Author: सूचनापाना

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो कार्यकालमा जिल्ला आउँदा भन्दा जाने बेलामा बढी शुभकामना र बधाई दिने गरी काम गर्ने बताएका छन् । रामेछापका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि सोमबार जिल्ला स्थित पत्रकारहरूसँग परिचयात्मक कार्यक्रम सिडिओ थापा भने, “अहिले म धेरै कुरा भन्दिन । तर ढुक्क हुनुहोस् मेरो कार्यकालमा केही न केही देखिनेका खालका काम हुन्छन् । जिल्ला आउँदा जसरी शुभकामना दिनुभयो । जाने बेलामा पनि यो भन्दा बढी शुभकामना र बधाई दिने गरी काम गर्छु ।” उनले सरकारी कार्यालयहरूले नियम अनुसार आफूले गर्नुपर्ने सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नुपर्ने भएकाले सोही अनुसार हुने बताए । सबै कार्यालयले एकै…

Read More

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडको घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट, लिखु गाउँपालिका–३ का ७२ वर्षीय खेमराज सेढाई छन्। चैत १५ गते काठमाडौं महानगरपालिका–३२, तीनकुनेको खुला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ द्वारा आयोजित प्रदर्शनमा उक्त घटना भएको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सेढाई राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलनका समितिका सल्लाहकार हुन् । प्रहरी उपरीक्षक अपील राज बोहराले घटनाको अनुसन्धान जारी रहेको र सेढाईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । योसँगै प्रहरी हिरासतमा हुनेको संख्या ५७ पुगेको छ। प्रहरीले २५…

Read More

काठमाडौँ । सांसद रोशन कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ४० दिनसम्म हिरासतमा राख्नु न्यायसङ्गत नभएको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले लामो समय हिरासतमा राखेर सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोप लगाइन् । “मिश्रलाई ४० दिनसम्म हिरासतमा राखिनु र रेशम चौधरीलाई बिना कारण पक्राउ गर्नु कहाँको न्याय हो ?, न्यायिक छानबिन गर्न माग गरिरहेका छौँ तर सुनुवाइ भइरहेको छैन”, उनले भनिन् । सांसद राजेन्द्र पाण्डेले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चालु आर्थिक वर्षमै सुरु हुने गरी बजेट विनियोजन गर्न आग्रह गरे । “आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको…

Read More

नवलपरासी । यहाँको गैँडाकोट नगरपालिका–३ केलादीमा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ । आज स्थानीय जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका दुई किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–८ बस्ने १६ वर्षीय प्रमिशन पाठक र भरतपुर–४ धर्मचोकका १६ वर्षीय शिशिर पन्त रहेका छन् । साथीहरूसँग जुक्तिखोलामा पौडी खेल्न गएका किशोर डुबेर बेपत्ता भएकामा प्रहरी टोलीले खोजी गर्दा दुवै जनाको शव फेला परेको हो ।

Read More

भक्तपुर । भूमि चाँगुनारायण नगरपालिका–७ वागेश्वरीको वागेहिटीमा रहेको तीनतले अद्भुत शिवलिङ्गको नामाकरण गरिएको छ । वागेहिटी मन्दिरमा चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गरेको बृहत् छलफल एवं शिवलिङ्गको नामाकरण कार्यक्रममा सहभागी धार्मिक, आध्यात्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकलगायत विद्वत वर्गको बृहत् छलफल र धार्मिक ग्रन्थका आधारमा उक्त शिवलिङ्गको नामाकरण गरिएको हो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले विद्वत वर्गको भेला एवं धार्मिक ग्रन्थ र यहाँ पाइएका अभिलेखका आधारमा आज त्रिलोकेश्वर महादेवको नामबाट नामाकरण हुँदा यो ठाउँले न्याय पाएको महसुस भएको बताए । यसको अझै अध्ययन, अनुसन्धान र खोज हुनुपर्ने बताउँदै उनले पाका पुस्ता एवं पुजारीले यहाँको धारोमा राति सेतो बाघ…

Read More

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने बताएका छन्। आज (सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने स्पष्ट पारे। उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरे। चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले दुई मुलुकबीचको सांस्कृतिक, आर्थिक, सामाजिक र ऐतिहासिक साझेदारी सधैं मजबुत रहेको बताए । पारस्परिक सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा पनि नेपाल र चीनले…

Read More

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम माथि ३७ वटा संशोधन प्रस्ताव परेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरूमा ३७ वटा संशोधन प्रस्ताव आएको जानकारी दिए । संसद्मा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि परेका संशोधनहरूमाथि आजदेखि सुरू भएको छलफलमा प्रतिपक्ष सांसदहरूले असन्तुष्टि जनाएका छन् । नीति तथा कार्यक्रमले वर्तमान समस्याको समाधान गर्न नसकेको मात्र नभई भविष्यप्रतिको स्पष्ट दृष्टिकोणसमेत नबोकेको टिप्पणी गरेका छन् । स्पष्ट योजना र दूरदृष्टिको अभाव, समावेशीता सामाजिक न्याय र सुशासनप्रतिको कमजोर प्रतिबद्धता, निराशाजनक र पश्चगामी शैली, कार्यान्वयन पक्षको अपूर्णता र अस्पष्टता,…

Read More

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण नहुने बताए । सरकारी अस्पतालले बिमाको दाबी भुक्तानी नभएको उल्लेख गर्दै कार्यक्रम रोकिन सक्ने बताइरहेका छन् । सोही प्रसंगमा मन्त्री पौडेलले भने,’बिमा कार्यक्रम रोक्ने अधिकार सरकारी अस्पताललाई छैन । कसैले बिमा कार्यक्रम रोकेको भए दर्ता नवीकरण हुँदैन ।’ उनले कार्यक्रम वापतको दाबी भुक्तानी बिमा बोर्डले छिट्टै फरफारक गर्ने जानकारी समेत दिए । उनले थपे,’हिजो मात्र रु चार अर्ब भुक्तानी भइसकेको छ, बाँकी रकम चालु आर्थिक वर्षभित्र पठाउने तयारीमा लागेका छौँ…

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य सुदन किरातीले सरकारको नीति तथा कार्यक्रम अमूर्त र अव्यबहारिक रहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको नीति तथा कार्यक्रम रामायणमा ‘हनुमानले सञ्जिवनी बुटी पत्ता लगाउन नसक्दा पहाडै बोकेर ल्याएको’ जस्तै रहेको टिप्पणी गरेका हुन् । नीति तथा कार्यक्रममा झट्ट हेर्दा धेरै कुराहरु भएपनि नयाँ र प्रभावकारी कुनै पनि रहेको बताए । उनले सरकारको नीति तथा कार्यक्रमलाई ‘काइते शब्दजालले भरिएको मनोचिन्ते झोला’ को संज्ञा दिए । साथै, प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक नभएको कुरा जताततै व्यप्त रहेको बताउँदै उनले नीति तथा कार्यक्रममा…

Read More

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम यथार्थभन्दा टाढा भएको बताएका छन् । यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आज प्रतिनिधिसभामा धारणा राख्दैँ अध्यक्ष दाहालले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको आरोप लगाए । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष दाहालले भने, “नीति तथा कार्यक्रमले न त विगतको समीक्षा गरेको छ, न वर्तमान सङ्कटसँग जुध्न सक्ने योजना बोकेको देखिन्छ । यसले जनता र राष्ट्रका गहिरा आवश्यकता सम्बोधन गर्न असमर्थ देखिएको छ ।” उनले सरकारले प्रस्तुत गरेको…

Read More