Author: सूचनापाना

काठमाडौं । भोजपुरमा मत गणना जारी छ । नयाँ परिणामअनुसार माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले अग्रता बनाएका छन् । उनले एमाले उम्मेदवार शेरधन राईलाई ५७१ मतले पछि पारेका छन्। किरातीले २३१६ मत प्राप्त गर्दा शेरधन राईले १७४५ मत प्राप्त गरेका छन्।

Read More

काठमाडौं । इलाम १ मा मत गणना जारी छ । अहिलेसम्मको गणनामा एमाले उम्मेदवार महेश बस्नेतले अग्रता कायम राखेका छन् । बस्नेत एकीकृत समाजवादीका झलनाथ खनालभन्दा ७ सयभन्दा बढी मतले अघि रहेका छन् । बस्नेतले ६६४६ मत प्राप्त गरेर अग्रता जोगाइराख्दा खनालले ५९४३ मत प्राप्त गरेका छन्।

Read More

संगिता श्रेष्ठ । रामेछाप । रामेछापमा लोकतान्त्रीक बाम गठबन्धनका उम्मेरद्वार एव. नेपाली कांग्रेसका सभापती पुर्णबहादुर तामाङ्ग (कान्छाराम) ले नेकपा एमालेका उम्मेरदवार कैलाश ढुङ्गेललाई ५ सय ३८ मतले पछि पार्दै अग्रता लिएको छ ।जम्मा ३५ सय ३१ मत गणना गर्दा कान्छाराम तामाङ्गले ५ सय ३८ मतले अग्रता लिएको छ । कांग्रेस उम्मेरदवार तामाङ्गले १७ सय १९ मत ल्याउदा एमाले उम्मेरदवार ढुङ्गेलले ११ सय ८१ मत प्राप्त गरेको मुख्य निर्वाचनको कार्यालय रामेछापले जनाएको छ । यो मत उमाकुण्ड गाउँपालिका १,२,३ सम्मको हो ।

Read More

कास्की । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टी बाग्लुङमा अग्रता कायम गरिरहँदा प्युठानमा भने पछाडि परेको छ । बाग्लुङ–१ मा ९३०२ मत गन्दा जनमोर्चाका चित्रबहादुर केसीले ३३४९ मत ल्याएर अग्रता कायम गरिरहेका छन् ।दोस्रो स्थानमा रहेका एमालेका सूर्य पाठकले ३३४० हजार मतले पछ्याइरहेका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार केसी एमालेका पाठकभन्दा मात्र नाै मतसहित अगाडि छन् । प्युठानमा भने एमालेका सूर्य थापाले राजमो अध्यक्ष दुर्गा पौडेललाई झिनो मतले पछि पारेका छन् । थापाले ८८२ मत ल्याउँदा पौडेलले ५६७ मत ल्याएकी छन् । दुर्गा सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार हुन् । जनमोर्चाले सत्तारुढ गठबन्धनको भागबन्डामा प्युठान र बाग्लुङ गरी दुई स्थान प्राप्त…

Read More

महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ मा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलको चर्चा चलिरहेको वेला उनलाई एमालेका लक्ष्मी महतोले पछि पारेका छन् । अहिलेसम्मको मतगणनाअनुसार महतोले २८३० मत पाएका छन भने पोखरेलले २१७१ मत ल्याएर पछ्याइरहेका छन् । गौशालाको नगरपालिकाको वडा न. १ र २ को मतगणना सकिँदा पोखरेल ६४९ मतान्तरले पछाडि परेका छन । लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापरले पछि पारेका छन् । क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा रहेका उनभन्दा कापर १००८ ले अघि छन् । क्षेत्र न. ४ मा भने मतगणना सुरु भएको छ । औरहीबाट मतगणना सुरु भएको निर्वाचन…

Read More

धनगढी । जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् । कञ्चनपुर–१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा बिना मगर भने दोस्रो स्थानमा छिन् । माओवादी केन्द्रकी मगरले हालसम्म १७४४ मत प्राप्त गरेकी छन्। सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट विजयी भएकी थिइन् ।

Read More

बारा । बाराको चार वटै निर्वाचन क्षेत्रको मत गणना जारी छ । जसअनुसार क्षेत्र १ र ३ मा एमाले अग्रता बनाएको छ भने ४ मा एकीकृत समाजवादी अघि छ । यस्तै, क्षेत्र नम्बर २ मा दुवै गठबन्धनलाई पछि पार्दै स्वतन्त्रका रामकिसोर यादवले अग्रता कामय राखेका छन् । यस्तो छ पछिल्लो मत परिणाामक्षेत्र नं. १ प्रतिनिधि सभामाएमाले अच्युत मैनाली सुर्य ११२८४कांग्रेस उमाकान्त चौधरी रुख ८३५७ क्षेत्र नं. २ प्रतिनिधि सभामास्वतन्त्रका रामकिशोर यादव २७३७माओवादी शिवचन्द्र कुशवाहा १९५६जसपाका रामसहाय यादव १२५५स्वतन्त्र रबिन्द्र यादब रोशन १११४ क्षेत्र नं. ३ प्रतिनिधि सभामाएमालेकी ज्वाला साह ४२३२जसपाका रामबाबु यादब ४७७८लोसपा लालबाबु सिंह २७९१ क्षेत्र नं. ४ प्रतिनिधि…

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालिन उपसचिव परशुराम अधिकारी, मालपोत अधिकृतसहित आठ जनाविरुद्ध सरकारी जग्गा व्यक्तिको नाममा कायम गराई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंले नेपाल सरकारको नाममा कायम जग्गा व्यक्तिको नाममा दर्ता गरि भ्रष्टाचार गरेको भन्ने उजुरीका सम्बन्धमा आयोगले अनुसन्धान गर्दा सरकारको नाममा बाटो कायम भएको काठमाडौं महानगरपालिका साविक वडा नम्बर १६ कित्ता नम्बर १३९९ क्षेत्रफल ९१.३१ वर्गमिटर जग्गा भक्तरत्न तुलाधरको नाममा कायम गर्ने निर्णय गरेको आरोप छ ।

Read More

काठमाडौं । झापा क्षेत्र नम्बर १ मा मत गणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको निरन्तर कायम छ । २९ हजार ६८६ मतगणना हुँदा शर्माले १४ हजार ९०९ मत पाएका छन् भने एमालेका नेता अग्नि खरेलले ९ हजार ४०९ मत पाएका छन् । उनीहरुबीच ५ हजार ५०० मतको अन्तर छ ।

Read More

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर– २ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोलेका हुन् । प्रदेशसभा–१ बाट ६५९८ मतसहित विजयको खाता खोलेका केसी १५२२ मतान्तरले विजयी भएका हुन् ।

Read More