Author: सूचनापाना

कोशीटप्पु वन्यजन्तु आरक्षले आइतबारदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ । आरक्षले सप्तकोशीमा पाइने डल्फिनको गणना प्रत्येक वर्ष गर्दै आएको छ । यहाँ पाइने गँगेटिक प्रजातिको डल्फिनको गणना यस वर्ष आरक्षले सुरु गरेको हो । सप्तकोशीमा सन् २०२२ देखि नियमित रूपमा डल्फिनको गणना हुँदै आएको कोशीटप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए । उनले यस वर्ष राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय तथा काठमाडौंस्थित हिमालयन नेचर संस्थालगायतको प्राविधिक सहकार्यमा सुरु गरिएको बताए । उनले चेतनशील स्तनधारी जलचरको रूपमा चिनिने डल्फिन दुर्लभ मानिने जानकारी गराए । आरक्षका अनुसार गंगासागरबाट कोशी नदीसम्मको यात्रा गर्ने यी डल्फिन…

Read More

पर्वत । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न कुश्मा बजारमा बनाइएको घण्टाघर दुई वर्षदेखि प्रयोगविहीन छ। कुश्मा नगरपालिकाको मुख्य योजनाअन्तर्गत वडा नं ५ बञ्जिसाइडमा बनाइएको यो घण्टाघर अझै पूर्ण भएको छैन। नगरपालिकाले ८० लाख रुपैयाँ खर्चेर बनाएको यो संरचनामा ताला लगाइएको छ र बाहिरी भाग जीर्ण बन्दै गएको छ। स्थानीय व्यवसायी बमबहादुर पुनले पर्यटक आकर्षित गर्न बनाइएको घण्टाघर प्रयोगमा नआएको बताए। ‘यो घण्टाघर वरपरका घरभन्दा पनि होचो बनाइएको छ,’ उनले भने। आर्थिक वर्ष २०७७/७८ को बजेटबाट सुरु भएको यो संरचना निर्माणअघिदेखि नै विवादमा थियो। कुश्मा–५ का वडाध्यक्ष रामहरि चापागाईँले अघिल्लो कार्यकालमा जनप्रतिनिधिले यो बनाएकाले सबै जानकारी नभएको बताए। ‘दुई वर्षअघि…

Read More

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ। गीतकार तथा साहित्यकार समेत रहेका रसिकको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा आज (आइतबार) दिउँसो निधन भएको संगीतकार वसन्त मुकारुङले जानकारी दिए। मुकारुङका अनुसार रसिककी छोरी बेलायतबाट भोलि नेपाल फर्किएपछि अन्तिम संस्कार गरिनेछ। अहिले उनको शव टिचिङ अस्पतालमा राखिएको छ। ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए । उपचारकै क्रममा भारत समेत गएका थिए । क्यान्सर अन्तिम स्टेजमा पुगेको भन्दै डक्टरले उनलाई फिर्ता गरेको थियो । तर, नेपाल आएपछि उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गरेको बताउने गरेका थिए । भोजपुरमा जन्मिएका रसिकले नेपाली गीत, संगीत, साहित्य क्षेत्रमा महत्वपूर्ण…

Read More

झापा। शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो वडाका नौ जना किसानले नौ बिघामा खेती गरेको हर्दिनाथ–१ जातको धानको बोट सुकेको बताए । धानबाली पाक्ने बेलामा रोगको सङ्क्रमण भएपछि नष्ट भएपछि किसानले निरास भएर स्थानीय पालिका गुहारेका छन् । ‘लहलह धानका बाला झुल्न थालेको थियो,’ एक विघा १५ कठ्ठामा लगाएको धान सुकेको बताउँदै स्थानीय शिवकुमारी मैनालीले भनिन्, ‘एक्कासी के रोग आयो, एकैरातमा सबै धान सर्लक्कै सुकेर भुस सरह भयो।’ उनले हाल सुकिसकेको धानको बोटलाई खेतबाट हटाउन समेत समस्या भएको बताइन् । बर्खे धान पाकेपछि किसानले…

Read More

काठमाडौं । बंगलादेशी नागरिकलाई अपहरण गर्दै फिरौती माग्ने भारतीय गिरोह सक्रिय रहेको पाइएको छ। भिजिट भिसामा नेपाल आएका ९ जना बंगलादेशी नागरिकलाई बन्धक बनाएको आरोपमा प्रहरीले ९ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा दिल्ली घर भई ललितपुर बस्ने ३८ वर्षीय शिव सौरभ, पञ्जाबका ३२ वर्षीय दीपक कुमार, ३६ वर्षीय सन्दीप कुमार, ३८ वर्षीय जसप्रित सिंह र कानपुर घर भई पञ्जाब बस्ने ६४ वर्षीय रमेश जाधव रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पछिल्लो पटक ललितपुर-१५ स्थित घरमा एक जनालाई बन्धक बनाएको घटनामा भारतीय नागरिकहरू पक्राउ गरिएको हो। पक्राउपछि अनुसन्धान थाल्दा ९ जना…

Read More

काठमाडौँ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले सफाइ दिएपछि कांग्रेस पूर्वसांसद आफताब आलम छुटेका छन् । ललितपुरस्थित नख्खु कारागारमा रहेका आलमलाई बुधबार साँझ रिहा गरिएको हो । रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद आलमलाई जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर बुधबार उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले रिहा गर्न आदेश दिएको थियो । न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो । जिल्ला अदालत रौतहटको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पुगेका थिए । उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्‍न दिएको आदेश सदर गरेको थियो । रौतहटको राजपुरमा भएको…

Read More

काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि प्रदर्शन हुने भनिएको चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको छ । देशको विषम परिस्थितिका कारण तत्काललाई प्रदर्शन रोकिएको निर्देशक दिनेश राउतले जानकारी दिए । “पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै नेपाल तथा नेपाल बाहिरका सबै देशमा हाललाई प्रदर्शन स्थगित गरेका छौँ । हामीले उपयुक्त समयमा प्रदर्शन गर्ने तयारी गरेका छौँ”, निर्देशक राउतले भने। सहकारी संस्थाको रकम अपचलन भएको विषयमा तयार गरिएको चलचित्र ‘महाभोज’मा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले…

Read More

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर चुलिएको राजनीतिक विवादको बीचमा गृहमन्त्री रमेश लेखकको राजीनामा अब तत्कालको एजेन्डा नरहने स्पष्ट भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बालुवाटारमा बसेको सत्तारुढ एमाले र नेपाली कांग्रेसका शीर्ष नेताबीचको छलफलले यस्तो निष्कर्ष निकालेको हो। छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री लेखक र एमालेका प्रमुख सचेतक महेश बर्तौलाको उपस्थिति थियो। छलफलपछि महेश बर्तौलाले जानकारी दिएअनुसार, गृहमन्त्री लेखक आजकै संसद बैठकमा आफूमाथि उठेका आरोपको जवाफ दिने तयारीमा छन्। सरकारले लेखकमार्फत संसदमा औपचारिक धारणा राख्ने तयारी गरेको छ। त्यसका लागि संसदको समय मागिने र त्यसकै भरमा राजीनामाको मागलाई तत्काल टार्ने रणनीति अपनाइने संकेत…

Read More

बुटवल । रूपन्देहीको बुटवलमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् । बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो । सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । मृतक दीपाका पूर्व पति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल…

Read More

म्याग्दी सदरमुकाम बेनी बजारमा खानेपानी वितरण हुँदै आएको आयोजनाको क्षमता विस्तारसँगै जल शुद्धीकरण गर्ने संरचना निर्माण भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २ करोड ४६ लाखको लागतमा बराहपाखोमा पानी शुद्धीकरण गर्ने नौ लाख लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरेको हो । बेनी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष रमेश गिरीका अनुसार मुहानबाट ल्याएको पानीलाई दुई चरणमा शुद्धीकरण गरेर उपभोक्तालाई आपूर्ति गरिने छ । पाइपलाइनबाट ल्याइने पानीलाई तीन लाख ५० हजार लिटर क्षमताका ‘सेडिमेन्टेसन’ ट्याङ्कीमा सङ्कलन गरिने छ । २०६३ मा नगर विकास कोषबाट ऋण लिएर आयोजना निर्माण गरिएको थियो । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत बेनी नगरपालिका…

Read More