Author: सूचनापाना

बनियानी । झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति भएको छ । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी–७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्ण रुपमा नष्ट हुँदा करिब रु ५१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । हावाहुरीले बाह्रदशी–७ का १५ घरपरिवारले लगाएको केराको बोट ढलेको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक बलबहादुर राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज स्थलगत अनुमगन गरी क्षतिको विवरण सङ्कलन गरेको प्रवक्ता खड्काले बताए । हावाहुरीले झापा मेचीनगर नगरपालिका–१५ गाइनाबारीस्थित मेचीनगर–१० धुलाबारीका कपिल क्षेत्रीलगायतले सामूहिक रुपमा सञ्चालन गरेको…

Read More

चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका—१७ का १८ वर्षीय कुमार नेपाली रहेका छन् । मझुवास्थित नदीमा डुबेर बेहोस भएका उनलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएकामा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

Read More

जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दा बढी बिरामी परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएराति ठेरा कचुरीमा पुगेको जन्ती स्वयम्बर सकिए पछि खाजामा बुनियाँ, रसबरीलगायतका अनिय मिस्ठान्न खाएको केही समेय पछि पेट दुख्ने, बान्ता हुने, कमजोर हुन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख उमेश यादवले बताए। साठी जनाभन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताए। केही भने उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् । ‘खाजामै प्वाइजन भएर बिरामी परेको हाम्रो अनुमान छ । घटनास्थल पुगेर हामीले खाजाको नमुना ल्याएका छौँ । परीक्षणका…

Read More

दाङ । सानीभेरी गाउँपालिका १० तिमिलेमा सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । लुम्बिनी प्रदेश ०२००१ च ०१७७ नम्बरको स्कोरपियो कार दुर्घटना भएको हो । सानीभेरी–१० सार्कीमारे स्थायी ठेगाना भई हाल दाङमा बस्दै आएका ५० वर्षका नरबहादुर ओलीको घटनास्थालमै र उनकी श्रीमती ४४ वर्षकी लीला ओलीको उपचारका लागि चौरजहारीतर्फ लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी प्रमुख डीएसपी प्रमेश विष्टले बताए । नरबहादुरकी माइली आमा र चालक दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । उनीहरुको चौरजहारीको मिसन अस्पतालमा उपचार भइरहेको छ । दाङबाट कुलपूजामा सहभागी हुन गाउँ गएका चालकसहित ४ जना सवार डबल क्याप स्कोरपियो आज दिउँसो २ बजेतिर…

Read More

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले भोलि सोमबार र पर्सी मंगलबार सार्वजनिक बिदा दिएको छ । पालिकाले आज एक सूचना जारी गर्दै दुई दिने बिदा दिइएको जानकारी गराएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले जारी गरेको पत्रमा भनिएको छ ‘पालिकामा किराँत लगायत अन्य समुदायले मनाउने उभौली पर्व (स्याँदर पिदार) को अवसरमा ३० र ३१ गते थप २ दिनका लागि गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार स्थानीय पर्व बिदा दिइएको’ छ । भोलि सोमबार २९ गते उभौली पर्वमा नेपाल सरकारले समेत बिदा दिँदै आएको छ । सरकारी बिदासँगै उमाकुण्डमा स्थानीय बिदा समेत थपेर बिदा दिएको जानकारी गराइएको हो । उमाकुण्डमा भोलि…

Read More

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा ‘नेपाल सरकार र कोरिया सरकारबीच यस्तो सम्झौता भएको र भगिनी सम्झौता कायम गरेका स्थानीय तहले मन्त्रालयमा सम्पर्क गर्नू’ भन्ने बेहोराको पत्र प्रेसित भएको भेटिएपछि मन्त्रालयले यसबारे स्पष्टीकरण सार्वजनिक गरेको हो । यसअघि मन्त्रालयले माघ २०८१ मा समेत स्पष्टीकरण सार्वजनिक गर्दै यस्तो सम्झौता नभएको बताएको थियो । ‘यस विषयमा मन्त्रालयबाट कुनै निर्णय नभएको, मौसमी कामदारका विषयमा हालसम्म कुनै मितिमा कुनै पनि सूचना आह्वान नभएको तथा आधारहीन र तथ्यहीन विषयमा मन्त्रालयको लेटरहेड र छापको दुरुपयोग गरिएको हो,’ मन्त्रालयले भनेको छ…

Read More

घोराही । घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिएका छन् । उनले १३ बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएका छन् । खड्काले व्यावसायिक रूपमा तरकारीखेतीमा लागेको १० वर्ष भयो । बुबाले गरेको कर्मलाई नै मार्गदर्शन मानेर खड्काले सुरुमा थोरै मात्रामा खेती गर्दै आएको भए पनि व्यावसायिक रूपमा लागेपछि ठूलो परिमाणमा खेती गरेका हुन् । तरकारीखेती गर्दै जाँदा लगाउने आधुनिक तरिकाबारे सिक्दै गएकाले उत्पादन प्रतिवर्ष बढ्दै गएको उनको भनाइ छ । किसान खड्काले खेती गर्दै जाँदा यसमा धेरै कुराको अनुभव बटुल्न पाएको बताए। “स्वदेशमा बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ गर्दै…

Read More

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा अलपत्र परेका नेपालीको तत्काल उद्धार गर्न माग गरेका छन् । बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले साउदी अरेबियाको जुबेलमा चार सय ६९ नेपाली बन्धक बनाइएको भन्दै उनीहरूको तत्काल उद्धारका लागि सरकारसँग माग गरे । उनले विदेशी भूमिमा बन्धक बनाइएका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानार्कषण गराए । वैदेशिक रोजगारीमा जाने नेपालीहरू निरन्तर ठगीमा परिरहेकातर्फ सचेत गराउँदै विदेशी मुलुकमा समस्यामा रहेका नेपालीको समयमा उद्धार गर्न माग गरे । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले श्रमिकको हकहितको संरक्षण गर्दै समग्र श्रम क्षेत्रको…

Read More

काठमाडौँ । पर्वतीय धरातलले प्रदान गरेको प्राकृतिक सौन्दर्य र जैविक विविधता, उच्च हिमाल र आकर्षक पदयात्रा मार्ग, सांस्कृतिक सम्पदा, धार्मिक र अध्यात्मिक गन्तव्य, साहसिक खेलका साथै अतिथि देवो भवःको जनभावनाले गर्दा नै नेपाल विश्वपर्यटक मञ्चमा आकर्षक गन्तव्यका रुपमा रहँदै आएको छ । यो उचाइमा पुर्‍याउने यहाँको हिमाली क्षेत्रका प्राकृतिक सम्पदाहरु र त्यहाँका बासिन्दाको महत्वपूर्ण भूमिका रहेको छ । पछिल्लो समय रसुवाको माथिल्लो भेगको वातावरण र जनजीवनमा नपत्याउने परिवर्तनहरु देखापरेका छन् । आमाछोदिङमो गाउँपालिकाका रसुवा जिल्लाका पाँच वटा गाउँपालिकामध्ये उत्तर–पश्चिममा रहेको छ । उत्तरमा चीनको तिब्बतसँग सीमा जोडिएको ६८३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस पालिकाको जनसङ्ख्या ६५०० रहेको छ । प्राकृतिक…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भने, “पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूर्ण हो ।”

Read More