Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । ललितपुर क्षेत्र नम्बर–२ ‘ख’मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार ६ हजार ६९५ मतसहित उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत पाए ।
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का कृष्ण राईलाई पराजित गरेका हुन् । निर्वाचन अधिकृत मन्दिरा शाहीले मतपरिणामको औपचारिक घोषणा हुन बाँकी रहेको बताइन् ।
काठमाडौं । काठमाडौं–३ ‘ख’ मा नेपाली कांग्रेसका विमल ठकुरी निर्वाचित भएका छन् । ठकुरीले नेकपा एमालेका रमेश्वर फुयाललाई २,३७० मतले पराजित गरेका हुन् । ठकुरीले १० हजार६१७ मत पाएका छन् । एमालेका फुयालले ८ हजार २४७ मत पाएका छन् ।
बुटवल । प्रदेशसभातर्फ रुपन्देही-४ (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका छन् । कुल ३५ हजार ५७७ मत खसेकोमा बनियाले १५ हजार १३७ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु)ले ९ हजार २५३ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।
काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् । राति १० बजेसम्मको मत गणनाअनुसार रविले ७,७९७ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका कृष्णभक्त पोखरेल ४,९५६ मत ल्याएका छन् । नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४,६०७ मत ल्याएका छन् । रवि दोस्रो स्थानका पोखरेलभन्दा २,८४१ मतले अगाडि छन् ।
वीरगञ्ज । पर्सा क्षेत्र नम्बर-४ ‘ख’मा जनता समाजवादी पार्टी नेपाल (जसपा)का सिंगासन सा कलवार दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । जसपाका कलवारले आफ्ना निकटम प्रतिद्वन्द्वीलाई दुई हजारभन्दा फराकिलो मतान्तरले पछाडि पार्दै पुनः निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सा निर्वाचन क्षेत्र नम्बर ४ ले उपलब्ध गराएको मतपरिणामको नतिजाअनुसार कलवार आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रह्लाद सा कानुलाई दुई हजार ७४४ मतको फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । कलवारले १५ हजार ३८५ मत प्राप्त गर्दा कानुले १२ हजार ६४१ मत प्राप्त गरेका छन् । १७६५ मत प्राप्त गरेर पाँच दलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की शेख चाँद तारा कुमारी…
विराटनगर । मोरङ–५ (क) बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाई प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । उनले १४ हजार ८ सय ४३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सन्तोषकुमार साहले ९ हजार ४ सय २ मत ल्याएका छन् । प्रदेशसभामा निर्वाचित भएका मण्डल कांग्रेसका महासमिति सदस्य हुन् । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए ।
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । अन्तिम मत परिणामअनुसार पौडेलले १५२४३ मतसहित विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १०२१० मत प्राप्त गरेका छन् । निर्वाचन आयोगले विजयको घोषणा गर्ने तयारी गरिरहेको छ ।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार सरेश नेपालले अग्रता कायम गरेका छन् । नेपालले ६ हजार चार सय ६६ मत ल्याउदा उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक वाम गठबन्धनका उम्ममेदवार माधव सापकोटाले पाँच हजार पाँच सय ३६ मतले पछ्याइरहेका छन् । १५ हजार तीन सय ७४ मत गणना गर्दा सापकोटाभन्दा नेपाल नौ सय ३० मतले अगाडि छन् । क्षेत्र नम्बर १ (क) मा एमालेका उम्मेदवार युद्धविक्रम तामाङले अग्रता बनाएका छन् । उनले सात हजार तीन सय ४६ मत ल्याएका छन भने गठबन्धनका उम्मेदवार कांग्रेसकी मसिना खड्काले सात हजार तीन सय २८ मत छ । यी दुईबीचमा तामाङ १८ मतले अगाडि…
विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई नेकपा एमालेका ऋषिकेश पोखरेलले झिनो मतले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार पोखरेल १५५ मतले अघि छन् । पोखरेलले ४१६० मत ल्याउँदा कोइरालाले ४००५ मत प्राप्त गरेकी छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ३६४ मत ल्याएका छन् ।