Author: सूचनापाना

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज (बिहीबार) सुनको भाउ तोलामा ६०० रुपैंयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९२ हजार २०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९५५ मा बेचबिखन भइरहेको छ। बुधबार प्रतितोला सुन रु एक लाख ९१ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ मा खरिदबिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाल दुग्ध विकास संस्थानले किसानले बेचेको दूधको पैसा ६ महिनादेखि नदिएको भन्दै दिने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद सापकोटाले ६ महिनादेखि दूधको पैसा नपाएपछि किसानलाई पशु पाल्न गाह्रो भएको भन्दै रकम भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

Read More

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो । सचिवालयका अनुसार आजको बैठकमा सरकार ल्याएको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि गत सोमबारदेखि निरन्तर छलफल भइरहेको छ ।

Read More

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण नेपालमा सम्भावित असरलाई मध्यनजर गर्दै केन्द्रीय सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको छ। आज दिउँसो गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा भारत–पाकिस्तान तनावका कारण नेपालमा पर्न सक्ने प्रभावबारे छलफल भएको मन्त्री लेखकको सचिवालय स्रोतले जानकारी दिएको छ । छलफलमा सीमा क्षेत्रमा निगरानी र जाँच कडा पार्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउने र अवैध घुसपैठ रोक्न समन्वयात्मक रणनीति अपनाउने विषयमा निर्णय भएको छ । बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विराजभक्त श्रेष्ठले सरकारले नीति तथा कार्यक्रममार्फत कांग्रेसलाई पनि एमालेकरण गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै श्रेष्ठले दुई पार्टीमा फरक नदेखिएको बताएका हुन्। दुई ठूला दल सैद्धान्तिक र व्यवहारिक रूपमा एउटै भएको र सरकारले कांग्रेसलाई पनि एमालेकरण गरेको श्रेष्ठको भनाइ थियो। ‘अहिले एमाले सरकारलाई बधाई दिन चाहन्छु किनभने यो पाला कांग्रेसलाई एमालेकरण गर्दिनु भएको जस्तो लाग्छ । सुखी नेपाली समृद्ध नेपाल अब यो संसद्ले स्वीकार गरिसकेको छ,’ उनले भने। एमालेको समृद्धि नेपाल सुखी नेपालको नारा कांग्रेस र एमाले गठबन्धनको सरकारले स्वीकार…

Read More

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले बुधबार जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक थापालाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।

Read More

सर्लाही । नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको सघन उपचार कक्षको ढोकामा ताल्चा झुन्डिएको छ वर्ष भयो । उपचार कक्षमा एउटा आइसीयु र एक थान भेन्टिलेटर छ । तर, त्यसको प्रयोग गर्ने दक्ष चिकित्सक छैनन् । उपचार केन्द्रले विगत छ वर्षदेखि दक्ष चिकित्सक भर्ना गर्न पटकपटक सूचना आह्वान गर्दा कोही चिकित्सक भर्ना हुन आएका छैनन् । विज्ञापन गर्दा कहिले आवेदन नपर्ने, कहिले छनोट भएका चिकित्सक नियुक्ति लिनै नआउने गरेका केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताए। सर्पको बिगबिगी हुने महिनामा केन्द्रमा दैनिक ठूलो सङ्ख्यामा बिरामी आउने गरेका छन् । सर्पले डसेर आएकामध्ये जटिल प्रकृतिका बिमारीलाई तत्काल आइसीयु र भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने हुन्छ…

Read More

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण भारत र पाकिस्तानबीच युद्ध सुरु भएको भन्दै यसले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावहरूका बारेमा नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउन अनुरोध गरे । उनले दक्षिणपूर्वी एसियाली मुलुकमा द्वन्द्व चर्किएको र यतिबेला राष्ट्रिय राजनीतिक दलको एकता जरुरी भएको औँल्याए । संविधान संशोधन, सङ्घीयताको सवलीकरण, संस्कृतिको संरक्षण र प्रवर्द्धनलगायत विषयमा सबै दलहरूबीच न्यूनतम सहमति गरी आमजनतालाई आशा जगाउनुपर्नेमा उनले जोड दिए । सांसद गौतमले राष्ट्रिय निकुञ्ज…

Read More

काठमाडौं । काठमाडौंको न्युरोडस्थित विशाल बजारबाट हुण्डी कारोबारको ४० लाख ३२ हजारसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको कलकता घर भई हाल काठमाडौँ महानगरपालिका–२३ ओमबहाल बस्दै आएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भइ काठमाडौँको चन्द्रागिरि–१५ तीनथाना बस्दै आएका ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । विशाल बजारको भुइँतलामा रहेको पसलबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २ थान मोबाइल र विभिन्न सहकारी संस्थाका चेकबुक र पासबबुक बरामद भएको जिल्ला प्रहरी एसपी बोहराले बताए ।

Read More

काठमाडौं । व्यापारी अमित अग्रवाल कारागार चलान भएका छन्। हिजो काठमाडौं स्वयम्भूबाट पक्राउ परेका उनी जरिवाना तिर्न नसकेपछि कारागार चलान भएका हुन्। जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो । २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख जरिवाना हुने फैसला भएको थियो । अदालतले तोकेको डेढ करोड जरिवाना तिर्न नसकेपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर गर्दै कैद र…

Read More