Author: सूचनापाना

लमजुङ । लमजुङमा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गरेका छन् । हालसम्म दूधपोखरी गाउँपालिका र क्व्होलासोंथर गाउँपालिकाको ४ हजार ८ सय ९८ मतगणना गर्दा एमालेका पृथ्वीसुब्बा गुरुङले २ हजार ५ सय ८ मत प्राप्त गरेका छन् । गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङले २ हजार ८७ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पृथ्वीसुब्बा गुरुङले ४ सय २१ मतले अग्रता कायम गरेका छन् ।

Read More

काठमाडौँ । दाङ क्षेत्र नम्बर २ मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेखा शर्मा खड्काले झन्डै हजार मतको अग्रता लिइरहेकी छन्। पछिल्लो मत परिणामअनुसार उनले ३३३७ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले उनलाई पछ्याइरहेका छन्। महासचिव पोखरेलले पछिल्लो परिणामअनुसार २३५५ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले ९७५ मत प्राप्त गरेका छन्।

Read More

गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फराकिलो मतान्तरले अग्रता हासिल गरेका छन् । पछिल्लो विवरण अनुसार कूल ५५० मत गन्दा प्रचण्डले ३९१ मत पाएका छन् । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६९ मत र एमालेका अब्दुस मियाले ३३ मत पाएका छन् ।

Read More

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणनापछि देशभरका मतगणनास्थलमा समानुपातिक प्रणालीतर्फको मतगणना सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, अघि बेलुकी साढे ७ बजेसम्म देशभर २१ हजार समानूपातिक मत गणना भएको छ । आयोगको विवरण अनुसार, नेपाली कांग्रेस करिव ३० प्रतिशत मत ल्याएर सबैभन्दा अगाडि छ भने एमालेले २५ प्रतिशतको हाराहारीमा मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले करिब १८ प्रतिशत र माओवादी केन्द्रले १० प्रतिशत हाराहारीमा मत पाएको छ । दलप्राप्त मतनेपाली कांग्रेस६,२४९एमाले५,१८४राष्ट्रिय स्वतन्त्र पार्टी३,६४९माओवादी केन्द्र२,०२१राप्रपा१,४८१नेपाल मजदुर किसान पार्टी५८३जनमत पार्टी५५९जनता समाजवादी पार्टी नेपाल५१४एकीकृत समाजवादी१९४हाम्रो नेपाली पार्टी(लौरो)१६९अन्य६५०

Read More

काठमाडौं । रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह अर्का स्वतन्त्र उम्मेदवारसँग पछाडि परेका छन् । नेकपा एमालेले दिएको टिकट नलिएर स्वतन्त्र उम्मेदवारी दिएका साह अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशसँग पछि परेका हुन् । साहले ७०७ मत पाउँदा ओम प्रकाशले ७२१ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार नागेन्द्र चौधरीले २३२ मत पाएका छन् ।

Read More

ललितपुर । सहरी क्षेत्रको मतगणना सुरु भएसँगै ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले मतान्तर बढाएकी छन् । चक्रपथ बाहिरका बस्तीको मत गन्दा एमालेका उम्मेदवार अमृत खड्काले अग्रता लिएका थिए । सहरी क्षेत्र र नयाँ बस्तीको मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. कार्कीले मतान्तर बढाएकी हुन् । ललितपुर महानगरपालिका-२१ खोकना र वडा नम्बर २२ को बुङ्मती क्षेत्रबाट मतगणना सुरु भएको थियो । स्थानीय चुनावमा यी दुवै वडामा माओवादी केन्द्रले जित हात पारेको थियो । तर सात महिनाअघि आफैंले जितेको वडामा पनि माओवादीले धेरै मत पाउन सकेन । खोकना र बुङ्मतीको मतगणना हुँदा राष्ट्रिय…

Read More

लमजुङ । लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नरेन्द्रबहादुर गुरुङको निधन भएको छ । जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका गुरुङको सोमबार दिउँसो निधन भएको आफन्तले बताएको छ । मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरा घर भएका ६८ बर्षीय गुरुङ केही दिनदेखि बिरामी थिए । शुक्रबार वान्ता भएपछि बेंसीशहरस्थित जिल्ला अस्पताल लमजुङ लगिएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि चितवन लगिएको थियो । सोमबार दिउँसो १ बजेतिर उपचारको क्रममा निधन भएको खबर आएको जनता समाजवादी पार्टीका नेता खेमजङ गुरुङले जानकरी दिए । गुरुङको शव सोमबार नै लमजुङ ल्याइँदैछ । उम्मेदवार गुरुङ केही समयदेखि बेंसीशहर नगरपालिका ७ मा बस्दै आएका…

Read More

काठमाडौँ । प्रतिनिधि सभातर्फ रुपन्देही क्षेत्र नं. १ को मतगणना जारी छ । रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा भइरहेको मतगणनामा नेकपा एमालेले २९२, स्वतन्त्र बाम उम्मेदवार (त्रिभुज) को २५५, जनमत पार्टी (स्पिकर) ले २३० र नागरिक उन्मुक्ति पार्टी (ढकिया) ले २२४ मत प्राप्त गरेका छन् । रुपन्देही १ मा प्रतिनिधि सभातर्फ एमाले परित्याग गरी पाँच दलीय गठबन्धनको समेत साथ पाएका नेता घनश्याम भुसाल (त्रिभुज) र एमाले सचिव छविलाल विक (सूर्य) बीच मुख्य प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ ।

Read More

काठमाडौँ । गोरखा क्षेत्र नम्बर २ को मतगणनाको प्रारम्भिक नतिजा आएको छ । सोमबार राति प्राप्त मतगणनाको मतपरिणाम अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०० मत गन्दा १३८ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार अब्दुस मियाले जम्मा १३ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २८ मत पाएका छन् ।

Read More

काठमाडौँ । डडेलधुरामा अहिलेसम्म २९५६ मत गणना भएको छ । जसमध्ये काँग्रेस उम्मेदवार शेरबहादुर देउवाले १४०४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत प्राप्त गरेका छन् भने काँग्रेस बिपीका उम्मेदवार ५२७ मत प्राप्त गरेका छन् ।

Read More