Author: सूचनापाना

दोधारा चाँदनी (कञ्चनपुर) । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारै पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । शान्त वातावरण, ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै वन्यजन्तु हेर्न मिल्ने भएकाले पनि स्वदेशी तथा विदेशी पर्यटकहरुको रोजाइ शुल्लाफाँटा हुने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किलोमिटरको दूरीमा शुक्लाफाँटामा ठूलो घासे मैदान (फाँट) छ । विश्वकै सबैभन्दा ठूलो घाँसेमैदानमा पनि यसको विशेषता हो । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ । यहाँ घुम्न आउने आगन्तुकहरुलाई फाँटामा बाह्रसिङ्गाले स्वागत गर्छन् । बाह्रसिंगाको टाउकामा सिङका छ–छ वटा हाँगा हुन्छन् । आँखै अगाडि…

Read More

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ । आइतबार काठमाडाैंमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाबीच भएको छलफलमा मुलुकभित्रै सवारीचालक अनुमतिपत्र छाप्न सक्ने विषयमा अनौपचारिक सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । छलफलमा मन्त्रीद्वय, सञ्चारसचिव राधिका अर्याल, यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, केन्द्रका कार्यकारी निर्देशक ढुंगानालगायत कर्मचारीको उपस्थिति थियो । सञ्चारमन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीचालक अनुमतिपत्र छाप्ने विषय अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै यसका लागि प्राविधिक र जनशक्तिको प्रबन्ध गर्ने प्रतिबद्धता जनाए…

Read More

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आइतबार सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । नीति तथा कार्यक्रमबारे सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जवाफ दिएका थिए । यही वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो । त्यसमा वैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो । छलफलको अन्तिम दिन आज प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका हुन् । आजको बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी…

Read More

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेका छन् । ट्रम्को दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन् ।ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुशी भएको बताएका छन् । ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले भनेका छन् । तर, यसबारे भारत र पाकिस्तानले प्रतिक्रिया दिइसकेका छैनन् । दक्षिण एसियामा आणविक शक्ति सम्पन्न यी दुई छिमेकी चार दिनदेखि हानाहान गरिरहेका छन् । उनीहरूले युद्ध घोषणा नगरे पनि लडाइँ सघन हुन थालेको छ । पछिल्लो अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय…

Read More

सुनसरी । सुनसरीको दुहबीमा पिकअप दुर्घटना हुँदा एक प्रहरी सहायक निरीषकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुहबी नगरपालिका–३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरी–विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२–०१–००१च ०२५१ नम्बरको दाउरा बोकेको पिकअप भ्यान आफै अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौँ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत उदयपुर त्रियुगा नपा ८…

Read More

मुस्ताङ । उत्तरी चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा धमाधम राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ । उपल्लो मुस्ताङमा बसोबास गर्ने नागरिकलाई जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले शुक्रबारदेखि उपल्लो मुस्ताङमा दुई दिने राष्ट्रिय परिचयपत्र वितरण शिविर सुरू गरेको छ । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट (राजु) र उपाध्यक्ष छिरिङ ल्हामो गुरूङको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मुस्ताङअन्तर्गत राष्ट्रिय परिचय पत्र शाखाले लोघेकर दामोदरकुण्ड गाउँपालिका केन्द चराङमा पुगेर तीन सय २५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी…

Read More

गोरखा । शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाइ । पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा पुग्दा सुरुमा कतिपय झुक्किए, शिक्षक हुन् कि परीक्षार्थी भनेर । तर, उनी हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षार्थी हुन । यहाँस्थित भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत उनी हाल अमरज्योति जनता मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् । कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट १० परीक्षार्थीभित्र परेका विकलाई कक्षा १२ पनि सजिलै उत्तीर्ण गर्छु भन्ने आत्मविश्वास छ । ‘अङ्ग्रेजी विषयमा चाहिँ एक दुई वटा वटा प्रश्नका उत्तर लेख्न सकिँन, तर फेलै चाहिँ भइन्न…

Read More

काठमाडौँ । नेकपा (एमाले) ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट विनियोजन गर्न माग गरेको छ । सो पार्टीको कृषि तथा पशुपक्षी विकास विभागको आज ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने विभाग प्रमुख केदार न्यौपानेले बताए । ‘कृषिमा रूपान्तरणकारी परियोजनाका रूपमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनःसंरचना गर्ने, नीति कार्यक्रममा घोषणा भएअनुसार कृषिमा आत्मनिर्भर, रोजगार, स्थानीय उद्यमशीलता वृद्धि गर्नेगरी ठोस कार्यक्रम ल्याउनुपर्ने, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रित ‘विशेष कृषि विकास परियोजना’ घोषणाका लागि कृषि क्षेत्रमा न्यूनतम १० प्रतिशत बजेट विनियोजन गर्नुपर्दछ,’– उनले…

Read More

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । उनले बागमती, विष्णुमति, रुद्रमतिलगायत नदीनालालाई स्वच्छ बनाउन सर्वप्रथम तिनमा ढल मिसाउन नदिने आफ्नो प्रयास रहेको बताए । आज बानेश्वर हाइट खानेपानी उपभोक्ता समितिले आयोजना गरेको ‘डिप बोरिङ’ पानी शुद्धीकरण उद्घाटन गर्दै उनले नदीनालामा ढल मिलाउन नपाइने बताए । उपप्रधानमन्त्री सिंहले बागमतीलाई स्वच्छ बनाउन सहरी विकास मन्त्रालयले प्राविधिकसहित जनशक्ति परिचालन गरेको जानकारी दिँदै देशका विभिन्न भागमा सञ्चालित खानेपानी आयोजना समयमै पूरा गर्न नागरिक तहबाट पनि अनुगमन गर्नुपर्नेमा जोड दिए ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन सम्वद्र्धन गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखहरुको महत्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने बताए । ‘हरियो वन, नेपालको धनको नारा पुरानै भए पनि धनको रुपमा वनको सदुपयोग भएको थिएन तर अहिले हामीले एउटा संकल्प लिएका छौँ किन वनको विनास हुन नदिएर सौर्यमण्डलको सार्थकताका लागि वन संरक्षण गरेर कसरी उपयोग गर्न सकिन्छ भनेर लागेका छौँ…

Read More