Author: सूचनापाना

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले सात संकल्प अघि सारेकी छिन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिंहले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सात संकल्प अघि सारेकी हुन् । उनले सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण, सुरक्षित सहरको संकल्प अघि सारेकी छिन् । त्यस्तै संस्कृति, सम्पदा र सभ्यता, सवल र सम्मुनत पूर्वाधार, सवल युवा स्वावलम्बी महिला र सिर्जनशील महानगरबासीको संकल्प अघि सारेकी हुन् । उनले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको खण्डमा फोहोर व्यवस्थापन पहिलो प्राथमिकतामा राख्ने बताइन् । त्यसका लागि उनले जिरो वेष्ट म्यानेजमेन्ट अवधारणा अघि सारेकी छिन् । ‘घरबाट निस्किएको फोहोर घरभित्रै व्यवस्थापन गर्न…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिको प्रमुख आफ्नो मान्छे नहुँदा निकै पीडा भोगेको बताएका छन् । काठमाडौं जिल्लाबाट निर्वाचित थुप्रै कांग्रेस सांसद्हरूले काठमाडौं महानगरमा नेपाली कांग्रेसको प्रमुख नहुँदा निकै पीडा भोगेको बताए ।  ‘काठमाडौंमा हामीले धेरै सांसद् भएर पनि काम गर्न सकेनौं । काठमाडौं महानगरपालिकाको मेयर हाम्रो मान्छे भएको भए पाँच वर्षमा धेरै काम गर्न सकिन्थ्यो । तर, नहुँदाको पीडा हामीले भोगेका छौं,’ थापाले भने । काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई अत्यधिक मतले निर्वाचित गराउन अनुरोध गर्दै उनले भने, ‘उहाँले कुनै नौला सपना देखाउनु भएको छैन । दिनहुँ तपाईं हामीले देखेको र भोगेको पीडालाई समाधान गर्ने उहाँको संकल्प छ ।’ …

Read More

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार अपिल जारी गर्दै देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । एउटा उम्मेदवार बन्दा अर्को उत्तिकै योग्य साथीले अवसर नपाएको स्थितिप्रति आफू जानकार रहेको भन्दै उनले भनेका छन्, ‘पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’ तर कांग्रेसका नेता कार्यकर्ताले पार्टीको…

Read More

रामेछाप । रामेछाप नगरपालिका –५ रामपुरमा भान्जाले खुकुरी प्रहारगर्दा मामा घाइते भएका छन् । बुधबार घरायसी काम सकेर आराम गरिरहेको समयमा वर्ष ५७ का हेम ब तामाङलाई उनका भान्जा वर्ष ३७ का झमक ब तामाङले एक्कासी खुकुरी प्रहार गरेको प्रहरी चाकी रामेछाप डाँडाले जनाएको छ ।खुकुरी प्रहारबाट घाइते भएका तामाङको जिल्ला अस्पताल रामेछापमा उपचार भैरहेको प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेश प्रसाद चौलागाईले बताए । घाइतेको अवस्था सामान्य छ । घटनाको बारेमा थप अनुसन्धान भैरहको छ ।

Read More

काठमाडौँ । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले अध्यक्ष कमल थापालाई राजिनामा पत्र बुझाएका छन् ।पौडेलले हिजो (बुधबार) राजीनामा दिएका छन् । पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए । उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएका थिए । चाबहिलका पौडेल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए । अध्यक्ष थापाले पौडेललाई गत फागुन १८ गते उपाध्यक्ष मनोनीत गरेका थिए ।

Read More

काठमाडौं, १५ वैशाख । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । बिहिबार सुनको भाउ एक हजार घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार- बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९८ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १३ सय २० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुन ९८ हजार ५ सय र चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाडौं, १५ वैशाख ।भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण पौडेललाई भेट्न उनकै निवासमा पुगेका छन् । चितवन जिल्लाका नेताहरुलाई भेटेर छलफल गरेका खाँण बिहीबार बिहान पौडेललाई भेट्न उनकै निवासमा पुगेका हुन् । त्यसअघि भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेट्न राज्यमन्त्री उमेश श्रेष्ठ पनि पुगेका थिए । तर पौडेलले भने उम्मेदवारी फिर्ता नलिने अडान छाडेका छैनन् ।

Read More

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी दिएका आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । एक वक्तव्य जारी गर्दै सभापती देउवाले आफ्नो पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । सभापती देउवाले भनेका छन्, ‘पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’ देउवाले विज्ञप्तिमा भनेका छन्, ‘आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु…

Read More

काठमाडौं- मनोनयन भएको उमेदवारहरूको नामावली आज साँझ ६ बजे प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । आयोगको तालिका अनुसार १६ गते (भोलि) साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । भोलि साँझ ५ बजे आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ । १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ । एक लाख ५२ हजार ४६५ मनोनितको विवरण संकलन भएको आयोगले जनाएको छ । वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदै छ ।

Read More

रामेछाप । मन्थली नगरपालिका–२ नं का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बनेका सुरेन्द्र बहादुर कार्कीले निर्वाचन आचार संहिताको धज्जी उडाउँदै विद्यालयमा अध्ययरत बालबालिकालाई पोशाक वितरण गरेका छन् । निर्वाचन आचार संहिताको धज्जी उडाउँदै मन्थली नगरपालिका–२ नं का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बनेका सुरेन्द्र बहादुर कार्कीले निर्वाचनमा मतदाता प्रभावित पार्न विद्यालयमा अध्ययरत बालबालिकालाई पोशाक वितरण गरेका हुन् । उनले मन्थली नगरपालिका–२ मा रहेको बालकन्या प्राथमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखी कक्षा ३ सम्मका ४० जना बालबालिकालाई विद्यालय पोशाक (कपडा) वितरण गरेका हुन् । निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनमा मतदाता प्रभावित पार्न कुनै पनि सामाग्री मतदातालाई दिन नपाइने गरी आचारसंहिता वनाएको…

Read More