आलोचना गर्दै संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषदलाई परीक्षण रोक्न थप ‘महत्वपूर्ण’ कदम चाल्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय समुदायले शान्ति र स्थायित्वका लागि आह्वान बाबजुद उत्तर कोरियाको बारम्बारको मिसाइल प्रक्षेपणले यस क्षेत्रलाई थप अस्थिर बनाएको जी ७ राष्ट्रहरूको समूहका विदेश मन्त्रीहरूले बताएका छन् । जी ७ राष्ट्रहरूले जारी गरेको एक विज्ञप्तिमा एकजुट र सशक्त जबाफका लागि अन्तर्राष्ट्रिय समुदायको आह्वान र सुरक्षा परिषदले लिनु पर्ने थप महत्वपूर्ण उपायहरूको आवश्यकतामा जोड दिइएको छ ।

Read More

सिराहा – सिराहामा दलीय प्रतिनिधिको विवादका कारण मतगणना सुरु हुन सकेको छैन । साेमबार बिहान १० बजे बोलाइएको सर्वदलीय बैठकमा आचारसंहिता विषयमा टुंगाे लाग्न नसक्दा मतगणना सुरु हुन सके छैन  । सिराहामा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ६२ प्रतिशतभन्दा बढी मतदान भएको छ। जिल्लाको २२१ मतदान स्थल र ५०५ मतदान केन्द्रहरूबाट ६२ प्रतिशतभन्दा बढी मतदान भएको जिल्ला निर्वाचन कार्यालयले सिराहाले जनाएको छ। जिल्ला निर्वाचन कार्यालय सिराहाका सूचना अधिकारी गनपैत यादवका अनुसार अहिलेसम्म प्राप्त मतदान केन्द्रहरूको मतपरिणामअनुसार कम्तीमा ६२ र बढीमा ७५ प्रतिशतसम्म मतदान भएको पाइएको छ। जिल्लाका सबै मतदानस्थलमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भए पनि दलीय प्रतिनिधिको विवादका कारण मत गणना सुरु हुन…

Read More

काठमाडौँ । नेपाली काँग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहे । मतको अन्तिम परिणाम आउन बाँकी छ ।

Read More