Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
बाँके । बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारी अवस्थित नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सुगम बन्दै गएको छ । हुलाकी सडक निर्माणसँगै अहिले नरैनापुरबाट करिब आधा घण्टामै सदरमुकाम नेपालगञ्ज पुग्न सकिने नरैनापुर गाउँपालिका–४ निवासी ताजमोहम्मद खानले बताए। ‘हुलाकी सडक निर्माण नहुँदा भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्याे, अहिले आधा घण्टामै पुगिन्छ’, खानले भने, ‘हुलाकी सडक नरैनापुरवासीको लाइफलाइन बनेको छ।’ हुलाकी सडक निर्माण भएपछि अहिले नेपालगञ्जबाट नरैनापुरको सीमावर्ती क्षेत्र सुईया बघौडासम्म दैनिक रूपमा चार वटासम्म सार्वजनिक यात्रुवाहक बस सञ्चालन हुने गरेका छन् । हुलाकी सडक निर्माणपछि नरैनापुरवासीको स्वास्थ्य र शिक्षामा सहज पहुँच पुगेको नरैनापुर–६ का अगुवा सोहनलाल यादवको भनाइ छ ।…
काश्मिर पर्यटक आक्रमणपछि भारत र पाकिस्तानबीच जारी सीमा तनावको बीचमा शुक्रबार (मे ९, २०२५) मा कराँचीको कराँची बन्दरगाह नजिक सुरक्षाकर्मीहरूले पहरा दिइरहेका छन्। तीन दिनदेखि चलिरहेको मिसाइल, तोपखाना र ड्रोन आक्रमणबाट मृत्यु हुनेको संख्या ५० नाघेपछि पाकिस्तानले मे ९ मा भारतमाथि आणविक हतियारधारी छिमेकीहरूलाई ‘ठूलो द्वन्द्वको नजिक’ ल्याएको आरोप लगाएको छ। गत महिना भारत(शासित विवादित कश्मीरमा पर्यटकहरूमाथि भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो र नयाँ दिल्लीले इस्लामाबादलाई समर्थन गरेको आरोप लगाएपछि यो रक्तपातपूर्ण घटना भएको हो । जुन आरोप पाकिस्तानले अस्वीकार गरेको थियो। फोटो: रिजवान तबासुम / एएफपी
काश्मिर पर्यटक आक्रमणपछि भारत र पाकिस्तानबीच जारी सीमा तनावपछि शुक्रबार (मे ९) लाहोरको पञ्जाब विधानसभामा उद्धारकर्मीहरूले सुरक्षा अभ्यासमा भाग लिएका छन्। तीन दिनदेखि चलिरहेको मिसाइल, तोपखाना र ड्रोन आक्रमणबाट मृत्यु हुनेको संख्या ५० नाघेपछि पाकिस्तानले मे ९ मा भारतमाथि आणविक हतियारधारी छिमेकीहरूलाई ूठूलो द्वन्द्वको नजिकू ल्याएको आरोप लगाएको छ। विवादित कश्मीरको भारत(नियन्त्रित भागमा गत महिना पर्यटकहरूमाथि भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो र नयाँ दिल्लीले इस्लामाबादलाई समर्थन गरेको आरोप लगाएपछि यो रक्तपातपूर्ण घटना भएको हो । जुन आरोप पाकिस्तानले अस्वीकार गरेको थियो। फोटोः मुर्तजा अली / एएफपी
दार्चुला । दार्चुलाको उत्तरी सीमानामास्थित टिंकर गाउँका स्थानीय छ महिनापछि गाउँ फर्किएका छन्। गत मंसिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन्। गत मंसिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीय वैशाख अन्तिम साता मात्रै पुनः फर्किएका छन्। ‘छ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवी–देवता भरोसामा जस्तोको तस्तै रहेछ’, स्थानीय जसपाल तिंकरीले भने, ‘भगवान् भरोसा छोडिएका घरका ताला खुलेका छन् ।’ छ दिनको यात्रापछि अहिले सबै स्थानीय गाउँपुगेपछि चहलपहल बढेको छ । टिंकर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन । स्थानीय भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन् । वडा नम्बर…
काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रतिनिधिसभामा जारी छ । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज भएको छलफलमा सत्तापक्षका सांसदले समर्थन र विपक्षी सांसदले आलोचना गरेका छन् । सत्ता साझेदार दलका सांसदले प्रस्तुत नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको, विकासको ढाँचा र संस्कृति बदल्ने सङ्कल्प लिएको, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने दिशातर्फ उन्मुख रहेको बताए । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहित विपक्षी सांसदहरुले नीति कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आरोप लगाए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले प्रस्तुत नीति तथा…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकबाट नेपाल आइपुगेका ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का प्रतिस्पर्धीहरुलाई राष्ट्रपति निवास शीतल निवासमा आज एक कार्यक्रम आयोजना गरी स्वागत गरेका छन् । परोपकारी संस्था ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’ को आयोजनामा नेपालमा जारी दुई रियालिटी शोका प्रतिस्पर्धीहरुलाई स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाली संस्कृतिलाई जीवन्त राख्न आआफ्नो स्थानबाट पहल गर्न आग्रह गरे । राष्ट्रपति पौडेलले विभिन्न मुलुकबाट नेपाल आएका प्रतिस्पर्धीहरु सांस्कृतिक दूत भएको उल्लेख गर्दै नेपाली संस्कृतिलाई विश्वव्यापीरुपमा नेपाली समुदायमा पु–याउन इन्ट्रा फाउण्डेसनको प्रयासको प्रशंसा गरे । नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट प्रत्येक साताको बिहीबार र शुक्रबार मेरो भ्वाइस युनिभर्स…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थप गरिएको छ । वैशाख २१ मा थपिएको पाँच दिनको म्याद सकिएपछि जिल्ला अदालत, काठमाडौंले मिश्रलाई थप ५ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न अनुमति दिएको हो । त्यसैगरी आपराधिक उपद्रवको कसुरमा अनुसन्धान भएकाहरुलाई भने थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो । आज पुनः उनीमाथि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा चलाइएको छ । उक्त मुद्दा चलाइएको भन्दै मिश्रले आपत्ति जनाएका छन्…
धरान (सुनसरी) । पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३ स्थित श्रम संस्कृति पार्क पुगे। पार्क निकै कलात्मक र आकर्षक लागेको उनले बताए। पार्कले धरानको आकर्षण थपिएको उनको भनाइ छ। “केही वर्ष अगाडि यहाँ चारैतिर जङ्गल, झाडी अनि खोला थियो। श्रमदान गर्दै गरेको देख्दा यो ठाउँ यस्तो राम्रो बन्न सक्छ जस्तो चाहीँ लागेको थिएन”, उनले भने, “अहिले यस्तो राम्रो बनिसकेछ, चारैतिर फूलले ढाकेको देख्दा मनै रोमाञ्चित भयो।” उदयपुर गाईघाटका हरी राई पनि श्रम सँस्कृति पार्कमा भेटिए। उनले भने, “सामाजिक सञ्जालमा मात्र देखेको यस ठाउँमा आइपुग्दा धरानमा आकर्षक गन्तव्य थपिएको रहेछ भन्ने लाग्यो।” भानुचोकबाट छ किलोमीटर माथि निर्मित उक्त पार्क…
काठमाडौं । राजतन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आउँदो जेठ १५ गतेदेखि धर्ना, जुलुस र प्रदर्शन गर्न आग्रह गरेको छ। आज (बिहीबार) समितिले आन्दोलनका कार्यक्रम घोषणा गर्न आयोजना गरेको कार्यक्रममा संयोजक नवराज सुवेदीले भने, ‘जेठ १५ देखि नै जुलुस, धर्ना र प्रदर्शन गर्न सबैमा अपिल गर्दैछौं ।’ आन्दोलनबारे विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने भन्दै उनले सबैलाई यसमा सहभागी हुन समेत आह्वान गरेका छन् । ‘यस आन्दोलनमा सहभागी हुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हामी आग्रह गर्दछौँ,’ सुवेदीले भने। आन्दोलनमा संलग्न समूह र दललाई वडा, पालिका र जिल्लामा संयुक्त जनआन्दोलन समिति गठन गर्न समेत उनले आग्रह गरे । सुवेदीले भने, ‘प्रत्येक…
लमजुङ । लमजङको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको संख्या पछिल्लो समय बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२ परिवारका एक सय ९८ जना यहाँबाट अन्यत्र बसाइँ सरेका हुन् । नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एमआइएस अपरेटर सन्तोष पोख्रेलले गत आवमा २८ परिवारका ९३ जना बसाइँ सरेकामा चालु आवको चैतसम्म त्यो संख्या दोब्बरले बढेको जानकारी दिए । उनका अनुसार नगरभित्र पनि अन्यत्रबाट बसाइँसराइ गरी आउनेको संख्या बढेको छ। गत आवमा १३ परिवारका २७ जना सुन्दरबजार आएका थिए भने चालु आवको चैत मसान्तसम्म ३९ परिवारका एक सय २० जना नगरमा बसाइँसराइ गरी आएका पोख्रेलले उल्लेख गरे। ११ वडा…