Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । वामपन्थी नेता एवं पूर्व सचार तथा सूचना प्रविधिमन्त्री स्व. प्रदीप नेपालको पार्थिक शरीरलाई आज (मंगलबार) नै पशुपतिमा अन्त्येष्टि गरिने भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा नेता नेपालको केहीबेरअघि निधन भएको हो । स्व. नेपालका भाइ समिरका अनुसार उनको पार्थिक शरीरलाई केहीबेरमा पशुपतिस्थित विद्युतीय शवदाहनमा अन्त्येष्टि गरिनेछ । ‘केहीबेरपछि पशुपतिमै अन्तिम श्रद्धाञ्जलीसहित उहाँको पार्थिक शरिरको अन्त्येष्टि गरिनेछ,’ समिरले भने । भाइ समिर नेपालका अनुसार स्व. दाजुकै इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम नराखिने भएको हो । पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन्, जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै राख्न भनिएको छ । एमालेका संस्थापक…
काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा नेता नेपालको निधन भएको हो । नर्भिकको आईसीयूमा उपचाररत नेता नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए । नर्भिक अस्पतालका सीईओ अजय मिश्रका अनुसार नेता नेपालको निधन केहीबेरअघि भएको हो । पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए । उनी पूर्व शिक्षामन्त्री पनि हुन् । नेपाला नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध आप्रवासीलाई स्वेच्छाले देश छोड्न प्रोत्साहन गर्न नयाँ नीति घोषणा गरेको छ। यो नीतिअनुसार अमेरिकाबाट स्वेच्छाले आफ्नो मूल देश फर्कने अवैध आप्रवासीलाई एक हजार अमेरिकी डलर प्रदान गरिनेछ । अमेरिकी होमल्यान्ड सेक्युरिटी विभाग (डीएचएस) ले आप्रवासीलाई यो सुविधा प्राप्त गर्न सीबीपी होम एपमार्फत सरकारलाई आफ्नो फिर्तीबारे जानकारी गराउन अनुरोध गरेको छ । फिर्तीको पुष्टि भएपछि उक्त रकम प्रदान गरिनेछ । डीएचएसका अनुसार यो योजनामा संलग्न हुनेलाई यात्रा सहायता रकम उपलब्ध गराइनेछ । साथै हिरासत वा निष्कासन जान सक्ने खतराबाट मुक्त हुनेछन् । डीएचएसले यो नीतिले निष्कासन खर्च घटाउने दाबी गरेको छ । विभागका…
मकवानपुर । हेटौंडा–१६ गैरीगाउँमा जमिन अचानक भासिएर गाडी बेपत्ता भएको घटनाले स्थानीयवासीलाई त्रासमा पारिरहँदा अब यसको वैज्ञानिक कारण पत्ता लगाउन खानी तथा भूगर्भ विभागको टोली सक्रिय भएको छ। मंगलबार घटनास्थल पुगेको टोलीले औपचारिक अध्ययन सुरु गरेको छ। भूगर्भविद् नारायण अधिकारीका अनुसार टोलीले माटोको तह, भूगर्भीय बनावट, भूमिगत जलस्रोत र चुम्बकीय क्षेत्रको सूक्ष्म विश्लेषण गर्नेछ। यसका लागि प्रोटोन म्याग्नेटो मिटर प्रयोग गरी एनोमेलिक पदार्थको अवस्थाबारे पनि अनुसन्धान भइरहेको छ। गत शुक्रबार ना ४ च ४८३३ नम्बरको सिंगल क्याप बलेरो गाडी भासिएर हराएको थियो। गाडीमा घाँस काट्ने मेसिन लोड गरिएको थियो र प्रारम्भमा अगाडिको पाङ्ग्रा भासिएपछि निकाल्ने प्रयास भइरहेको बेला जमिन नै…
काठमाडौँ । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा दलीय आधारमा आफ्नो धारणा राख्दै उक्त माग गरेका हुन् । सांसद गुरुङले भ्रष्टाचारको अन्त्य गर्दै सुशासनका निम्ति २०४६ सालयता लाभ पदमा पुगेका सबै नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग गरे । त्यस्तो आयोगले अध्ययन गरेपछि सम्पत्तिको स्रोत नखुलेमा त्यस्तो सम्पत्ति…
जुम्ला । यही वैशाख १७ गते राति परेको असिनापानीले यहाँको स्याउखेतीमा क्षति पुर्याएको छ । गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रमा असिनाले सबैभन्दा बढी स्याउका बिरुवामा क्षति गरेको हो । स्याउको चिचिला लाग्ने बेला परेको असिनापानीले क्षति गरेको गुठीचौर –३ का किसान दीपक बुढाले बताए । जिल्लामा चार हजार २५० हेक्टरमा स्याउखेती भइरहेको छ । सोह् हजार घरपरिवार स्याउखेतीमा निर्भर छन् । गत वर्ष ६१ करोड ४१ लाख स्याउ बिक्रीबाट भित्रिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । असिनाले स्याउमा गरेको क्षतिको विवरण स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर तथ्याङ्क सङ्कलन भइरहेको कार्यालयले जनाएको छ । असिनाले करिब १०…
पर्वत । ऊर्जा नदीका रुपमा विकास भएको यहाँको मोदीखोलामा उत्पादित जलविद्युत्लाई एकीकृत रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ । कुश्मा नगरपालिका–७ खरेहादेखि मोदी गाउँपालिका–२ देउपुरमा रहेको नयाँ मोदी प्रसारण लाइनको स्टेसनसम्म नयाँ प्रसारण लाइन निर्माण सुरु गरिएको हो । प्रसारण लाइनका लागि हाल जग्गा अधिग्रहण भइरहेको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको कुश्मा तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन आयोजनाका लागि पहिलो चरणमा रु एक करोड बराबरको जग्गा अधिग्रहण भइसकेको अयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए । आयोजना प्रमुख अग्रवालका अनुसार यो प्रसारण लाइन करिब साढे आठ किलोमिटर लम्बाइको हुनेछ…
काठमाडौँ । युक्रेनले रुसी राजधानी मस्कोलाई निशाना सँधेर रातभर ड्रोन आक्रमण गरेको छ । मस्कोलाई निशाना साँधेर युक्रनेले लगातार दोस्रो रात ड्रोन आक्रमण गरेको रुसले दावी गरेको हो । युक्रेनले गरेको ड्रोन आक्रमणबारे टेलिग्राममा जानकारी दिँदै रुसको एभिएसन वाचडग रोसावियात्सियाले सुरक्षाको सुनिश्चितताका लागि राजधानीका सबै चार विमानस्थल अस्थायी रूपले बन्द गरिदिएको बताएका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा यसबारे प्रतिक्रिया दिएका छन् । उनका अनुसार कम्तिमा पनि १९ वटा युक्रेनी ड्रोन फरक-फरक दिशाबा६ शहरमा पुग्नुअगावै नष्ट भएका थिए । उनले नष्ट गरिएका ड्रोनको भग्नावशेष शहर आउने प्रमुख राजमार्गभन्दा केही पर झरेका बताएका छन् । युक्रेनी आक्रमणमा हताहति भएरनभएको…
नवलपुर (नवलपरासी), २३ वैशाख । नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले जानकारी दिए । बञ्जराका अनुसार पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइनेछ । राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको यस खण्डमा सामान्य पानी पर्दासमेत सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ । आगामी…
रामपुर । घर वरपरका बगैँचा, आँगनका छेउमा लहरै राखिएका मौरीका घार छन् । बिहान उज्यालो भएदेखि साँझ अबेरसम्म घार वरिपरि नै बस्न मन पराउने जयनारायण न्यौपाने अहिले भने घार देख्दा विक्षिप्त छन् । मौरीघार उनलाई आम्दानीको स्रोतमात्र नभई दिन बिताउने माध्यम बनेको थियो । घारसँग रमाउँदै दिन कटाउने उनलाई घार देख्दा मन भारी भएर आउँछ । रामपुर नगरपालिका–६ किसानटोलका किसान न्यौपाने घारमा रहेका मौरी मरेर सखाप भएपछि उनी चिन्तित छन् । एक्कासी मौरी मरेपछि उनलाई व्यवसाय निल्नु न ओकल्नुजस्तै बनेको छ । बगैँचामा मौरीसँगै भुलेर दिन कटाउन पाउँदा समय बितेको पत्तो हुँदैनथ्यो । यसरी नै मौरीको रेखदेख गरेर समय बिताउने…