Author: सूचनापाना

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरूप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताएका छन् । वालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्दै उनले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पारे । ‘वित्त नीतिबाट जे कुराहरू तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ’, उनले भने, ‘नियमन र सुपरिवेक्षण अर्को काम हो । धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरिवेक्षण क्षमता बढाउनुपर्नेछ । यसका लागि राष्ट्र बैंकको क्षमता बढाउनुपर्नेछ ।’ बैंक तथा वित्तीय संस्थामा रहेको नागरिकनिक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैंकले प्राथमिकतामा राख्ने उनले…

Read More

काठमाडौँ । नेपाल तपोभूमि, देवभूमि र सनातन संस्कृतिको सञ्चयक भूमि, एक यस्तो पवित्र भूमि हो, जहाँ धर्मको सुवास पाइन्छ, जहाँ प्रत्येक कणमा तपस्याको ऊर्जा बग्दछ । यही भूमि हो, जहाँ पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, बराहक्षेत्र, रामधुनी, हलेसी महादेव, दन्तकाली, दक्षिणकाली, बडीमालिका, गोसाइँकुण्ड, दामोदरकुण्ड, लुम्बिनी, देवघाट, गण्डकी नदीको किनारमा रहेको त्रिवेणीघाट वाल्मीकि आश्रम तथा लवकुश क्षेत्र, त्रिशूली र कौशिकी नदीजस्ता अनगिन्ती तीर्थस्थल र थुप्रै पवित्र नदीनालाहरू अवस्थित छन् । यी तीर्थहरूले नेपाललाई केबल भौगोलिक रूपमा मात्र होइन, आध्यात्मिक दृष्टिले पनि तपोभूमि, देवभूमि र पुण्यस्थलको रूपमा चिनाएका छन् । यो भूमि भगवान् शिव, विष्णु, राम, बुद्ध र असङ्ख्य ऋषिमुनिहरूको तपोस्थल हो । धार्मिक…

Read More

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विदेशबाट राति–बिहानै फोन गरेर लोडसेडिङ भएको गुनासो आउने गरेको बताएका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले केही व्यक्तिहरूले अनावश्यक रुपमा भ्रम फैलाउने काम गरिरहेको गुनासो गरे। “विदेशबाट पटक–पटक फोन आउँछ,” मन्त्री खड्काले भने, “राति १२ बजे पनि फोन गर्छन्, भन्छन्– यहाँ बत्ती गयो। तर जाँच्दा त्यहाँ कतै पनि लाइन गएको हुँदैन। एउटै नम्बरबाट बारम्बार यस्तो फोन आउँछ, जुन नियोजित दुष्प्रचारजस्तो देखिन्छ।” उनले उत्पादन कम भएको समयमा पनि आवश्यकताअनुसार विद्युत् आपूर्ति भइरहेको दाबी गरे। “कम उत्पादन भएको बेला पनि विद्युत् आयात गरेर माग धानिएको छ,” मन्त्री खड्काले स्पष्ट…

Read More

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरुमा महशिकार सुरु भएको छ । स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रुपमा गाउँ वरपरको भिरमा सामूहिक महशिकार गर्ने वर्षौअघिदेखिको चलनलाई निरन्तरता दिएका छन् । स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मंगलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ । डोरीमा झुण्डीएर मह निकाल्ने टोलीमा पाइजाको साथमा ७२ वर्षीय केशबहादुर तिलिजा पुन देखि तुलबहादुर पुर्जा, सुजन तिलिजा र सनम पाइजा लगायतका युवाहरु सहभागी भएका थिए । अक्करे भिरमा शिकारीले भाडामा झिक्ने महलाई संकलन, प्रारम्भिक प्रसोधन गर्ने र सहयोगी सहित करिब २० जना सहभागी थिए । महशिकार गर्ने चलन लोप हुन नदिनका लागि…

Read More

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले भेटवार्ता गरेका छन् । आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् । सो अवसरमा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्दै अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा गर्भनरले महत्त्वपूर्ण र उपलब्धिमूलक पहल गर्ने विश्वास व्यक्त गरे । नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पु¥याउने बताए । उनले वित्तीय क्षेत्रको…

Read More

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गरेको छ । आज (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १८औं गभर्नरमा डा. पौडेललाई नियुक्त गर्ने निर्णय लिएको हो ।

Read More

ढोरपाटन (बागलुङ) । बढ्दो बसाइँसराइका कारण बागलुङको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती सुनसान बन्दै गएका छन् । धमाधम स्थानीयले गाउँ छाड्न थालेपछि खेतीयोग्य जमिन बाझिँदै गएका छन्भने घर जीर्ण बन्दै गएका छन् । सेवासुविधाको खोजीमा गाउँबाट शहर बजार झर्ने प्रचलन बढेको हो । जिल्लामै सबैभन्दा बढी बसाइँसराइ हुने पालिकाका रुपमा जैमिनीलाई लिइन्छ । जैमिनीबाट पछिल्लो दुई वर्षमा ४८२ घरपरिवारका एक हजार ७०९ जनाले गाउँ छाडेका छन् । विसं २०८० मा २६३ घरपरिवारका ९४७ जनाले बसाइँसराइ गरेका छन्भने विसं २०८१ मा २१९ घर परिवारबाट ७६२ जनाले गाउँ छाडेका छन् । दुई वर्षको अवधिमा २६ घरपरिवारका ८६ जना बाहिरबाट जैमिनी आएको नगरपालिकाले जनाएको…

Read More

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आगामी असार मसान्तभित्र सबै स्थानीय तहलाई जग्गाको वर्गीकरणको काम सक्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले तोकिएको समयसीमाभित्र जग्गाको वर्गीकरण नहुने हो भने विभिन्न समस्या देखा पर्ने उल्लेख गरे । ‘सबै पालिकालाई आगामी असार मसान्तसम्म जग्गाको वर्गीकरण गरिसक्न भनिएको छ । यदि त्यो बेलासम्म वर्गीकरण भएन भने कित्ताकाट रोकिन्छ । किनबेच र अंशबन्डा बन्द हुन्छ,’ उनले भने । मन्त्री अधिकारीले घरजग्गासम्बन्धी काम सहज बनाउन तथा भूमिहीन, सुकुमबासी र…

Read More

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक उच्च अंकले बढेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको सेयर बजार आज उच्च अंकले बढेर कारोबार बन्द भएको हो। आज सेयर बजार परिसूचक ४९ दशमलव ०९ अंकले बढेर २६७७ दशमलव ४५ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.८६ प्रतिशतले धेरै हो । गभर्नरमा डा. विश्व पौडेल नियुक्त हुने पक्का भएसँगै सेयर बजारमा हरियाली देखिएको हो । आज सेयर बजारमा २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको मात्रै घटेको छ । एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव…

Read More

रुपन्देही । कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनी आज आफैं हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ । चौधरी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

Read More