Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी०का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए । आज पत्रकारसँग कुरा गर्दै उनले भने, “सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ । दुई सय ६६ मतपत्र बढी भेटियो ।” उनले निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता नपाउने जनाएका छन् । पूर्व प्रम खनालले भने, “कसले छिरायो त्यहाँभित्र मुचुल्का कागज सही हो कि होइन…
बाजुरा । बाजुराको बुढिनन्दा ५ मा शनिबार भएको पुन: मतदानमा ५ सय ९७ मत खसेको छ । यो ५९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । मंसिर ४ गते कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपका कारण स्थगित भएको मतदान शनिबार शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । ९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेका थिए । निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेका हुन् ।
काठमामाडौं । चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित रवि लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान तथा पुरस्कार नलिने उद्घोष गरेका छन् । उनले शनिबार बिहान फेसबुक पेजमार्फत यस्तो घोषणा गरेका हुन् । उनले निर्वाचनमा आफ्नो व्यक्तिगत करिब १२ लाख रुपैयाँ खर्च भएको पनि उल्लेख गरेका छन् । केही दिन पार्टीको कामले काठमाडौं आउने र त्यसपछि चितवनमा नै कार्यालय सञ्चालनमा ल्याएर जनताको सेवामा लाग्ने उनले बताएका छन् । रविको १० बुँदे उद्घोष पढ्नोस्–आदरणीय चितवन– २ का आमाबुबा दाजुभाइ दिदिबहिनीहरु।आजबाट विजयको खुसियाली मनाउने सम्पुर्ण कार्यक्रमहरु सकिएको जानकारी गराउन चाहन्छु। सबै माध्यमबाट तपाईंले दिनु भएका शुभकामनाहरुलाई यहि बाट एकमुष्ठ धन्यवाद दिन…
नुवाकोट। नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (१) मा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार राधिका तामाङ निर्वाचित भएकी छिन् । आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङ १६ हजार एक सय ६९ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुशीलकुमार खड्काले ११ हजार तीनसय ५० मत ल्याएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए। यसअघि सोही प्रदेशसभाबाट निर्वाचित भएकी तामाङले यो पटकको चुनावमा एमालेका उम्मेदवार खड्काभन्दा चार हजार आठसय १९ मतान्तरले विजयी भएकी हुन् । उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रामु पण्डितले एक हजार पाँच सय नौ, नेकपा (एकीकृत समाजवादी)का राजेश थापाले दुई सय ८२, मङ्गोल नेशनल…
सप्तरी । नेपाली कांग्रेसका नेता तेजुलाल चौधरी ह्याट्रिक गरेका छन् । ०७० को दोस्रो संविधानसभा र ०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरी तेस्रोपटक सप्तरी ४ बाट निर्वाचित भएका हुन् । चौधरी २३ हजार ४९१ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मतमा चित्त बुझाए ।
मोरङ । एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । उनलाई कांग्रेसका सुनिल शर्माले हराएका हुन् । शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र पाए । राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन् । ०७४ को निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए ।
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ। निर्वाचन आयोगले शनिबार बिहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ। त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ। घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४५ हजार पाँच सय ६१ मत प्राप्त गरेको छ। घण्टीभन्दा पछाडि रहेको नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म सात लाख १९ हजार तीन सय ७२ मत प्राप्त गरेको छ। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ७८ हजार दुई सय ३३, जनता…
काठमाण्डौ । प्रतिनिधि सभाको समानुपातिकतर्फ १० लाख मत कटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् । उनले १० लाख भन्दा धेरै मत दिएकोमा मतदातालाई धन्यवाद दिएका हुन्। सामाजिक सञ्जालमार्फत ओलीले सबै मतदातालाई धन्यवाद दिएका हुन । एमालेले सुरुवातदेखि नै समानुपातिकतर्फ अग्रता बनाएको छ । अहिलेसम्म ११ लाख ५७ हजार ९ सय ६५ मत प्राप्त गरेको छ । यस्तै, कांग्रेसले ११ लाख ८ सय ९ मत पाएको छ । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ४३ हजार ८ सय ५२ मत पाएको छ भने माओवादी केन्द्रले ५ लाख २ हजार २ सय ४८ मत पाएको छ…
युक्रेन । करिब नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनिरहेको छ । राजधानी किएभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेका थिए । अघिल्लो दिन रुसी बम आक्रमणमा पानी र बिजुली आपूर्तिका स्रोत तहसनहस भएपछि प्रकाश, पानी र न्यानोको खोजीमा किएभका जनता हातमा खाली बोतल बोकेर अँध्यारोमा शहरका चमेनागृहतर्फ लागेका थिए । बत्तीको सामान्य व्यवस्था भएका ती चमेनागृहमा ठूलो भीड लागेको थियो । बिहीबार रातिको दृश्य हेर्दा युक्रेनी नागरिक युद्धलाई वेवास्ता गर्दै जीवन जिउने जमर्कोमा लागेका प्रतीत हुन्थ्यो । तीस लाख नागरिकको बसोबास रहेको राजधानी शहर किएभमा पिउने पानीको अभाव भएपछि सर्वसाधारणले वर्षाको पानी बग्ने…
रामेछाप । सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ शुक्रबारबाट लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने यो अभियान अन्तर्गत लैंगिक हिंसा नियन्त्रण तथा मानव अधिकार संरक्षणका लागि विभिन्न चेतनात्मक कार्यक्रम हुने गर्दछन् ।मन्थली नगरपालिकाको मूल आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सामुदायिक विकास समाज र रेष्टको सहकार्यमा अभियानको उद्घाटन, ¥याली तथा कोण सभा भएको हो ।मन्थलीको मदन भण्डारी चोकबाट सुरु भएको ¥याली मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । हिंसा विरुद्धका विभिन्न प्लेकार्ड बोकेको ¥यालीमा मन्थली नगरपालिका प्रमुख लब…