Author: सूचनापाना

काठमाडौँ । मौसम अनुकूल भएसँगै आईतबार एकैदिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त यामको जारी आरोहणमा एकै दिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ । सगरमाथाको आधारशिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले आईतबार धेरै आरोहीले सगरमाथा चढेका हुन् । विभागका निर्देशक हिमाल गौतमले भने, “मे १८ तारिखका दिन ‘म्याक्सिमम समिट प्लान’ थियो । त्यसैले धेरै सङ्ख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन् । सगरमाथा आरोहणको सुरुका केही दिन आरोहण अवरुद्ध भएपनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेका छन् ।” विभागको तथ्याङ्कअनुसार वसन्त ऋुतमा हालसम्म ४७ आरोही समूहका ८६…

Read More

गोरखा । दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन्। तीस वर्षीया उनीसँगै छरछिमेकका अन्य छोरी बुहारी पनि एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन्। बारपाक सुलिकोट गाउँपालिका–२ दलितबस्तीका महिला यसरी बिहान झिसमिसेमा र मध्यरातमा शौचालय धाउनुपर्ने कारण शौचालय अभावले हो। यहाँ २१ परिवारका लागि एउटमा मात्र शौचालय छ। बारपाकको पुछारमा रहेको दलितबस्ती हरेक हिसाबले पिछडिएको छ। वि.सं. २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पपछि हालसम्म पनि यहाँका बासिन्दा अझै त्रिपालमुनि बास बस्दै आएका छन्। दलितबस्तीमा मुख्य समस्या शौचालयको रहेको छ। एक्कास घरधुरी रहेको दलितबस्तीमा जम्मा एउटा मात्र शौचालय छ। त्यो पनि जीर्ण अवस्थामा छ। राम्रोसँग ढोका पनि लाग्दैन। सिङ्गो…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि पर्यटन महत्वपूर्ण आधार रहेकाले यसको विकास प्रवर्द्धनमा सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकको प्रादेशिक सरोकार समयम उनले धार्मिक पर्यटन प्रवर्द्धन गर्न सके गण्डकी प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । पर्यटनलाई प्राथमिकता दिनसके देशको आयवृद्धि हुने उनको विश्वास छ । नेकपा (एमाले) का सांसद तुलसाकुमारी दाहालले संविधानअनुरुप बन्नुपर्ने प्रदेश कानुन बनिसकेको र त्यसको कार्यान्वयनका लागि सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताइन् । उनले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारको बलियो समन्वय आवश्यक रहेको औँल्याइन् । सांसद दाहालले मधेसका आठ जिल्लालाई अन्न भण्डारको रुपमा विकास…

Read More

काठमाडौँ । नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्न लागेको छ । विषेशगरी नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कट र यसले पारेको वित्तीय असरका उदाहरणहरु प्रस्तुत गर्दै अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नका लागि संवाद आयोजना गर्न लागिएको हो । संवादको तयारी व्यापक रुपमा अगाडि बढिरहँदा केही सरोकारवालाहरु भने संवादले जलवायु सङ्कट व्यवस्थापनमा लगानीको जोहो हुनसक्ने भन्दै उत्साहित देखिन्छन् । तर केही सरोकारवालाहरुले भने प्रत्यक्ष रुपमा लगानीको प्रतिबद्धता नआए पनि कूटनीतिक सम्बन्ध बढ्नसक्ने र भविष्यमा नेपालले अन्तरराष्ट्रिय जलवायु कोषमा सहज पहुँच स्थापित हुन संवादले सहयोग गर्नसक्ने बताएका छन् । जलवायु न्यायको सुनिश्चितताका लागि ठोस लगानी आवश्यकपर्ने भन्दै…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बेलुका ६ बजे बैठक बस्ने बताइएको छ । बैठकले गभर्नर सिफारिस समितिको रिक्त सदस्य नियुक्ति गर्ने बताइएको छ । समितिका सदस्य डा.विश्व पौडेलले गभर्नर बन्ने रेसमा पदबाट राजीनामा दिएका थिए । नेपाल राष्ट्र बैंक गत चैत २४ गतेदेखि भर्नरविहीन अवस्थामा छ । कानूनतः गभर्नको कार्यकाल सकिनु एक महिना अगावै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको छ ।

Read More

मोरङ । मोरङमा वैवाहिकस्थलमा हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा दुई महिलाको मृत्यु भएको छ। वैवाहिक कार्यक्रम चलिरहेको ठाउँमा गीत गाइरहेका दुई महिलाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। गए राति रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगीमा वैवाहिक कार्यक्रम चलिरहँदा हावाहुरी चलेको थियो। हुण्डरीको कारण लच्किएको जग्गेको बाँसले हाइ टेन्सन लाइनमा छुँदा कार्यक्रमस्थलमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ। हावाहुरीको कारण घरमा गाडिएको बाँसको लिंगो हाइटेन्सन लाइनमा जोडिँदा दुर्घटना भएको प्रहरीको भनाई छ। करेन्ट लागेर रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीका सतारुलाल गनगाईकी श्रीमती ७१ वर्षीया सूर्यदेवी गनगाई र जतरुलाल गनगाईकी श्रीमती वर्ष ७० की रामुदेवी गनगाईको मृत्यु भएको हो । करेन्ट लागेर…

Read More

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन् । साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पूर्जा बनाउन सकेका थिएनन् । जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पूर्जा पाएका थिएनन् । “आफ्नो नाममा जग्गा ल्याउन ३५ वर्षसम्म कुर्नपरयो”, स्थानीय रामबहादुर दनुवारले भने । उनले नगरप्रमुख महेश खरेलबाट १४ आना दुई पैसा क्षेत्रफल जग्गाको पूर्जा लिएका हुन् । लालपूर्जाविहीनका लागि स्थानीय अगुवाले वर्षौँदेखि पूर्जा दिलाउन प्रयास गरेका थिए । छब्बीस परिवारलाई नगरप्रमुख खरेलले पूर्जा वितरण गरेका हुुन् । खाँडका…

Read More

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा तामाखानी उत्खननका लागि खोजतलास सुरु भएको छ । खानी तथा भूगर्भ विभागले अनुमति दिएपछि खोजतलास सुरु भएको हो । तमानखोलाको दर्जनौँ स्थानमा तामाखानी छन् । त्यहाँ रहेको तामाखानीहरु विसं १९८१ सम्म सञ्चालनमा थिए । सरकारले खानीलाई करको दायरामा ल्याएपछि बन्द भएका थिए । खानी तथा भूगर्भ विभागले अध्ययन तथा अनुसन्धानका लागि २०८४ असोज १४ गतेसम्मका लागि अनुमति दिएपछि खानीको खोजताल सुरु भएको हो । हाल विकप्लस मिनिलर प्रालीले नर्जाखानीका विभिन्न ठाउँमा खानीको खोजतलास गरिरहेको छ । उक्त क्षेत्रमा सतहमा तामा सामान्य रुपमा देखिएको विकप्लस मिनिलर प्रालीका भूर्गवशास्त्री बलराम कार्कीले जानकारी दिए । उनका अनुसार…

Read More

काठमाडौं । नुवाकोटमा त्रिशूली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन्। मंगलबार साँझ नुहाउने क्रममा दुई बालिका नदीमा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। बेपत्ता हुनेमा बेलकोटगढी नगरपालिकाका–७ की ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा रहेका छन्। ‘उनीहरु बेलकोटगढी–७ कचौडे भिरस्थित नदीमा नुहान र लुगाधुन भनेर मंगलबार साँझ गएका रहेछन्,’ एसपी रेग्मीले भने, ‘दुई बालिका त्रिशूलीमा बेपत्ता भएको जानकारी पाउना साथ हाम्रो टोली खोजीमा जुटेको हो । रातिसम्म खोज्दा पनि फेला परेनन्। आज पनि बिहानैबाट खोजी कार्य सुरु भइसकेको छ।’ दुई बालिका र नौ वर्षीय एक बालक नुवाउन र लुगाधुन भनेर नदीमा…

Read More

काठमाडौँ । वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै ५१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धानकार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । ‘बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितहरूको उजुरीका आधारमा निज दुई जनालाई पक्राउ गरिएको हो,’– उनले भने । पक्राउ परेकामध्ये साउदले तीन जनालाई आयरल्याण्ड पठाउने भन्दै ४१…

Read More