Author: सूचनापाना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ एक करोड मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म १ करोड ८ लाख २ हजार ९०७ मतगणना भएको छ । जसअनुसार एमाले पहिलो दल बन्‍ने निश्चित छ । एमालेले २६ लाख ९६ हजार ५७५ मत ल्याएको छ भने कांग्रेस २५ लाख ५३ हजार ९४ मतसहित पछ्याइरहेको छ । तेस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादीले ११ लाख ४३ हजार ८९४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार २७५ मतसहित पछ्याइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ६५४ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादीको…

Read More

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले आम निर्वाचन २०७९ मा उत्कृष्ट कार्यसम्पादन गरेकाले कोइरालालाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको जनाएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले मंगलबार एक समारोहकाबीच प्रदेश प्रहरी प्रमुख (डीआइजी) किरण बज्राचार्यले कोइरालालाई सम्मान पत्रसहित कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका हुन् । निर्वाचनमा सम्भावित सुरक्षा चुनौतीको सुक्ष्म अध्ययन गरी कुशलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले प्रदेश कार्यालय हेटौंडामा कार्यरत कोइराललालाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । वरिष्ठ नायव निरीक्षक कोइरालालाई महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७९ बमोजिम सर्वोत्कृष्ट…

Read More

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहको चर्को आलोचना गरेका छन्। नवनिर्वाचित एमाले अध्यक्ष ओलीलाई राष्ट्रिय जन सांस्कृतिक महासङ्घको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद देखाएको टिप्पणी गरेका हुन्। ओलीले भने, ‘सुकुम्वासी बस्तीमा तमासा, त्यहाँ तमासा गर्ने हाकिमका कुरा सुन्दा खेरी हामीलाई पुलिसले हामीलाई सहयोग नै गरेन । नत्र त जित्यौँ। त्यो बस्ती ध्वस्त बनाउँथ्यौँ । केके न बहादुरी गरेजस्तो रु शत्रु देशको लडाइँजस्तो। भाषा, शैली र तरिका छ।’ चुप लागेर खोला किनारमा बसेको गरिब कुरुवालाई हटाएर के हुन्छ रु भनेर प्रश्न समेत गरे। बलबाट…

Read More

बाँके । यही मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ । बदर मतमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ हजार दुई सय २१, प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीको १२ हजार एक सय ५६, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ १६ हजार दुई सय ७० र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको २० हजार चार सय ९१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बाँकेको निर्वाचन क्षेत्र नं १ मा एक लाख २१ हजार एक सय मतदाता भएकामा खसेको मत ७५ हजार नौ…

Read More

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ आज साँझसम्म ९८ लाख आठ हजार नौ सय २७ मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगकाअनुसार हालसम्म नेकपा (एमाले)ले सबैभन्दा बढी मत २६ लाख ४३ हजार ८२ मत प्राप्त गरेको छ । त्यसपछि बढी नेपाली कांग्रेसले २४ लाख ९८ हजार सात सय ७८ मत पाएको छ । नेकपा (माओवादी केन्द्र) ले ११ लाख २७ हजार सात सय १०, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८५ हजार पाँच सय ६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५९ हजार दुई…

Read More

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्रका आइजिपी राजु अर्याललाई बालुवाटारमा बोलाए धन्यवाद दिएका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा सुरक्षा प्रमुखहरूलाई धन्यवाद दिएका हुन्। मंसिर ४ मा सम्पन्न निर्वाचन सफल पार्न भूमिका निभाएका सकल दर्जालाई प्रधानमन्त्रीले आफ्नो तर्फबाट धन्यवाद र ‘बधाई’ सुनाइदिन आग्रह गरेका छन् । बालुवाटार स्रोतका अनुसार निर्वाचन सुरक्षा र निर्वाचन पछिको अवस्थाबारे दुवै आइजिपीले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् । निर्वाचनको दिन झडप र कुटपिटबाट बाजुरामा दुईजनाले ज्यान गुमाएका थिए । बाजुराको त्रिवेणी नगरपालिका-७ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भातृ सङ्गठन अनेरास्ववियुका सचिवालय सदस्य चेतन…

Read More

काठमाडौँ । ‘एभीएसन सेफ्टी लिस्ट (कालो सूची)’मा नेपाललाई निरन्तरता दिएको युरोपेली युनियन मातहतको एभीएसन सेफ्टी एजेन्सी (आयसा)ले स्थलगत परीक्षणका लागि अर्को टोली नेपाल पठाउने भएको छ । ईयूले नोभेम्बर महिनाका लागि अपडेट गरेको एयर सेफ्टी लिस्टमा नेपालले निरन्तरता पाएको छ । यो सूची आउनु ठिक अगाडि अक्टोबरमा आयसाबाट ‘असिस्मेन्ट मिसन’ नेपाल आएर नेपालबारे परीक्षण गरेको थियो । त्यसपछि आएको सूचीमा नेपाल निरन्तर परेसँगै यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले चासो राखेको थियो । ईयूका राजदूत नोना डेप्रेज र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालमा ईयूले ‘अनसाइट असिस्मेन्ट असिस्मेन्ट भिजिट’ गर्न लागेको जानकारी दिएका छन् । प्राधिकरणका सूचना…

Read More

काठमाडौंं । आमनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुनुअघि नै पहिलो दलको रुपमा देखापरेको नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री बन्नका लागि दौडधुप थालेका छन् ।  ४ मंसिरमा भएको निर्वाचनको प्रत्यक्षतर्फकै मतपरिणाम आइसकेको छैन । तर, कांग्रेस नेताको भने प्रधानमन्त्री बन्न दलीय सहमतिका लागि दौडधुप थालेका छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, शशांक कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेलसहितका नेता प्रधानमन्त्रीको आकांक्षीको रुपमा देखिएका छन् । प्रधानमन्त्री बन्न उद्देश्यसहित समर्थनका लागि प्रकाशमान सिंहले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । यसलगत्तै सोमबार बिहानै नेता रामचन्द्र पौडेल कोटेश्रव पुगेर एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरे । प्रधानमन्त्री बन्नेगरी संसदीय दलको…

Read More

बझाङको दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गरे । गोरङ घर भएका उनलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ । उनलाई आधारभूतसम्म पढ्न केही असजिलो थिएन । जब उनले ८ कक्षा उत्तीर्ण गरे त्यसपछि उनको दौडाइ सुरू भयो । गत वैशाखमा पञ्चदेव महानन्द मावि रिममा भर्ना भएका विष्टले विद्यालय जाँदा आउँदा मात्रै दैनिक छ घण्टाको हाराहारीमा बाटोमै बिताउनुपर्छ । “२४ घण्टामध्ये छ घण्टा स्कुल र छ घण्टा बाटोमै बिताउनुपर्छ”, उनले भने, “रिममा पढ्न गएपछि समय तालिका निकै पेचिलो भयो । सुत्न र घरायसी काम गर्नै समय बाँड्नुपर्छ । पढ्ने समय त त्यस्तै हो ।” गोरङका प्रकाश…

Read More

काठमाडौं । सहसचिव र उपसचिवको परीक्षा पुर्ववत समयमै हुने भएको छ । थारु आरक्षण कोटा माग गर्दै थारु कल्याणकारिणी सभाद्वारा दायर रिटमाथी यसअघि दिएको अन्तरिम आदेश रद्द भएसंगै परीक्षा पुर्ववत समयमै हुने भएको हो । अन्तरिम आदेश रद्द भएपछि परीक्षा यसअघि कै तालिकाअनुसार हुने आयोगका सुचना अधिकारी देवि प्रसाद सुबेदीले बताए । यद्यपि आदेश भने पुगि नसकेकोले प्राप्त भएपछी आयोगले सुचना प्रकाशन गर्ने सुबेदीले प्रशासनलाई बताए । संविधान अनुसार थारु आरक्षण कोटा नराखी कर्मचारी पदपूर्ति गर्न लागेको भन्दै थारु कल्याणकारिणी सभाको तर्फबाट दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश कुमार ढुङ्गानाको एकल इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म ६।६ प्रतिशत पदमा पदपूर्ति…

Read More