Author: सूचनापाना

डोटी । डोटीका जङ्गलमा खेर गइरहेको अल्लोलाई आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ गाउँमै अल्लो प्रशोधन तथा कपडा उत्पादन गर्न थालिएको छ । जिल्लाको बडीकेदार गाउँपालिकासँगको साझेदारीमा पशुुपति अल्लो प्रशोधन तथा मसला उद्योग प्रालिले अल्लो प्रशोधन तथा यसको कपडा बुन्ने एक महिने तालिम सञ्चालन गरेपछि महिला यस कार्यमा जुटेका हुन् । उक्त गाउँपालिका–४ काउलेबजारमा पालिकाको उद्यम विकास शाखाको अर्थिक सहयोग तथा जिआइजेडको प्राविधिक सहयोगमा गाउँपालिकाले करिब रु २० लाख लगानीमा अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादनमा सहयोग तथा तालिम दिएको थियो । अल्लो प्रशोधनका लागि उपकरण र कपडा बुन्ने तानलगायत सामग्री बडीकेदार गाउँपालिकाले उपलब्ध गराएपछि गाउँमै धागो र कपडा उत्पादन…

Read More

काठमाडौं । भारतले आफ्नो देशमा रहेका पाकिस्तानीलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । जम्मू–कश्मिरको पहलागाममा मंगलबार भएको आतंकवादी हमलापछि बुधबार बसेको केन्द्रीय सुरक्षा परिषद्को बैठकले दुई दिनको समय दिएर भारतमा रहेका पाकिस्तानीहरूलाई देश छाड्न आदेश दिएको हो । ४८ घण्टाको समयसीमा सार्क राष्ट्र विशेष भिसा (एसभिइएस) उपयोग गरी भारत आएका पाकिस्तानीहरूलाई लागु हुनेछ । भारतले त्यस्ता भिसा जारी नगर्न र जारी भएकाहरू पनि रद्द हुने निर्णय गरेको छ । बैठकपछि निर्णय सुनाउँदै भारतीय विदेशमन्त्रालयका सचिव अजय मिस्रीले अब त्यस्ता भिसाबाट पाकिस्तानीहरूले भारत यात्रा गर्न नसक्ने व्यवस्था गरिएको बताएका छन् । त्यस्ता भिसा प्राप्त पाकिस्तानीहरूलाई ४८ घण्टाभित्र भारत छाड्न…

Read More

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षा मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षा मन्त्री बनाएका हुन् । राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्री ओलीको सिफारिसमा रघुजी पन्तलाई शिक्षा मन्त्री नियुक्त गरेको जनाएको छ। शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई शिक्षा मन्त्री बनाएका हुन् । पन्तले भोलि (बिहीबार) सपथग्रहण गर्ने कार्यक्रम छ । त्यस्तै प्रधानमन्त्री ओलीले आज नै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट बर्खास्त गरेका छन् ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट बर्खास्त गरेका छन् । प्रधानमन्त्रीले बुधबार मन्त्री तामाङलाई पदमुक्त गरेका हुन् । उनलाई गृहमन्त्री रमेश लेखकले टेलिफोनमार्फत् बर्खास्तीको जानकारी गराएका थिए । तामाङलाई २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरिएको थियो। तामाङ नेपाली कांग्रेसको रामेछाप जिल्ला सभापति हुन् । उनी पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । उनी रामेछापबाट निर्वाचित भएका थिए । मन्त्रिपरिषद्को निर्णयको सार्वजनिक रूपमा आलोचना गर्दै आएका तामाङले नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा अभिव्यक्ति दिएका थिए । सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्यमन्त्री तामाङसँग रिसाएका थिए । तामाङ र…

Read More

काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर आज नेपाल आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी आज बिहान दुई दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन्। विद्युतमन्त्री खट्टरले आज दिउँसो भारत सरकारको सहयोगमा निर्माण भएको कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०-१३३-३३ केभी तुम्लिङटार सबस्टेसन, २२०÷३३ केभी बानेश्वर सबस्टेसन र २२०÷१३३÷३३ केभी बसन्तपुर सबस्टेसनको संयक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उदघाटन गर्ने कार्यक्रम रहेको छ । उनले आजै भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । सोही दिन दुई देशले संयुक्त…

Read More

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए । तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

Read More

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एसिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताएकी छिन्। बैङ्ककमा आजदेखि सुरु संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रको अध्यक्षतापछि दिएको मन्तव्यमा उनले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये अव्यवस्थति शहरीकरण पनि एक रहेको बताइन्। ‘एसिया र प्रशान्त क्षेत्रमा सहनशील र दिगो शहरी विकास’ विषयक सत्रलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा राणाले भनिन्, “शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इञ्जिन पनि हुन्। तर योजनाविहीन शहरीकरणले धेरै समस्याहरु निम्त्याइरहेको छ। त्यसैले हामीले राम्रोसँग योजनाबद्ध शहरी विकास गर्नुपर्छ।”…

Read More

रामेछाप । रामेछापका एक पुरुषले आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको खाँडादेवी गाउँपालिका–७ खाँडादेवीका पदमबहादुर तामाङले आफ्नै श्रीमती माइती तामाङको हत्या गरेका हुन् । काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–९ स्थित सानागाउँमा पदमले आइतबार राति करिब साढे ९ बजे श्रीमतीको ह’त्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरी उनी भने फरार भएका छन् । ५८ वर्षीय पदमबहादुरले २ महिनाअघि मात्रै ४५ वर्षीया माइती तामाङसँग विवाह गरेका थिए । मृतक माइती राति पूर्व पति तर्फका दुई सन्तानसँग सुतेकी थिइन् । यस्तै, ११ वर्षका छोरा र १० वर्षीया छोरी पनि घाइते अवस्थामा फेला परेका छन् । उनीहरूको काठमाडौँको ट्रमा सेन्टरमा…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नमिल्ने’मा परेको छ। सोमबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको लामिछानेको रिट ‘हेर्न नमिल्ने’मा परेको हो। आइतबार लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सोमबारका लागि पेसी तोकिए पनि हेर्न नमिल्नेमा परेको हो। यसअघि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजालसले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो। चैत ३१ गते भएको सुनुवाइमा सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो।

Read More

काठमाडौं । गभर्नर नियुक्तिलाई जोडेर सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ ‘हेर्न नभ्याइने’ मा परेको छ । गभर्नर नियुक्तिका लागि उमेर हद नलाग्ने गरी संशोधन भएको मापदण्डविरुद्ध परेको रिटमा अन्तरिम आदेशमाथि छलफल गर्न आइतबार हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार गभर्नर नियुक्तिसम्बन्धी मापदण्ड संशोधन गरेर उमेर नलाग्ने निर्णयविरुद्ध रिट हालेका थिए । त्यसमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरकालीन अन्तरिम आदेश दिँदै आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे छलफल गर्न आइतबार (आज) पेशी तोकिएको थियो । नेपाल राष्ट्र बैंकमै कार्यरत गुणाकर भट्टलाई गभर्नर…

Read More