Author: सूचनापाना

मुस्ताङ । मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट दुई गोठका आठ च्याङ्ग्रा मरेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ धार्काजुङ गाउँमा गएको मध्यरातमा हिउँ चितुवाले स्थानीय च्याङ्ग्रा पालक किसानको खोरभित्र पसेर आठ च्याङ्ग्रा मारेको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । च्याङ्ग्रा पालक किसान ङातर गुरुङका ५० मध्ये चार खसी र एक माउ गरी पाँच च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणबाट मरेका छन् । हिउँ चितुवा मध्यरातमा गाउँभित्रको ढुङ्गा र माटोले बनेको गोठको क्षेत्रभित्र पसेर च्याङ्ग्रा मारेर क्षति तुल्याएको च्याङ्ग्रा पालक गुरुङको भनाइ छ । हिउँ चितुवाको आक्रमणबाट च्याङ्ग्रा मर्दा रु दुई लाख २० हजार बराबरको नोक्सान भएको च्याङ्ग्रा उनले बताए । यसैगरी…

Read More

नयाँ दिल्ली । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ । आगलागी भएको होटलमा केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए । होटलको कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको कोलकाताका प्रहरी प्रमुख मनोज वर्माले मंगलबार साँझ आगलागी भएपछि बताए । “दुई बालबालिका र एक महिलासहित मृतकको सङ्ख्या १५ पुगेको छ”, आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जानकारी दिँदै वर्माले भने, “होटल ग्यास च्याम्बरमा परिणत भयो र धेरै मानिसको निस्सासिएर मृत्यु भएको देखिन्छ ।” आगलागी हुँदा ८८ जना पाहुना रहेको ऋतुराज होटल कोलकाताको केन्द्रीय भागको एक भिडभाड व्यापारिक क्षेत्रमा…

Read More

काठमाडौँ । अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ । यसलाई बदलेर केही नेपाल ऐन संशोधन विधेयकमार्फत १० वर्ष बनाइएको हो । प्रचलित ऐनको दफा ५४ मा चालक अनुमति पत्रको वैधता सम्बन्धी व्यवस्था छ । दफा ५४ को उपदफा ३ मा भनिएको छ, ‘चालक अनुमतिपत्र दिइएको मितिले पाँच वर्षसम्म बहाल रहनेछ ।’

Read More

तनहुँ– तनहुँमाको व्यास नगरपालिका ६ श्याम्घामा नेकपा (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घले ५० रोपनीमा अदुवाखेती खेती सुरु गरेको छ। एक सय ३६औँ अन्तरराष्ट्रिय मजदुर दिवसका अवसरमा यनियनले अदुवा रोपेको थियो। उत्पादित अदुवा बिक्रीबाट प्राप्त हुने रकम महासङ्घमा आबद्ध सदस्यका परिवारको जीविकोपार्जनमा उपयोग गरिने जनाइएको छ। अखिल नेपाल ट्रेड महासङ्घका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसचिव सूर्यभक्त पौडेलका अनुसार मङ्गलबार २० जना सङ्गठनका पदाधिकारी सहभागी भएर आधुनिक विधिबाट अदुवा रोपिएको हो। पहिलो चरणमा एक सय धार्नी अदुवा रोपिएको छ भने यस वर्ष पाँच सय धार्नी बीउ रोप्ने लक्ष्य छ। बाँदरले नोक्सान नगर्ने, धेरै लगानी र परिश्रम गर्न…

Read More

कञ्चनपुर । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष दाहालले सहिद परिवार सम्मान कार्यक्रममा ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताएका हुन् । सहिद र बेपत्ता योद्धा परिवारप्रति जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र पार्टी प्रतिबद्ध रहेको उनको भनाइ थियो । सहिदले देखाएको मार्गमा लाग्ने प्रण गर्दै सहिद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको उनको भनाइ छ । जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको उल्लेख गर्दै दाहालले गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन…

Read More

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्न सरकार अझै गम्भीर नभएको बताएको छ। आज बिहान मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकले सरकार गम्भीर नभएकाले सडक आन्दोलनलाई कमजोर नबनाउने निष्कर्ष निकालेको छ । ‘हिजो रातिकै वार्तामा शिक्षा ऐन जारी गर्न सरकार गम्भीर नदेखिएको पायौं । त्यसैले गृहमन्त्रीले नै चेतावनीपूर्ण अभिव्यक्ति दिनु भयो । शिक्षामन्त्रीले पनि के हो यस्तो भन्ने हिसाबले कुरा गर्नुभयो । अझै पनि सरकार गम्भीर छैन’, महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् । सरकारले शिक्षा ऐन जारी गर्ने मिति दिन नसकेको उनको भनाइ छ । ‘सरकारले ऐन जारी गर्ने डेटलाइन दिन सकेकै छैन, त्यसैले आज पनि सहमति…

Read More

काठमाडौं । ट्रम्प प्रशासनले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने भएको छ । मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज) ले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको हो । विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने संस्थालाई मस्कको दक्षता विभागले संघीय खर्च घटाउने प्रयासको एक भागको रूपमा बन्द गर्न लागेको सीएनएनले जनाएको छ । एमसीसी परियोजनाअन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ । सीएनएनको समाचारअनुसार विभागले मंगलबार सबै कर्मचारीलाई पठाएको इमेलमा एमसीसी अनुदान सहयोग बन्द हुने व्यहोरा उल्लेख छ । सोअनुसार संस्थाका…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विनाशकारी भूकम्पको १० वर्ष पुगेको दिन वैशाख १२ गते गोरखा भूकम्पको इपिसेन्टर बारपाकमा आयोजना हुने कार्यक्रममा सहभागी हुने भएका छन् । संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बारपाकमा आयोजना हुने स्मृति कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड,नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू जाने बताए । बारपाक अध्यक्ष प्रचण्ड निर्वाचित भएको निर्वाचन क्षेत्रमै पर्ने भएकाले त्यहाँ सहभागी भएर आएपछि निजामती र शिक्षा विधेयकमा विपक्षी दलहरूको साझा धारणा बनाउन प्रतिपक्षी दलको बैठक राखिने पाण्डेले बताए ।

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकका जायज माग पूरा गर्न सरकारलाई सुझाव दिएका छन्। साथै उनले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐनलगायत विधेयक सदनबाट पारित गराउन सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् । पार्टी संसदीय दलको आज भएको बैठकमा उनले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग आफ्नो संवाद भइरहेको सुनाउँदै सरकारलाई पनि समस्या समाधानतर्फ लाग्न सुझाएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ। अध्यक्ष दाहालले संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयक जस्ता महत्वपूर्ण विधेयकहरू संसद्बाट पारित गराउन सबै सांसद सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । ‘तराई–मधेस जागरण अभियान’ मार्फत माओवादीप्रति पुनः जनविश्वास…

Read More

रुपन्देही । आतंकवादी हमलामा मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ । मङ्गलवार छिमेकी मुलुक भारतको काश्मिरमा आतंकवादीको आक्रमणमा उनको मृत्यु भएको थियो । उनी आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि शनिवार काश्मिर गएका थिए । आतंककारीहरूले त्यहाँ पुगेका पर्यटकलाई एकैपटक घेराउ गरेर मुस्लिम र हिन्दुको कित्ता छुट्टाउन चेतावनी दिएका थिए । सुदिपका आमा, बहिनी र ज्वाइँ ज्यान जोखिम देखेर मुस्लिम भन्दै टाउको हल्लाएर बसे तर उनले अस्वीकार गरेर हिन्दु भएको बताएपछि ताकेर गोली हानेका थिए । सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको थियो ।

Read More