Author: सूचनापाना

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन् । वार्षिक २० अर्ब बढी राजस्व उठ्ने नेपाल–चीन व्यापारिक नाकाका रूपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी आज उनले सो निर्देशन दिएकी हुन् । यसका लागि सरकारले पनि आवश्यक पहल गर्ने उनले बताइन् । पर्यटन प्रवद्र्धनका हिसाबले पनि सो नाका महत्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उनको जोड थियो । मन्त्री राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौं कोदारी राजमार्गका साथै तातोपानी नाकासँग जोडिएका अन्य…

Read More

काठमाडौं । शिक्षक महासंघका प्रतिनिधिले आज साँझ प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको महासंघको टोलीले प्रधानमन्त्री ओलाई आज साँझ भेट्न लागेको हो । प्रधानमन्त्रीले ७ बजेको समय दिएको छ र शिक्षकका माग र मुद्दाबारे प्रधानमन्त्रीलाई जानकारी गराइने महासंघका महासचिव तुलाबहादुर थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई भेट्नु अघि महासंघ छलफलमा जुटेको छ । शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच संवाद जारी रहे पनि सहमति जुटेको छैन । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेमा आन्दोलनको मोडालिटी परिर्वतन गर्न सक्ने संकेत महासंघले दिएको छ । शिक्षकहरुको…

Read More

काठमाडौं । वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको भन्दै सामाजिक सञ्जालमा एउटा सूचना प्रेषित भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा शुक्रबार जारी उक्त ‘सूचना’ मा अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको भनिएको छ । तर, बोर्डले भने परीक्षा स्थगितबारे कुनै निर्णय नगरेको प्रतिक्रिया दिएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले यसबारेमा कुनै निर्णय नगरिएको प्रस्ट पारेका छन् । बोर्डले आधिकारिक सूचना समेत जारी गर्दै उक्त विषयमा ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने माथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाउँदै बोर्डले आधिकारिक वेबसाइटमार्फत् प्रवाह…

Read More

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधेको स्पष्टीकरणको जवाफ दिन ऊर्जासचिव सुरेश आचार्यले अस्वीकार गरेका छन् । राज्यमन्त्री तामाङले गत चैत २८ गते सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । उनले वैशाख ४ गतेसम्म पनि स्पष्टीकरण बुझाउन चासो देखाएका छैनन् । जलस्रोत तथा सिँचाइ विभागले चैत २५ गते सिँचाइ दिवस एवं ७२औँ वार्षिक उत्सवको कार्यक्रम गरेको थियो । त्यसमा राज्यमन्त्री तामाङ प्रमुख अतिथि थिए । विभागको सभाहलमा प्रवेशको क्रममा कार्यक्रम सञ्चालकले उद्घाटन समारोहको क्रममा आसन ग्रहणका लागि बोलाउँदा समेत मञ्चमा सहभागी नभई बेवास्ता गरी बाहिरिएको भन्दै स्पष्टीकरण सोधेका थिए । ‘आजसम्म (शुक्रबार) सचिवले स्पष्टीकरण दिएको छैन’,…

Read More

जोमसोम । कृषक खेमबहादुर शाहीले हिमाली मुस्ताङको थासाङ गाउँपालिका–४ उपल्लो घाँसामा भारतमा सिकेको स्याउखेतीसम्बन्धी सीप मुस्ताङमा स्याउको नर्सरी स्थापना गरी प्रयोग गरिरहेका छन् । करिब १४ रोपनी जग्गा भाडामा लिएर ‘केबी शाही फुड्स एण्ड फरावर नर्सरी फार्म दर्ता’ गरी उनले दुई वर्षदखि स्याउका बिरुवा उत्पदान गरिरहेका हुन् ।साढे दुई दशकबढी भारतमा स्याउ फार्ममा मजदुरका रूपमा सिकेको सीपलाई ४४ वर्षीय शाहीले मुस्ताङको उर्वर भूमिमा फेरि ब्यूँताउने जमर्को गरेका हुन् । केबी शाही (खेमबहादुर) जाजरकोट गाउँपालिका–२ निवासी हुन् । शाही १४ वर्षको कलिलो उमेरमा ९ कक्षा पढ्दापढ्दै परिवारबाट भागेर भारतको हिमाचल प्रदेशको सिम्ला पुगेका थिए । परिवारको आर्थिक अवस्था कमजोर भएकाले धन…

Read More

काठमाडौँ । टोखामा २५ करोड सुन बरामद भएको मुद्दामा भरिया कुसाङ लामालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ। न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले बुधबार लामालाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। उनलाई बुधबार नै थुनामा पठाइएको छ। ‘बरामद बिगो, प्रतिवादीउपरको अभियोग दाबी, चोरी पैठारी मुद्दामा पहिले पनि सजाय भुक्तान गरेका लगायतका आधारहरू देखाएर पछि प्रमाणअनुसार हुनेगरी अहिले थुनामा राख्नु भन्ने आदेश भएको छ, उनले भने। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ४ गते काठमाडौंको टोखा नगरपालिका-२ झोरबाट उक्त ट्रक नियन्त्रणमा लिएको थियो। उक्त टोलीले जाँच गर्दा ट्रकभित्र २५ करोड…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिने भएकी छन्। उनले आफू प्रतिनिधिसभाको जिम्मेवारीमै फर्कने प्रस्ताव पार्टीमा लगेकी छन्। पार्टीका कार्यवाहक सभापति डिपी अर्यालसँग पुगेको प्रस्तावमा उनले एक व्यक्ति एक पदको जिम्मेवारीलाई व्यवहारमा उतार्न चाहेको उल्लेख छ । श्रेष्ठले आफू सांसदले सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरूलाई दिन चाहेको बताएकी छन् । श्रेष्ठले राजकीय तथा व्यवस्थापकीय जिम्मेवारीको पाटो एक किसिमको, अनि पार्टीको अभियानकारी जिम्मेवारी दोस्रो किसिमको भएको भन्दै यसमा अब भिन्नता ल्याउन सिक्नुपर्ने उल्लेख गरेकी छन्। श्रेष्ठले भनेकी छन्, ‘सार्वजनिक नीति निर्माणमा भूमिका खेल्ने सांसदले पार्टीको समेत पद…

Read More

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । बिहिवार अनुगमन कार्यालयले दुई कम्पनीलाई एक वर्ष छ महिना र दुई कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो । विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, एस।एम। कन्सट्रक्सन मकवानपुर, फर्निचर सस्मलि उद्योग मध्य नेपाल लमजुङ र शारदा नगरपालिका सल्यानको गौरी गोमा निर्माण सेवालाई कालो सूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने तथा कारबाही…

Read More

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुन प्रतितोला तीन हजार ६ सय रुपैयाँले बढेर एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी पाँच रुपैयाँले बढेर एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

Read More

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य हो । एकरदुई पटक हैन ३०औँ पटक यस्तो जोखिमपूर्ण यात्रा गर्नु वा सगरमाथाको शिखर चुम्नु चानचुने कुरा होइन । विश्वविख्यात कीर्तिमानी कामीरिताका लागि भने यो काम ‘पानीको पँधेरो’ जस्तै भएको छ । उनी एकै ‘सिजन’मा दुई पटकसम्म सगरमाथाको चुचुरोमा पुगेर आफ्नै ‘रेकर्ड ब्रेक’ गर्ने भाग्यमानी आरोही हुन् । कामीरिताले यसपटकको वसन्तयाममा ३१औँ पटक सगरमाथा आरोहण गरेर यसअघि आफ्नै नाममा रहेको विश्वकीतिर्मान तोड्न लागेका छन् । उनले सन् २०२३ को आफ्नै नामको…

Read More