Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
वीरगञ्ज । कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरेको तथा अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको बताए । हिरासतमा रहेका नाबालखको विवरण भने सार्वजनिक गरिएको छैन । पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए ।
जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाले दुई हजार चार सय घरको बीमा गर्ने भएको छ । कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममा छनोट भएपछि घर बीमा गर्न लागिएको हो ।गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सोही कार्यक्रमअनुसार दुई हजार चार सय घरको बीमा गर्न लागिएको जानकारी दिए । गत चैत २५ गते उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई १५ दिनको समय दिएर बीमा गर्ने विषयमा सहभागी हुन सूचना प्रकाशन गरेकामा सिञ्जा तोकिएको मापदण्डअनुसार छनोटमा परेको उनको भनाइ छ । अध्यक्ष धितालले भने, ‘कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २० लाखको बिमाङ्क बराबरको जोखिम मूल्याङ्कनबाट हुन…
गलकोट (बागलुङ) । प्लाष्टिकजन्य फोहोर व्यवस्थापनका लागि देशभरका ५६ पालिकामा अध्ययन गर्न थालेको छ । प्लास्टिकजन्य फोहोरको प्रकार, प्रकृति र व्यवस्थापनका लागि नमूनाका रूपमा देशभरका ५६ पालिकामा अध्ययन भइरहेको हो । यसको जिम्मा अभ्नी दिगोपना केन्द्रले पाएको छ । सो संस्थाका अनुसन्धाकर्ता इन्जिनियर गगन शर्माले हाल बागलुङ नगरपालिकासहित गण्डकी प्रदेशका पाँच र देशभरका ५६ स्थानीय तहमा एकैसाथ अध्ययनको काम भइरहेको बताए । वन तथा वातावरण मन्त्रालयको सहकार्यमा छ महिनाभित्र काम सक्नेगरी अध्ययन सुरु भएको उनले जानकारी दिए । यसअघि २०१३ मा एसियाली विकास बैङ्क र २०२० मा विश्व बैङ्क प्लास्टिकजन्य फोहोरको विषयमा नेपालमा पहिलोपटक अध्ययन गरिएको शर्माले बताए । “देशभरका…
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट गर्बुजालाई उक्त मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको शितल निवासले जनाएको छ । गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् । यसअघिका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गरेका थिए ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । जसअनुसार यस आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । यो उपभोक्ता मूल्यमा आधारित भई मापन गरिएको जिडिपीको आकार हो । तथ्याङ्क कार्यालयले अघिल्लो वर्षको वास्तविक र गत वर्षको संशोधित जिडिपीको आकार पनि सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब…
काठमाडौँ । विश्व शान्तिका अग्रदूत भगवान बुद्धको जन्मजयन्तीको अवसर पारेर बौद्धमा विविध कार्यक्रम गरि मनाइने भएको छ । वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको छ । सो कार्यक्रममा विश्व भरी बौद्ध महास्तुपाको अस्तुसहित विश्वशान्ति यात्रा आराम्भ गरी भगवान बुद्धको असिमित ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर पुऱ्याई समस्त नेपाललाई विश्वमाझ चिनाउने महान उद्देश्यका साथ २५६९ औं बुद्ध जयन्ती मनाउन लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । आयोजकका अनुसार परम्परागत रुपमा प्रचलित जात्रा तथा पर्व व्यवस्थापन गरिने संस्कार तथा परम्परा अनुरुप पौराणीक बुद्ध मुर्तीको ऱ्याली सहित…
तनहुँ । तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । आयोजनाको एआइए प्रतिवेदनमा आवश्यक सुझावका लागि मन्त्रालय पठाइएको हो । यसअघि आयोजनाले उक्त प्रतिवेदन विद्युत् विकास विभागमा बुझाइसकिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। आयोजनाको परीक्षण सुरुङ खन्न आवश्यक बिस्फोटक पदार्थ व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताए । प्रस्तावित विद्युत् गृह क्षेत्रको जग्गासम्बन्धी अभिलेख जिल्ला मालपोत कार्यालयबाट संकलन गरिएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार जग्गा अधिग्रहण प्रक्रियासमेत अघि बढिसकेको छ । आयोजनाका विभिन्न संरचनाका लागि आवश्यक पर्ने निजी…
रामेछाप । क्यान्सर पीडित बालिकाको उपचारका लागि प्रहरी कर्मचारीले आर्थिक सहयोग गरेका छन् । मन्थली नगरपालिका–२ टेकानपुरकी ५ वर्षीया बालिका अनु श्रेष्ठको उपचारका लागि जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी कर्मचारीहरुले ५५ हजार ५ सय ५५ रुपैँया आर्थिक सहयोग गरेका हुन् । प्रहरी कर्मचारीबाट सङ्कलित रकम जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले बुधबार बिरामीका बाबु सुमन श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै सिंहले प्रहरीको तर्फबाट अझै सकेको सहयोग हुने बताए । बालिकाको कान्ति बाल अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
काठमाडौँ । सत्ता गठबन्धन दलले काठमाडौँमा जारी शिक्षक आन्दोलन स्थगित हुने विश्वास लिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले बिहीबारदेखि पठन पाठन हुनेगरी वातावरण निर्माण गर्ने निर्णय भएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम स्थलबाटै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए । प्रवक्ता बोहोराले भने चौधरीलाई सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि पक्राउ गरिएको हो । रेशम नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रमका लागि प्रज्ञा प्रतिष्ठान परिसर पुगेका थिए । टिकापुर घटनाका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । एकताका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको छ ।