Author: सूचनापाना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पा बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।  ६ जनाको मृत्यु र १८ जना घाइते हुने गरी बिहीबार राति पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ मधुवनमा बिहीबार राति बस दुर्घटना भएको थियो । उक्त बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धान्जली व्यक्त गरेका प्रधानमन्त्री प्रचण्डले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जला ट्वीटरमार्फत् प्रधानमन्त्री प्रचण्डले मृतकलाई श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले सार्वजनिक यातायात सुरक्षित र मर्यादित बनाउन भूमिका खेल्न सबैमा अपिल पनि गरेका छन् । ‘गएराति पाल्पाको बस दुर्घटनामा मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन…

Read More

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको सो आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको हो । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको सो आयोजनाले करिब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ । राहुघाट जलविद्युत्मा कुल छ हजार दुई सय ७० मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म तीन हजार सात सय मिटर निर्माण सकिएको आयोजनाका योजना प्रबन्धक राजबहादुर विष्टले जानकारी दिए । मासिक एक सय ८० मिटर सुरुङ निर्माण गर्ने योजनाअनुसार कामलाई गति दिएको उनको भनाइ…

Read More

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँडा जलवायु उद्यान पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न थालेको छ । मेलम्ची नगरपालिका–९ मा अवस्थित गुफाडाँडा जलवायु उद्यान आकर्षक र मनमोहक छ । यहाँबाट विभिन्न हिमशृृङ्खलासँगै धुलिखेल, नगरकोटलगायत उच्च पहाडी भेगको दृश्यावलोकन गर्न सकिन्छ । स्वच्छ हावापानी, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्व र जडीबुटीका हिसाबले पनि गुफाडाँडा भूःस्वर्गजस्तै छ । प्रथम राष्ट्रिय जलवायु सम्मेलन पूर्व चौँरीखर्क मात्रै रहेको ठाउँमा जलवायु सम्मेलनपश्चात पर्यटकीय गन्तव्यको विकाससँगै गुफाडाँडा जलवायु उद्यान घुम्न पर्यटकको…

Read More

सिन्धुपाल्चोक । काठमाडौंदेखि १ सय २४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो। चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो। तर २०७२ साल बैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ। अहिलेको समय भूकम्पले भत्काएका जीर्ण भवन र सीमा सुरक्षार्थ प्रहरी कार्यालय बोहक अरु छैन। कुनै रेष्टुराँ र होटलमा भ्याइनभ्याइ हुने यो क्षेत्रमा यति बेला एउटा पनि होटल तथा रेष्टुराँ छैन। चीनसँग जोडिएको नेपालको सबैभन्दा पुरानो नाकाबाट भूकम्पपछि आंशिक रूपमा आयात खुला भएको चारवर्ष भए पनि निर्यात बन्द भएको सात वर्ष भइसकेको छ। जसका कारण चहलपहल शून्य जस्तै…

Read More

काठमाडौं । एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।  बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने उसले निर्णय गरेको छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । २५ पुसमबाट संघीय संसदको अधिवेशन सुरु हुँदै छ । २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गरिदिने प्रधानमन्त्री प्रचण्डले संघीय ंसंसद सचिवालयलाई पत्राचार गरिसकेका छन् ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुबा अग्नि पाण्डेसँग भेट गरेका छन्र्नु । प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर पाण्डेसँग भेट गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेका प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्र्नु । प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुबा अग्निलाई आग्रह गरेका छन् ।

Read More

हेटौंडा । बागमती प्रदेश सरकार गठनको लागि आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढि दलहरुसंगको सहकर्यामा सरकार गठनका लागि आह्वान गरेका प्रदेश प्रमुख कार्यालय हेटौंडाका सचिव ओमबहादुर खड्काले जानकारी दिए । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिन भित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान…

Read More

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य २ सयले बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार १ सय कायम भएको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार छ सय छ ।

Read More

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुुँदै छ ।  जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेश बेरितको रहेकाले खारेजीको माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । सोही पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा सुनुवाइ तोकिएको छ । उक्त इजलासमा सन्दीपको मुद्दा चौथो नम्बरमा परेको छ । यसअघि दुईपटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । पहिलो पेसीमा सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा…

Read More

काशिराम जैसी सुर्खेत – सुर्खेतको चौकुने गाउँपालिकामा रहेको श्री सरस्वती प्राथमिक विद्यालयको भौतिक पूर्वाधारहरुको अवस्था दयनीय बनेको छ । सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर १० केवडीको श्री सरस्वती प्राथमिक विद्यालयको अवस्था पनि डरलाग्दो भएकाे छ। भौतिक संरचनाहरु जीर्ण अवस्थामा छन् भने विद्यार्थीको अवस्था समेत नाजुक छ । २०४५ सालमा स्थापना भएको विद्यालयलाई राम्रोसँग संरक्षण गर्न नसकेपछि विद्यालयको भौतिक अवस्था हेर्न लायकको छैन् । कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको विद्यालयमा सुरुवाती चरणमा विद्यार्थी संख्या उल्लेख्य भएपनि पछिल्लो समयमा भौतिक संरचना जीर्ण भएका कारण विद्यार्थीको संख्या पनि निकै कम रहेकाे छन् । विद्यार्थीहरु भत्किएका भौतिक संरचनामा नै डराएर अध्ययन गर्न बाध्य…

Read More