Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
ललितपुर । रवीन्द्र मिश्र लगायत आस्थाका बन्दीहरूको बिना सर्त रिहाइ माग गर्दै जारी रहेको रिले अनसनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ऐक्यबद्धता जनाएका छन् । रिले अनसन प्रति समर्थन जनाउन संयोजक सुवेदी शनिबार जावलाखेल पुगेका हुन् । रिले अनसनका सहभागीलाई सुवेदीले भेटेर आस्थाका बन्दीहरूको रिहाइ हुनुपर्दछ, मानव अधिकारको सम्मान र प्रत्याभूति हुनुपर्दछ भन्दै ऐक्यबद्धता जनाए । आस्थाका बन्दी रिहाइ गर्नुपर्ने, मानव अधिकारको सम्मान गर्नुपर्ने, हिन्दु अधिराज्य कायम गर्नुपर्ने, राजसंस्था पुनर्स्थापना गर्नुपर्ने लगायतका अनसनकारीहरूको माग छ। यसैगरी अनसनमा तीनकुने घटनामा मारिएका सुरेश रजक र सविन महर्जन प्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरिएको छ । रिले अनसन शनिबार दोस्रो…
गुल्मी । “पहिले रिडी पुग्न हिँडेर सात घण्टा लाग्थ्यो, अहिले गाडीमा आधा घण्टामै पुगिन्छ”, कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरका रामप्रसाद पाण्डेले भने, “करिडोरले हाम्रो दैनिकी बदलिदिएको छ।” कालीगण्डकी करिडोर नबन्दै हर्मिचौरलगायतका भेगका नागरिक सदरमुकाम तम्घास जान पाल्पाको सडक प्रयोग गर्नुपर्नेमा अहिले भने सिधा रिडीको बाटो प्रयोग गर्न सकिने पाण्डेले बताए। हर्मिचौरमा सिलाइ–कटाइ पसल सञ्चालन गरिरहेका वीरबहादुर दर्जीलाई पनि सामान ल्याउन करिडोर निर्माणपछि सहज भएको छ। पहिले बागलुङबाट सामान ल्याउनुपर्दा समस्या रहेकामा अहिले करिडोर निर्माणपछि बुटवल आवतजावत गर्न सहज भएको उनले सुनाए। “सामान ल्याउन र बिक्री गर्न बाटोका कारण केही समस्या थियो, करिडोर निर्माण भएपछि सहज कम मूल्यमै सामान ल्याउन सकिएको छ”, उनले…
दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित टुनापानीमा फलेको काफल सङ्कलन गरी नजिकैको तुलसीपुर उपमहानगरपालिका–३ सातबासमा थोक मूल्यमा किनबेच गर्दै महिलाहरु। टुनापानीका स्थानीय महिलाहरूले यस सिजनमा जङ्गलबाट काफल टिपेर बिक्री गरी जीविकोपार्जन गर्ने गर्दछन्।
धरान उपमहानगरपालिका-८ मा करिब २७ कठ्ठा जग्गामा तीन तले भवनसहित निर्माण भइरहेको बसपार्क । तस्बिर :सङ्गीता राई / रासस
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा केही महत्त्वपूर्ण र रुपान्तरणकारी योजना तथा कार्यक्रमसमेत परेका छन् । केही महत्त्वपूर्ण विषयलाई राससले बुँदागत रूपमा केलाएको छ ।– उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन ।– कर प्रणालीमा संरचनात्मक रुपान्तरण ।– वैकल्पिक वित्त कोष स्थापना ।– वस्तु विनिमयसम्बन्धी कानुन निर्माण ।– नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना ।– दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू ।– बैंक तथा वित्तीय…
गोरखा । खोल्सा छेउको एउटा सानो बस्ती, झुत्रो त्रिपालले ढाकेका अस्तव्यस्त जीर्ण टहरा । होचो र साँघुरो टहरोभित्रको अवस्था उस्तै । धुवाँले काला भएका भित्ता र छानो, त्यही धुवाँभित्र असरल्ल छरिएका सामान । सानो टहरोलाई पनि जस्ताले बारेर दुई भाग लगाइएको छ । टहरोमा झ्याल छैन, जस्ताको पाताले बनेको एक खापा भएको ढोका पनि जीर्ण । यही टहरोभित्र यसैवर्ष एसइई दिएकी स्थानीय १६ वर्षीया अमृता विकले हजार सपना सजाइरहेकी छिन् । बारपाक सुलीकोट गाउँपालिका–२ मा अवस्थित यो सानो झुप्रोभित्र उनीसहित सात जना ओत लागिरहेका छन् । “के गर्नु हजुर यस्तै छ समस्या । धुवाँले यहाँका बस्तुमात्र कालाम्य भएका छैनन्, म…
काठमाडौँ । सरकारले सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैअस्पताललाई अनलाइन सेवामा आबद्ध गर्नेगरी नागरिक एपलाई सुधार गरिने बताए । सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सङ््घ, प्रदेश र स्थानीय तहबीच सहकार्य गरिने उनले बताए । स्वास्थ्य प्रणालीको विकास जनसङ्ख्या, भूगोल र रोगको भारका आधारमा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । जनसङ्ख्या वृद्धि दरलाई पुनःस्थापना दरभन्दा कम हुन नदिने गरी जनसङ्ख्या नीति तर्जुमा गरिने भएको छ । साथै स्वास्थ्य र जनसाङ्ख्यिक दर्ता प्रणालीलाई एकीकृत…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा यही वैशाख २२ र २३ गते छलफल हुने भएको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि छलफल गर्न उक्त दिन निर्धारण गरिएको जानकारी गराए । उनले नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधित्वका आधारमा गर्न सांसदको नाम बैठक प्रारम्भ हुनुभन्दा एक दिन अगावै कार्यव्यवस्था शाखामा उपलब्ध गराउन आग्रह गरे । अध्यक्ष दाहालले नीति तथा कार्यक्रममाथि संशोधन राख्न चाहने दस्यले सोको सूचना यही वैशाख २१ गते बिहान ११ देखि अपराह्न २ बजेभित्र राष्ट्रियसभाको…
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनकोशी मरिन बहुउद्देश्यीय ‘डाइभर्सन’ आयोजना समयमै निर्माण गर्न निर्देशन दिएका छन् । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ‘वर्तमान ठेक्का कार्यान्वयनको अवस्था समस्या एवम् चुनौती’बारे आज जानकारी लिँदै मन्त्री खड्काले राष्ट्रिय गौरवको आयोजनालाई चाँडो निर्माण सम्पन्न गर्नेगरी समाधान खोज्न निर्माणमा संलग्न पक्षलाई निर्देशन दिएका हुन् । “सुनकोशी मरिनबारे प्रधानमन्त्रीले बारम्बार चासो राख्दै आउनुभएको छ, यो आयोजना समयमै निर्माण गर्न समाधान खोज्न जरुरी छ”, उनले भने । एउटै निर्माण व्यवसायीले धेरै आयोजना लिने र समयमै काम सम्पन्न नगर्ने प्रवृतिले विकासमा ढिलाइ भएको उनको भनाइ थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत नै रहेको भेरी…
ढोरपाटन (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारलमात्र सिकार भएको छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने अनुमति दिएको थियो । सिकार खेल्नका लागि हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एन्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका थिए । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको फागुने,…