Author: सूचनापाना

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विदेशी पर्यवेक्षकले मतदान केन्द्रको अवलोकन गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्नका लागि विभिन्न मुलुकका पर्यवेक्षक आएका थिए । विदेशी पर्यवेक्षकहरूले आइतबार बिहान काठमाडौँको मीन भवन मतदान केन्द्रको पर्यवेक्षण गरेका छन् । निर्वाचनको पर्यवेक्षण गर्नका लागि विदेशी र स्वदेशी पर्यवेक्षक रहेका रहेका छन् । आयोगले स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जनाले निर्वाचन पर्यवेक्षण गर्ने जानकारी दिएको छ । निर्वाचन पर्यवेक्षण गर्न जापानको विदेश राज्यमन्त्री तकेई शुनसुके सबैभन्दा उच्च तहका विदेशी पर्यवेक्षक छन् । निर्वाचन पर्यवेक्षणका लागि भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमार, बङ्गलादेश काजी हबिबुल अवल र माल्दिभ्सका…

Read More

डडेलधुरा – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रवाट मतदान गरेका छन । सत्तारुढ गठबन्धनका साँझा उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवाले गृह जिल्ला पुगेर मतदान गरेका हुन ।

Read More

काठमाडौं । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने निर्वाचन आयोगले जनाएको छ ।  अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्रबाट समेत मतदान गर्न सक्ने व्यवस्था गरेको हो । यद्यपि उक्त कुनै पनि प्रमाणपत्रको सक्कलप्रति चाहिने आयोगले उल्लेख गरेको छ ।

Read More

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनमा खटिएका कर्मचारीको निधनप्रति दुःख व्यक्त गरेको छ । सहसचिव एवं आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार एक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका हुन् । भोलि मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सदस्य निर्वाचनका लागी सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको वडा नम्बर ४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा खटिएका सर्लाही हरिपुरुवाका विल्टु राय आज बिहान सुतीरहेकै ठाउँमा मृत भेटिएका थिए । यस्तै धनकुटाको साघुँरीगढी ३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी धनकुटा साघुँरीगढी ३ कि पवित्रा लिम्बुको मङ्सिर २ गते बिरामी परी उपचारको क्रममा निधन भएको…

Read More

कपिलवस्तु । नैतिक आचरण विपरीत मदिरा सेवन गरेको आरोपमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । जिल्लाको क्षेत्र नम्बर ३ (२) को कृष्णनगर नगरपालिका–४ मा रहेको गणेश आधारभूत विद्यालय बालानगर ‘ख’ केन्द्रका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई जिम्मेवारीबाट हटाइएको हो । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन निर्देशिका ०७९ को ८३ (१) अनुसार उनलाई जिम्मेवारीबाट हटाएर यमलाल न्यौपानेलाई मतदान अधिकृत पदमा नियुक्त गरी खटाइएको निर्वाचन अधिृकत प्रकाश मरासिनीले बताए । उनले निर्वाचनका लागि बुझेको रकम समेत फिर्ता गर्न निर्देशन गरिएको छ । उनले मदिरा सेवन गरी लापरबाही गरेकाले जिम्मेवारीबाट मुक्त गर्नु परेको अधिकृत मरासिनीले बताए ।

Read More

काठमाडौँ । शनिबार राति १२ बजेदेखि आइतबार मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने भएको छ। निर्वाचनको सुरक्षालाई लक्षित गरी गृह मन्त्रालयले १२ बजेदेखि गाडी चलाउन रोक लगाएको हो। आइतबार बिहानैदेखि मतदान रहेकाले निर्वाचन सुरक्षालाई बलियो बनाउन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। निर्वाचनको दिन साँझ ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ। आइतबार बिहान ७ बजेदेखि प्रतिनिधि सभा र प्रदेश सभाका लागि देशभरी मतदान हुँदैछ।

Read More

सिन्धुपाल्चोक । विसं २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमूना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन् । भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा थाई नेपाली सङ्घले रु एक करोड सात लाख खर्चेर नमूना बस्ती बनाएको थियो । फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताए। बाक्लो नमूना बस्तीमा रहेको घरमा माझीले ताल्चा झुन्ड्याएका छन् । माझीले बस्तीको पछाडि छकोठे आरसिसी घर ठड्याएका छन् । तेह्र सदस्यीय परिवार नमूना बस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको माझीले बताए । तत्काललाई नमूना बस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीले बताए। उनका…

Read More

काठमाडौं । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभरबाट सो संख्यामा मतदाताले मतदान गर्न पाउने छन् ।  जसमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै मतदाता रहेका आयोगको तथ्यांकमा उल्लेख छ । उक्त प्रदेशमा कूल ३४ लाख ७१ हजार ४९२ जना मतदाता छन् । जसमध्ये १७ लाख ३८ हजार ०८७ पुरुष, १७ लाख ३३ हजार ३७८ महिला र २७ अन्य मतदाता रहेका छन् । प्रदेश १ मा कूल ३३ लाख ९६ हजार ८६५ मतदाता छन् । जसमध्ये १७ लाख…

Read More

काठमाडौं । मुलुक भरका ७७ जिल्लामध्ये सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौं र काठमाडौं उपत्यकामा मतदानको तयारी पूरा भएकाे छ । । यी तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निर्वाचनको तयारी र सुरक्षा व्यवस्था पुरा भएको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् । कस्तो छ काठमाडौं मतदानको तयारी ? सुरक्षाको र व्यवस्थापन दुवै दृष्टिकोणले सबै तयारी पूरा भएको र मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याउने र त्यसको सुरक्षा व्यवस्था मिलाउने काम पनि सकिएको प्रजिअ घनश्याम उपाध्यायले बताए । काठमाडौंका १० वटा प्रतिनिधिसभा र २० वटा प्रदेश सभा गरेर ३० जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । यसैगरी भक्तपुरमा पनि निर्वाचनपूर्वको सबै तयारी…

Read More

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गरेकी छिन् । उनले आज एक सन्देश जारी गर्दै मतदान गर्नु नागरिक अधिकारको उच्चतम् अभ्यास भएको बताएकी छिन् ।  राष्ट्रपति भण्डारीले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा प्रतिविम्बित गर्ने बताएकी छिन् । 

Read More