Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
सुनसरी । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २(१) मा प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का रेवतिरमण भण्डारी विजयी भएका छन् । विजयी भण्डारीले १४ हजार ५ सय ३८ मत ल्याएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट संयूक्त उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का द्वारिकलाल चौधरीलाई २ हजार ६ सय ८० मतान्तरले पराजित गरेका हुन् । पराजित चौधरीले ११ हजार ८ सय ४५ मत ल्याए । त्यस्तै, तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहनबहादुर खत्रीले ९ हजार ३ सय २२ र चौथो स्वतन्त्र उम्मेदवार दीपेन्द्र घिमिरेले ३ हजार २ सय ८ मत पाए ।
विराटनगर । नेपाली कांग्रेसका केदार कार्की मोरङ क्षेत्र नम्बर ६ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । कार्कीले १०,४४६ मत ल्याउँदा नेकपा एमालेका कृष्ण बस्नेत (पर्शुराम)ले ९,२६६ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी बस्नेतलाई १,१८० मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् । कार्की यो निर्वाचन क्षेत्रबाट दोस्रो पटक निर्वाचित भएका हुन् ।
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाका चारवटै प्रदेशसभामा वाम–लोकतान्त्रिक गठबन्धनका उमेदवार विजयी भएका छन् । प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा ‘क’मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार रत्नप्रसाद ढकाल विजयी भएका छन् । ढकालले २० हजार ७२० मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दिलबहादुर तामाङले ११ हजार २७८ मत प्राप्त गरे । यस्तै, सोही प्रतिनिधिसभा क्षेत्रको प्रदेशसभा ‘ख’ मा गठबन्धनका उमेदवार नेपाली कांग्रेसका तीर्थ लामा तीन मतान्तरले विजयी भएका छन् । उनले १९ हजार २८० मतसहित जित हासिल गरे भने उनका प्रतिस्पर्धी एमालेका चन्द्र लामाले १९ हजार २७७ मत प्राप्त गरे । यसैगरी, प्रतिनिधिसभा २ नम्बर प्रदेशसभा ‘क’ मा गठबन्धनका…
काठमाडौं । एमाले नेता गोकुल बास्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सुरुदेखि नै कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईसँग पछाडि परेका गोकुल बिहीबार बिहानदेखि मात्र अगाडि लागेका छन् । मतपरिणाम अनुसार बास्कोटा झन्डै ६ हजार मतान्तरले निर्वाचित भएका छन् । उनले ४५ हजार ३४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंले ३९ हजार ४८२ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरे । अघिल्लो पटक ०७४ मा पनि बास्कोटा यही क्षेत्रबाट निर्वाचित भएका थिए । ५५ हजार ५२६ मत ल्याएका उनी धेरै मतान्तरसहित विजयी हुनेमा थिए । तर, यसपटक भने उनले कांग्रेस उम्मेदवारसँग निकै प्रतिस्पर्धा…
काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ कास्की निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले)का जिल्ला अध्यक्ष मनबहादुर गुरुङ निर्वाचित भएका छन् । शुक्रबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार गुरुङले २५ हजार ७०८ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बरालले २३ हजार १८९ मत पाए । गुरुङ दुई हजार ५१९ मतान्तरसहित प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
काठमाडौं । गुल्मी–१ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषण भने गरिसकेको छैन । तर, भण्डारी निर्वाचित भएको भन्दै कांग्रेस नेता कार्यकर्ताले भने उत्सव मनाइरहेका छन् ।
गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित प्रमाणपत्र बुझेका छन् । शुक्रबार गोरखा पुगेर उनले निर्वाचित प्रमाणपत्र बुझेका हुन् । उनलाई जिल्ला निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रचण्ड बिहीबार फराकिलो मतान्तरले गोरखा २ बाट विजयी भएका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनौती दिएका थिए । तेस्रो स्थानमा एमालेका अब्दुस मिया रहे । गोरखा २ को प्रदेश सभा सदस्यमा निर्वाचित भएका सुरेन्द्र पाण्डे र फणिन्द्र देवकोटाले पनि प्रमाणपत्र बुझेका छन् । प्रचण्डले प्रमाणपत्र बुझ्ने कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए । तर नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई उपस्थित भएनन् । गोरखा…
उदयपुर । उदयपुर १ (क) मा राजन किराती एक हजार २४३ मतले विजयी भएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदबार माओवादीका किराती १५ हजार ९२ मत ल्याएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटले जनाएको छ । उनका निकटतम प्रतिष्पर्धी एमालेका उम्मेदबार कुशलबाबु बस्नेतले १३ हजार ८४९ मत ल्याएका छन् । बेलका र चौदण्डीगढी नगरपालिका गरी ३८ हजार ८५७ मत खसेको थियो । खसेको मतमध्ये एक हजार ८७५ बदर भएको छ । किराँती सोही क्षेत्रबाट दुईपटक संविधानसभाको निर्वाचनमा पराजित भएका थिए ।
सिन्धुपाल्चोक । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा गठबन्धनले जित हासिल गरेको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका माधव सापकोटा सुबोध निर्वाचित भएका छन्। उनी ३० हजार ३ सय ७४ मतसहित विजयी भएका हुन्। मतगणनाको सुरुवाती अग्रता लिन नसकेका सापकोटाले एमाले उम्मेदवार सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतले पछि पार्दै विजयी भएका हुन्। प्रतिस्पर्धी एमालेक नेपालले २७ हजार २० मत प्राप्त गरे। क्षेत्र नम्बर १ को प्रदेशसभातर्फ पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा (क) मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मसिना खड्का विजयी भएकी हुन्। खड्काले १४ हजार छ सय…
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगुको रारा छायाँनाथ नगरपालिका ४ स्थित गैराज्युला कृषि सिचाई आयोजनामा गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा उपसचिव शाहसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । आयोजनामा उपसचिव शाह र सब(इन्जिनियर महेश बुढ्थापाले यथार्थ र वास्तविक नाप जाँच नगरी बदनियत राखी नभएरनगरेको काम देखाई वास्तविक भएको कामभन्दा बढी रकम मूल्याङ्कन गरी झुठ्ठा बिल भरपाई, नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई रु.२,११,३१६।२६ रुपैयाँ बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको…